युद्ध कथा : संकल्प

~सरल सहयात्री पौडेल~

‘रातपनि दिन भइदिएको भए वरुफुर्सद त हुने थिएन नि †, फुर्सद नभएको भए मेरो मनमा नचाहिंदा तर्कना सायद खेल्नेपनि थिएन होला †’ रातको झण्डै एक वज्न लागेको छ, उदीपलाइ निन्द्रा आएको छैन । वरु यस्तै तर्कनाहरु मनमा खेलीरहन्छन् । एउटा सानो कचक्क परेको विना झ्यालको अ“ध्यारो कोठा छ ।, लोडसेडिङको कारण विजुली छैन, मैनवत्तिको उज्योलो सकिन अव निकैवेर कुर्न पर्दैन । मधुर उज्यालोमा मटितेल विनाको कालो स्टोप लडीरहेको छ, धारामा पानी नआएको कारण वाल्टीनमा पानी छैन, दुइकिलो चामलको प्लाष्टिकमा अब त्यस्तै आधामाना जतिमात्र चामल वा“कि होला ।, विना खाटको ओछ्यानमा कुल्लि व्लाङकेटको डसना र सोहि व्लाङकेटको ओड्नी ओडेर पा“च वर्षे छोरि ह“ह“ गर्दै निदाएकि छ । उसलाइ वेलुकि भएपछि ज्वरो आउने रोगले निकै समय यतादेखि सताएको छ ।, गएको केहि महिना यतावाट मुटुको रोगले छोरिलाइ पक्रेपछि काठमाण्डौंमा आएर यस्तो हालतमा वस्न ऊ वाध्य भएको हो । उनको उपचारमा पा“च लाख रुपैया लाग्ने कुरा डाक्टरले उदीपलाइ वताइसकेका छन् ।

श्रीमतिले छोरिलाइ अंगालो हालेर सुतेकि छन् । तर यी सवै विषय उदीपको सोचको मूख्य विषय थिएन । कसरि क्रान्ति हुन्छ, कसरि जनताको मुक्ति हुन्छ, आफु कसरि क्रान्तिकारि वनिराख्न सकिन्छ, अरुलाइ कसरि क्रान्तियात्रामा डोहो¥याइ राख्न सकिन्छ जस्ता विषय उसको सोचको मूख्य विषय थियो । तर आजभोली वाध्यतावस छोरि सदिक्षाको वारेमा सोचेर धेरै समय उसले खर्च गर्ने गरेको छ । यहि शिलशिलामा आजको रातपनि उदीपको मनमा यस्तै कुरा आएको हो । आजभोली वेलुकि सुत्नुभन्दा अघि जव ऊ पढछु भनेर किताव हातमा लिन्छ त्यसपछि, पढाइको कुरा त परै जाओस निन्द्राको सटामापनि उसको मनमा यस्तै यस्तै कुरा खेल्न थाल्छ । ऊ सोच्छ – ‘ मैले मेरो वारेमा यसरि सोच्न नपरेको भए मेरो दिमागमा नया“ नया“ कुरा फुर्ने थियो होला, नया“ सोचहरु आयो भने नया काम गर्नपनि म सक्थें हुला । हुन सक्थ्यो मेरा ती नया“ सोचहरु उपलव्धीमूलक हुन्थेपनि कि ? त्यसले जनतालाइ केहि फाइदा हुने थियो होला नि †’ यस्तो कुरा उसको मनको लडु वनेको थियो ।

छोरिको उपचारमा काठमाण्डौं आउनु अघि गाउमा उसको फुर्सद हुदैन थियो । पुरानो काम छाडेको थिएन उसले । अर्थात जनसमन्ध र जनसंगठनको काम † उसलाइ देखेर आजभोली महाभारतका जनताहरु नतमस्तक हुन्छन् । किनकि २० वर्षदेखि महाभारत नछाड्ने त्यो भेगको एउटै लिडर ऊ मात्र हो । उसमा कुनै परिवर्तन छैन । जनयुद्धको शुरुवात हुन भन्दा अघिपनि उ महाभारतको लेकमा र जनताको घर–आगनमा जनमुक्तिको कुरा गर्दै दगुरिरहन्थ्यो ।, १४ वर्ष अघि जनयुद्ध को शुरुवातपछि पनि ऊ नीरन्तर उहि नारा लिएर दगुरिरहयो । र चार वर्ष अघि शान्तिसंझौता भएर पार्टि सरकारमा जा“दा र कार्यकर्ता सहरमा पस्दापनि ऊ यहि नारा वोकेर महाभारतमा कुदिरहेको छ । उसले आफ्नो स्वार्थकोलागी केहिपनि गरेन । उसको राजनैतिक जीवनभर जनतालाइ नराम्रो वोलीले गाली गरेन । हरेकवर्ष महाभारतको लेकमा वसन्त फक्रियो र झ¥यो तर उसमा केहि परिवर्तन आएन । न उसले वसन्तको खुशिमा आफुलाइ हिन ठान्यो न गृष्मको दःुखमा आफुलाइ दम्भी वनायो । यहिनै उसको महासागर जस्तै शालिन विशेषता हो ।

