पुस्तक समीक्षा : “मोहनविक्रम सिंहका दुई नाटक”को विशिष्ट यात्रा

~प्रा.डा. खेम कोइराला बन्धु~

वक्र्षको झर्झरमा मैले युगको नृत्य देखेको छु
ढुकुरको कुकुरमा मैले संगीत सुनेको छु ।

१. मोहनविक्रम सि.ह (१९९२) नेपाली वाङमय विधामा एक विशिष्ट व्यक्तिको रूपमा देखा पर्छन् । उनको लेखन यात्रा एकातर्फ साहित्यिक छ भने अर्कोतर्फ गैर साहित्यिक । उनका सबै कृतिहरू मूलतः राजनीति र दर्शनमा केन्द्रित छन् । गैर यस अर्थमा हेर्दा सिंहको लेखन यात्रा उनको राजनीतिको भारी बोकिएको भन्ने देखा पर्छ । उनको राजनीति दर्शन भने माक्र्सवादी, लेनिनवादी दर्शनमा आधारित रहेर लेखिने साहित्य नै हो ।

सिंह एउटा सामन्त परिवार र त्यही पृष्ठभूमिबाट हुर्कंदै अघि बढेका हुन् । उनले पहाडका एउटा कुनै क्ष्ँेत्रमा आफ्नो बाबुको सम्पन्नता हकडकलाई देख्दै, अनुभव गर्दै बाल्यकाल बिताए । सिंहमा किशोर अवस्थामा नै काठमाडौंमा जुन प्रकार संगत, परिवेश, घटना, परिस्थिति देखा प¥यो त्यसबाट आफ्नो घरको परिवेश, समाज अनि शासन प्रणालीप्रतिको असन्तुष्टिले गर्दा विद्रोही भावना देखा प¥यो । फलतः उनी समाजका धनी गरिब, तल्ला माथिल्लो, जातजाति, शोक्षण शोक्षित जस्ता कुराहरू बुझ्दै जान थाले । देश विदेशको समानता असमानताले पनि उनको चेतनालाई अघि बढाउन मद्दत ग¥यो । एउटा सुधारवादी, प्रगतिशील व्यक्ति हुँदै उनी प्रगतिवादी हुन पुगे, राष्ट्रवादी हुन पुगे । उनी कांग्रेसको प्रजा परिक्षद् हुँदै कम्युिनस्ट बन्न पुगे । कम्युनिस्ट आदर्शलाई यथार्थतामा परिणत गर्नको लागि उनी आजीवन कर्म क्षेत्रमा संलग्न रहन पुगे–राजनीतिककर्मीका रूपमा ।

निसन्देह सिंहका राजनीतिक प्रवेश पछिका दिन कठिन र चुनौतीका बन्न पुगे । एउटा त्याग अर्कोतर्फ कष्ट । धेरैले नगर्ने काम उनले अर्को गरे । घरैबाट सामन्ती संसारका आफ्नो पिताजीको तमसुकहरू जलाइदिन शुरू गरे, गाउँ र जिल्लाका पनि । एक अर्थमा त्यसबेलाको धनी परिवार, ठूला भनिने सम्पन्न सामन्त परिवार समेतको यिनी आँखाको कसिंगर बन्न पुगे । अविश्रान्त यात्रीको रूपमा जेल नेल भोग्दै अघि बढे । आफ्नो लक्ष्यमा वर्गीय स्वार्थको कारण यिनी घर परिवारमा चाहिं त्यति प्रिय हुन सकेनन् तर जनताको नजरमा मोहन मोहन बन्न पुगे । सबैका प्रिय । सर्वसाधारण जनताका लागि विक्रम हुन पुगे विक्रम । सबैका साहसको प्रतिक अनि निमुखा जनताको कल्याणको लागि सिंह भएर गर्जिन पुगे –एउटा आगोको फिलुङ्गो भएर । एक अलग्ग बीज ।

राणा शासनको समय मोहन एउटा शासक परिवारको निकट रहन सक्ने जनताको बाबुको कारणले दरबारसँग जोडिने सक्ने तर उनको विद्रोही मनले त्यो हुन चाहेन, मान्छे हुन चाह्यो । त्यो यस्तो मान्छे जो गरिबीसँग होस्, किसानसँग होस, जो निरीहसँग होस्, सीमान्तकृतसँग होस् मानवीय पक्षका प्रवक्ता ÷प्रयोक्ता ।

