कविता : आह्वान

~राधा कार्की~

यसलाई मैले सम्हाल्न सकिनँ
सधैँ बरालिएर बकम्फुसे कुरा गर्छ
छिमेकीको सारमा जुँगा हल्लाउँछ
घर, करेसाबारी वास्ता भएन यसलाई ।

बाजेले भनेका थिए–
यसलाई पढाएर ठूलोमान्छे बनाएस्
तल्ला घरे कान्छो कुपोषणले म¥यो
खोल्साघरे काइँलो,
पुशको जाडो थेग्न नसकेर ढल्यो
तेरा बाजे पनि औषधो उपचार नपाएर गएँ ।

तेरो बाबु !
बाजेको सपना पूरा गर्न
सडक सामू ओर्लेको फर्केर आएन !

त्यसैबेला माटो समाएर कसम खाएकी थिए,
उनको सपना पुरा गर्छु
न भन्दै
जोड–जोडले परेको
आकाशे झरिले
सडक आफ्नै स्वरूपमा फर्कियो ।

अङ्कुरहरु प्रसस्तै देखिए
त्यसलाई मलजल गर्नुको साटो
परेडखेल्ने मैदान बनायौँ ?
बाजेको सपना लिलाम ग¥यौँ ?
बाबुको इच्छा अधुरो छाड्यौँ ?
अझ, दिनानु दिन
नारी चित्कार,
कालो सूची, राता टाउके
सलबलाएको अवश्थामा
अझ किन मौन छौँ तिमी ?

उसले नजिकै रहेका वीच
मुखामुख ग¥यो र भन्यो–
कति दिन बरालिएर हिँड्ने ?
कति दिन पराइको मुख ताक्ने ?
कति दिन आमाको मुटु लुस्ने ?

भो अब म, देख्न चाहन्न
आमाको शीरमा पीरको पहाड !

आजैदेखि, घर, करेसाबारी सफा गर्छु
आउ ! एकठ्ठा भएर आमाको सपना पुरा गरौँ !

इलाम-२

(स्रोत : नेपाल राष्ट्र बैंकको “मिर्मिरे कविता विशेषाङ्क”मा प्रकाशित)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.