जनयुद्धकालमा सहयोद्धाले पा“च पटक जुत्ता फेर्दा उ सहयोद्धाले फालेको एक–एक ओटा राम्रा जुत्ता टिपेर लगाउथ्यो । अरुले नया“ झोला वोक्दा ऊ जनताको घरमा फालेको वोरा खोजेर सिलाउथ्यो । तर जव मौका आउथ्यो उसले संन्चीत गरेको सवै पैसा एकै ठाउमा खर्च गर्नपनि पछि पर्दैन थियो । लडाईमा घाइते भएका योद्धाहरुलाइ खुवाउन भनेर खाली खुटा डा“डा का“डा डुल्दै रासन र मासुहरु जम्मा गथ्र्यो । उसलाई नया“ युगको परिवर्तनशिल कुवेर भनेपनि हुन्थ्यो, किनभने ऊ मौकामा हिरा फोथ्र्यो र वेकारमा कौडिपनि झिक्दैन थियो ।

ऊ देखिंदा कुनै ठुलो नेता जस्तो देखिंदैन थियो । झुम्रो लुगा, मैलो र ठुलो झोला, थोत्रो जूत्ता र झुस्स दारि उसको सदावहार गेटअप थियो । तर वोल्न थालेपछि उसलाइ जनताले वा कार्यकर्ताले वल्ल पत्याउथे । उसमा खुरापाती गर्ने कुनै शौख थिएन । क्रान्तिकारि आदर्शका एक–एक शव्दलाइ उसले व्यवहारमा पालना गरेको हुन्थ्यो ।

लडाइका हर–यात्रामा कोहि हेर्दा हेर्दै पुच्छर लुकाएर भाग्थे र वैठकमा आएर सानपूर्वक वोल्थे– ‘……. वास्तवमा मोर्चामा यस्तो कुराचाहिं पुगेको थिएन, …..मने नेतृत्वले यति गरेको भए लडाई पक्का जितिने थियो ।’ कोहिचाहिं विचारमा पुरै स्खलित भएका हुन्थे र व्यवहारमा आत्मकेन्द्रीत काम गरेर वैठकमा आएर गंभिरताको नाटक गर्दै प्रस्तुत हुन्थे – ‘…..हामी त महान वन्नु पर्छ कामरेडहरु † वास्तवमा फलानाको यो कुरा पटक्कै भएन, तिलानाको त्यो कुरा फिटिक्कै भएन’ तर उदीपले अर्काको आलोचना गर्नको लागी कहिल्यै समय खर्चेन । उ भन्थ्यो – ‘म भन्दा तलको कार्यकर्तालाइ आलोचना गरेर नंग्याउनु भनेको आफ्नो असक्षमताको पनि दयनियता प्रस्तुत गर्नु हो । उनीहरुलाय त संझाउनुपर्छ, र म भन्दा माथीको को आलोचना गर्नु को के अर्थ छ र ? किनकि सहि वा गलत भन्ने कुरा लगभग आफैंलाइ थाहा हुने कुरा हो । वुझ्नेहरुलाइ त संकेत नै काफि भइहाल्छ । ’

‘शान्तिसंझौता’ पछिको ‘शान्ति’ प्रकृयामा पार्टि प्रवेशपछि एकाएक सवै कुरा परिवर्तन भयो । काम गर्ने कार्यक्षेत्र गाउ“वाट सहर भयो । सक्षम भनिएका कार्यकर्ताहरुलाइ सहर सारियो, नेताहरु सहर वस्नु रहर भन्दापनि वाध्यता भयो, तर विस्तारै रहरको मात्रा पनि वढ्दै जान थाल्यो ।

