~रजित ओझा~
पुटिन जंगियो।मैले थम्थम्याएँ।
“वस वस उठिनै हाल्नु पर्छ त ?”
“नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।”
“हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !” मलाई आशा छ उ मैले भनेको मान्नेछ।
“त्यो मिलेर वस्ने खालको मान्छे हो?”
“हैन भने सिकाउनुपर्छ !” म फेरि वुद्द वनेँ। अग्यानीलाई ग्यान सिकाउनुपर्छ।
“तेरो वारेमा गाउँकै नारद वा के के भन्छन् थाहा छ?” मैले फेरि पुटिन लाई सोधेँ।
“के भन्छन् ?”
“तँ खेत खन्ने खुर्पा कोदालो भन्दा खुकुरी वढी किन्छस् रे !”
“मलाई खुकुरीमै मोह छ त किन नकिनु ?त्यसको घाँटी त छप्काइदिन्छु म ।आज नभए भोली !”
” छ न चाहिँ काँ छ त्यो ?”
“भाग्यो होला नी , खाली ओडार ओडार लुकी वस्छ त्यो !”
त्यो मिटिंगमा आउन्नथ्यो। खै मलाई पनि मन पराउँथ्यो पराउदैनथ्यो थाहा छैन।
*********** ************** ************* ************ ************* ********* ***
“हैन त्यसलाई मार्नै पर्छ ! नभए पनि नंग्रा र दाँत झिकेर जंगलमै छोड्नुपर्छ।” माइकलको आँखामा अनौठो क्रोध थियो।
“पुटिन पनि त्यहि भन्थ्यो !”
“हो पुटिनले भनेको सहि हो !”
“तर उसलाई त तैँले जन्माएको रे नी, पुटिन ले भनेको !”
“हैन पुटिनले भनेको गलत हो!”
“घरी सहि हो भन्छस् घरी गलत । के हो पारा तेरो ?” उ न्यास्रियो अनी विस्तारै वोल्यो
“सहि लाई सहि भन्नै पर्यो ,गलत लाई गलत भन्नै पर्यो !”
“जे भन माइकल रोग तैँले नै उमारेको हो निदान पनि तैले नै गर्न सक्नुपर्छ ।” मेरो फैसला यत्ति हो।
“त्यो सितिमिति भेटिँदै भेटिन्न ,ओडार ओडार लुकी वस्छ त्यो “
हो त्यो मिटिंगमा आउदैन थियो। खै मलाई पनि मन पराउँथ्यो पराउदैनथ्यो थाहा छैन।
************** ************ *************** ************ ************ ***********
“वावु तिमीले यो पुरा गाउको वागडोर सम्हाल्नु हुन्न। तिम्रो आफ्नो जहान लाई समय कति खेर दिन्छौ?”
कुनामा वसेका मेरा छीमेकी नरेन्द्र दाई मेरो कानमै आएर भने।
“तिमी वड्ता जान्ने नहोउ दाजु !”
“हैन छीमेकीको नाताले मात्रै भनेको भाइ , तँ किन कड्केको भन त?”
“तिमी कमको छौ? अस्ति मेरो करेसावारी चेपेर रायो र पालुंगो किन रोप्यौ?”
“हैन तेरै जहानलाई सोधेर रोपेको हौ कान्छा!” उ अलि हच्कियो। मलाई नरेन्द्र दाइको वानी मन परेको थीएन। खाली विना विथ्थाको सम्वन्ध जोडी हिँड्छन्। विना विथ्थाको सुझाव दिई टोपल्छन्। अस्ति मात्रै मेरी जहानलाई वुहारी तैँले वनाएको चियामा सुकमेल छैन त्यहि भएर मिठो भएन भन्दै थिए। आफ्नै घरको चियामा हाल्नु नी सुकमेल।उसकोमा गए चियामा दुध पनि हुन्न मेरोमा सुकमेल चाहिने!
“अव देखी छोलाउ,मेरो घरको माटो !”
“तेरो घर आउने वाटो त मैले नै देको हो नी कान्छा!” उनले आफुले गरेको गुन देखाए।
“पछाडीवाट खन्छु अर्को वाटो !” खन्ने विचारै नभए पनि भन्देँ । जे पर्ला पर्ला आ!
***************** *************** ************** ****************** ********** **
भख्खरै विउँझेको छु । कान्तिपुर समाचार चलिरहेको छ। हाम्रा प्रधानमन्त्री हावाबाट विजुली निकाल्ने कुरा गर्दैछन्।मेरो घरमा ग्याँस छैन। अफिसको क्यान्टिनमा हिजो दाउरा देखेको थिएँ। उतै खानुपर्ला। तर हिँडेर जानुपर्छ वाइकमा पेट्रोल छैन। आफ्नो सपनासित आफैलाई हास उठ्छ।हरेको नेपालीको दिमागमा दुनियाँ हल्लाइदिने एजेन्डा छन्। मेरा पनि छन्। कहिलेकाहिँ छचल्किन्छन्।
DECEMBER 15, 2015
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)