~रामेश्वर राउत ‘मातृदास’~
आँखा रुन्छु बादलबाट…
तिमी मात्र मेरो आफ्नो छैनन् अरू कोही
तिमी बिनु दिन रात छ, बस्छु रोई–रोई
बाँसुरीको धुन मीठो बज्छ कहाँऽकहाँ
घाम÷जुन रम्दै नाच्छन् तिमी हुन्छौ जहाँ
हिँड्दा–हिँड्दै रात परे बास खोजुँ कहाँ
वरसम्म लिन आउनु तिमी हुन्छौ जहाँ
तिमी मात्र आफ्नो….
आँसु रुन्छु बादलबाट दु:ख झरीझरी
तलाउ होला तिम्रो मन वृन्दावनभरि
अन्यायको जङ्घारबाट पार लाउन आऊ
चोटैचोट भएको छु दुख्ला तिम्लाई घाउ
तिमी मात्र मेरो आफ्नो…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)