हिजो कलेटी पर्ने ओठहरु राता–राता हुन थाले, चाउरि परेका गालाहरु पोेटिला हुन लागे, युवा युवतीले जिन्स पाइन्ट र टाइट सर्ट लगाएर आधुनिक वने, अलि परिपक्क भनिएका प्रौढ तथा वृद्धहरुको हकमा कन्भर्स जुत्ताको ठाउमा छालाको जुत्ता फेरियो, सामान्य कटनको पाइन्टको ठाउमा हजारौं पर्ने सुट फेरियो, सामान्य झुप्रो को वास वदलिएर ठिक्कको कोठा ह“ुदै फ्ल्याट र हैसियत अनुसार ठिक्कको भाडाको घरमा सर्न थालियो ।

कुरागर्ने शैलीहरु विस्तारै वदलिन थाले । ऊ वेला वर्ग वैरिप्रति प्रयोग गर्ने कडा शव्दहरु अव नरम वन्न थाले, भाषण गर्ने कडा शैली वदलिएर नरम र शलिन हुन लागे ।

माओावादी वन्नको लागी जनयुद्धले तोकेको मापदण्ड खुकुलो भयो । माओवादीमा आउने लहर चारैतिरवाट भयो । माओवादीमा भेटिने रङ समाजको कुनैपनि रङभन्दा वाहिरको रहेन ।

माओवादी भनेपछि डराउने फटाहाहरुपनि माओवादीको लागी धराप थाप्न लागे, अर्थात माओवादी वनेकाहरु माओवादीको कभरमा तस्कर र डाकाहरुसंग मिलेर कमाउनपनि थाले ।

अवैधानिक विशाल शक्तिको रुपमा परिभाषित गरिएको माओवादी हेर्दा हेर्दै वैधानिक सर्वोच्च शक्ति को रुपमापनि कायम भयो ।

यस्तै कयौं–कयौं परिवर्तन भए । तर उदीपको जीवन–व्यवहारमा कुनै परिवर्तन भएन । अरु जस्तो परिवर्तन हुनको लागी उसले अवसर नपाएको कारण होइन, उसको आफ्नो क्रान्तिकारि आदर्श को कारण आफ्नो व्यवहारमा परिवर्तन आउन दिएन । आज भन्दा विस वर्ष अगाडी ऊ जस्तो थियो आजपनि ऊ उस्तै थियो । विसवर्ष अगाडी भएको उसको ज्ञान चेतना भन्दा आज उसमा कयौै कयौं गुना अनुभव ज्ञानको दायरा विकाश भएको थियो । तर ऊ त्यसलाइ उपयुक्त ठाउमा प्रयोग गर्ने वाहेक दुरुपयोग गर्न चाहदैन थियो । गाउ“ले र आफन्तले उसलाइ वेला–वेला सहानुभुति प्रकट गर्दै भन्थेपनि – ‘फलानाले यसो गरे, तिलानाले उसो गरे, त“ चाहिं केहि गर्दैनस ? आखिर तेरापनि वाल वच्चा छन् ।’ उदीपको सहज उत्तर हुन्थ्यो – ‘क्रान्ति ऊ या मसंग जोडिएको कुरा होइन, ऊ मेरो पछाडि वा म उसको पछाडि लागेको पनि होइन । हामी सवैजना क्रान्तिको पछाडि लागेका हौं । ऊ विग्रन्छ वा वन्छ भने उसको वुद्धिले र म विग्रन्छु वा वन्छु भने मेरो वुद्धिले हो । ……………..मेरो विचारमा म जे गर्दै छु त्यो तपाइहरुको हितमा छ, आम जनताको हितमा छ भलै मेरो हितमा नहोस । छाडिदिनुस यी सव कुरा ।’

