गीत : उनै पशुपतिलाई, कोटि नमस्कार

~लता शर्मा~

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

भारतको कन्नौजबाट जुम्ला चढेका ।
सिंजाबाट सल्यान हुँदै सुकौरा झरेका ।
आचार्य थर हो हाम्रो विद्याले दिएको ।
अग्नि प्रकट गरी पद्वी पाएको ।

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

यही छ हाम्रो खेतबारी पुर्खाले आर्जेको ।
दंगी शरण राजाले बिर्ता दिएको ।
इमान्दार र निष्ठावान् उनै पशुपति हुन् ।
राजाका सल्लाहकार हाम्र्रा पूर्वज हुन् ।

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

हलबारे आचार्य उनकै वंश हौँ ।
कुलको नाम राख्न लागि पर्नेछौँ ।
मन्दिर पनि बनायौँ आचार्य कुलको ।
सबैलाई दिन्छौँ उपहार वंशावलीको ।

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

छिली कोट बाघे खोला मूलकोटमा
बेसी झर्थे दाङ हलवार नवलपुरमा ।
चारै तिर हराभरा प्रकृतिको धनी ।
तिर्खा मेटाउने मूलकोटको पानी ।

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।

माथिल्लो हलवार डाँडामा मन्दिर झलल ।
मन्दिरको काखैमा ग्वार खोला सलल ।
कोइलीले गाउँछ कुहुकुहु वन र पाखैमा ।
हरियाली फाँट हाम्रो खोलाको तिरैमा ।

उनै पशुपतिलाई, कोटि नमस्कार,
उनै पशुपतिलाई, कोटि नमस्कार ।।

२०७४।१२।१९
आचार्य कुलको भजन

–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

2 Responses to गीत : उनै पशुपतिलाई, कोटि नमस्कार

  1. Very nice song of Acharya Kool, I like it.

  2. Very nice song of Acharya kool. I like it

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.