अकस्मात अस्तिको हप्ता उसले वेकामसिंहलाइ घर्तिगाउको चौतारिमा भेट्यो । चौतारिमा भेला भएका जनताहरु उसका कुरा सुन्न स्वतःस्फुर्त जम्मा भएका थिए । अकस्मात † वेकामसिंह सहरवाट आइपुगेछ । उसको घरपनि त्यहिं नजिक हो । उसको एउटा हातले एउटा गज्जवको सुटकेश र अर्को हातले आठ नौ वर्षे छोरिको हात पक्रेको थियो । अघिअघि झिलिमिलि साडि लगाएकि उनकि श्रीमति थिइन । उदीपले जुरुक्क उठेर वेकामसिंहलाइ अभिवादन ग¥यो । वेकामसिंहले मसुक्क हा“सेर मुन्टो हल्लायो मात्र । प्रस्ट थियो – उसले घमण्डतापुूर्वक मनमनै भन्यो– ‘देखिस उदिपे † खुवै फुर्ति गर्दिु नि आखिरमा म तेरै नेता वन्न सफल भए“ ।’ केहि दिन अघि भएको पार्टि एकतामा ऊ माओवादी पार्टिको केन्द्रीय सदस्य भएको थियो । यो कुरा जनताले पनि थाहा पाइसकेका थिए ।

आज भन्दा चार वर्ष पहिले त्यहि चौतारिमा उनीहरु दुइजनाको भेट भएको थियो । चौतारिका जनता त्यो वेलापनि उनीहरुवीचको वहसमा साक्षि थिए । त्योवेला वेकामसिंहले जनयुद्धलाइ जनविरोधि युद्ध भन्यो, माओवादलाइ का“चोपना भन्यो, माओवादीको कार्यकलापलाइ आतंककारि मात्रै भन्न वा“कि राखेन वा“कि सप्पै तथानाम भन्यो । उदिपले वेकामसिंहको तर्कको जवाफ तार्किक ढंगले नै दियो । उदीपको तर्क र विचारको अगाडी वेकामसिंहको केहि लागेन, रिसले चुर–चुर परेर काइते तर्क गर्दै त्याहा“वाट हिड्यो र उसका नजिकका मान्छेजति जम्मा गरेर माओवादीलाइ खान वस्न नदिनु भन्दै उर्दि नै जारि ग¥यो । तर आज ऊ चाहिं माओवादीको केन्द्रीय नेता वनेर आएछ । जनताको वीचमा उसले यस्तो सान पूर्वक वोल्यो मानौं आजसम्मको जनयुद्धका प्रणेता नै ऊ आफैं हो । उसको वोलीका हर वा“क्यामा ‘………हाम्रो महान जनयुद्ध, हाम्रो महान माओवादी पार्टि को महान विद्रोह ……………’ जस्ता शव्दहरु वारम्वार दोहोरिरहन्थे । कुरै सुन्दा त यस्तो लाग्थ्यो उदीप त के क्रान्तिकारि ? उदीप भन्दा त वेकामसिंह दशगुना क्रान्तिकारि हो । हैसियतको हिसावले यो कुरा चाहिं सत्य थियो कि उदीप भन्दा एक स्टेप माथी नै पुगेको थियो वेकामसिंह ।

यावत परिवर्तनको प्रभाव उदीपमा नपरेको होइन तर उसले आवश्यकता अनुसारको काम, ठाउ अनुसारको भुमिका, र क्षमता अनुसारको जिम्वेवारि हुन्छ भन्ने कुरालाइ मनन ग¥यो । पार्टिका मूल्य मान्यता र आदर्शमा भएको न्युनतालाइ देखेर उसको मनमा चिन्ता वढेको भएतापनि त्यसलाइ अनावश्यक व्यक्त गरेन । किनभने हर वस्तुको निक्र्योल निक्लनको लागी निश्चित समयको जरुरी हुन्छ भन्ने कुरालाइ अनुशासनको रुपमा मनन गरेको थियो । यसो भनौं उदीप पार्टि ले गर्ने त्यहि निक्र्योलको प्रतिक्षामा वसेको छ ।

केहि दिन देखि उसको सोच्ने तरिका वदलिनुको कारण उसकि सानी छोरि सदिक्षा विमारि हुनु हो । विरामी भन्दापनि सदिक्षाको मुटुको उपचार गर्ने पा“च लाख रुपैया खर्च कसरि जुटाउने भन्ने चिन्ता प्रमुख वनेको थियो । श्रीमतिपनि छोरिको पीरले सुक्दै गएकि थिइ । वेला वेला मुखै खोलेर भन्छे – ‘आखिर यत्रो लगानी हाम्रो पनि त थियो नि पार्टिमा, खै त परेको वेलामा के भयो र वुढा ?’ उपचारको लागी पा“च लाख जुटाउन कहा“सम्म पुगेको थिएन र ऊ । सवैको महलमा वा आलिसान फ्ल्याटहरुमा चाह¥यो, तर साना साना आश्वासनका पोको वोकेर फर्कियो । यहि वेला उसले महशुष ग¥यो – क्रान्तिकारि आदर्शहरुमा विस्तारै भाइरस लागीरहेको रहेछ । किनकि उसले ज–जसलाइ भेट्यो उनहिरुको वोल्ने सैलीमा नितान्त परिवर्तन आएको थियो । काम गर्ने शैली मा आकाश पतालको फरक भएको थियो । ती दिनहरुमा हुने सहृदयी भेटघाटको वातावरण अहिले धमिलिएको थियो र घण्टौं पालो कुरेर पा“च वा दश मिनेटमा आफ्ना कुरा राख्नु पथ्र्यो ।

ऊ त्यसै त्यसै भांैतारिएर कोठा आयो आज वेलुकिपनि । केहिवेर पढ्ने कोशिष ग¥यो तर मन कितावमा गएन । छोरिको निर्दोष अनुहारमा उसका आखा परिरहे । श्रीमतिकोकोमल अपेक्षामा निदाएका आ“खाहरुमा हेरिरहयो तर उपाय केहि थिएन, विस्तारै छोरिको अवस्था सिथिल ह“ुदै गइरहेको थियो, साथसाथै अर्कोतिर पार्टि केन्द्रले सर्वहारा वर्गको मुक्तिको लागी भनेर अन्ततः विद्रोह गर्ने घोषणा गरिसकेको थियो ।

अहिले उदीपको मनमा भिाषण द्धन्द चलिरहेको छ । ऊ आफैंलाइ प्रश्न गर्छ – यो वेला म विद्रोह गरु“ वा मेरो छोरिको लागी पा“च लाख रुपैया जुटाएर उपाचार गरु?तर उसंग यसको सहि उत्तर छैन । छोरिको माया उसको आफ्नो जीवनभन्दापनि वढी छ । छोरिलाइ वचाउनको लागी आफु मर्न पनि तयार छ उदिप । यद्यपी यो उसको लागी उपयुक्त उपाय होइन । साथसाथै अर्को महत्वपूर्ण पक्ष छ उसको जीवनको । त्यो हो जनविद्रोह ।सर्वहारा वर्गको लागि हुने विद्रोह उसको जीवनको यस्तो आदर्श हो जून आफ्नो सयौं जीवन भन्दा पनि अमूल्य र प्यारो छ । जसको लागी उसले सयौं पटक मृत्युसंग आफ्ना जीवनको दाउ थापेको छ ।मृत्युलाइ चुनौति दिएको छ । यो दुइटा संकट मध्य कुन छान्ने ? यहि जटिल प्रश्नको उत्तर आजको रात उसले दिनु छ ।………… अन्ततः उसले आफ्नो इतिहासलाइ पुर्नस्मरण ग¥यो । जनताले गर्ने आम विद्रोह को यस्तै दिन ल्याउन भनेर उसले सारा परिवार, आफन्त, र सम्पूर्ण खुशिहरु त्याग गरेको थियो । उसले एकपटक फेरि आफैंलाइ प्रश्न ग¥यो ? – के म जनयुद्धमा आफुलाइ होम्दै गर्दा मेरा परिवार थिएनन् र ?, मेरा आम व्यक्तिगत र पारिवारिक समस्याहरु थिएनन् र ? मेरा वच्चाहरुको अपेक्षाहरु म माथी थिएन र ? सव कुरा थियो । मनमनै आफुलाइ जवाफ दियो । – तर मैले सवैकुरालइ तिलाञ्जली दिएर आफुलाइ मुक्तिको लागी जनयुद्धमा होमें । आज म मेरि छोरिको कारण विद्रोहलाइ कसरि त्याग्न सक्छु ? मनमनै प्रश्न ग¥यो र भन्यो – म जान्छु, अवस्य जान्छु । मलाइ विद्रोह प्यारो छ मलाइ मुक्ति प्यारो छ । मलाइ थाहा छ मेरो सम्पूर्ण त्यागले, आम क्रान्तिकारिहरुको सम्पूर्ण त्यागले गरिवहरुको मुक्ति हुन्छ भने मलाइ यहि कुरा स्वीकार्य छ । उसले संकल्प ग¥यो ।

– सरल सहयात्री
चितवन शक्तिखोर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.