२. १३÷१४ वक्र्षदेखि साहित्य सिर्जना मात्र होइन प्रकाशनमा पनि अग्रसर सिंह त्यागको प्रतिमूर्ति बन्न पुगे । त्यो त्याग अविश्रान्त थियो । त्यागमूर्ति सिंह भावनाको मात्र त्याग होइन यथार्थ त्याग । पहिलो त्याग थियो बाबुको सम्पत्ति । एक अर्थमा बाबुको सामन्त समाजसँगको सम्बन्धविच्छेद । असमानता, अन्याय, अत्याचार, शोक्षण जस्ता कुराबाट बिच्किएका उनी सुख सम्पन्नता जस्ता कुराबाट भिन्न भए । शुरूमा अन्यायको विरोध गर्दै, समानताका पक्षमा संलग्न हुँदै आफ्नो गन्तव्य अघि बढाउन पुगे । सिंहको निष्ठा सबभन्दा महत्वपूर्ण पक्ष हो । निष्ठा त्यो निष्ठा माटो प्रति हो जनताप्रति हो । माटो देश हो अनि जनता देशका जनता बहुसंख्यक जनता जो दलित छन्, जो अपहेलित छन्, सिंह आफू निष्ठाको लागि अविश्रान्त रूपमा अघि बढे । एउटा दृढ यात्राको लागि । त्यो दृढता त्यागको रूपमा थियो । सम्पूर्ण कुरा छोडेर आफू निष्ठामा दृढ भएर लाग्ने आज साढे ६ दशकभन्दा बढी यही त्यागमा लागेका उनी आत्मविश्वासका साथ लागे । त्यो आत्मविश्वास हो–माक्र्सवाद । शरीर धमिरोले खाइसकोस् तर उनी हल न चल आत्मविश्वासमा अडिग छन् त्यसैमा सन्तुष्ट छन् । त्यसैमा शान्ति पाउँछन् । त्यसैमा सत्य देख्छन् । किनभने उनको त्यहाँ इमान्दारीपूर्वक प्रयास छ । झुठको कुनै खेल छैन । कपटको कुनै तानावाना छैन । कुरूपताको कुनै गन्ध छैन । छ त त्यहाँ सत्य, छ त त्यहाँ शिव, छ त त्यहाँ सुन्दरता । उनी माक्र्सवादी दर्शनमा आधारित वाङ्मयसँग खेल्छन् , यस्तै बाङम्यमा रमाउँछन् र उनको साहित्य यसैमा केन्द्रित रहन्छ । कहिले कविता, कहिले नाटक, कहिले निबन्ध, जुनसुकै किन नहोस् वाङमय यात्रा उनको जीवनको एउटा महत्वपूर्ण पक्ष हो । राजनीतिक जीवनको सक्रियता पहिलो पक्ष । यस पक्षमा उनी सदैव आफूलाई समाहित गर्न चाहन्छन् । उनी मूलतः राजनीतिकर्मी हुन्, अनि साहित्यकर्मी । कतिले भनिदिन्छन्–राजनीतिकर्मी पहिले कि साहित्य पहिले ? उनी साहित्य र राजनीतिलाई अलग छुट्याउन चाहँदैनन् । एउटै सिक्काका दुई पहलु । साहित्य साहित्य नै हो, राजनीति राजनीति–वी.पी भन्छन् अलग्ग । तर सिंह कला कलाका लागि मान्न तयार छैनन् । राजनीतिले कलालाई निर्देशित गर्नुपर्दछ । यही उनको धारणा छ । पहिलो प्राथमिकता विक्षयवस्तु, दोस्रो शिल्प शैली प्रगतिवादीले भन्ने कुरा यही त हो । तर यसो भन्दैमा उनी शिल्पलाई उपेक्षा गरिहाल्नु पर्छ भन्ने पक्षमा छैनन् । उनको दृष्टिमा शिल्पले भन्न चाहेको कुरा बोक्न सक्नुपर्छ, बोक्नुपर्छ । अन्यथा साहित्य चीरस्थायी हुन सक्दैन ।

साहित्यमा युगीन र शास्वत पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । यो ध्यान केवल भावनामा होइन यथार्थमा उत्रिन सक्नु पर्छ । साहित्य नारा हुन सक्दैन भन्ने कुरामा उनी अध्ययनशील अनि उच्चतर शिक्षा हासिल गरेका व्यक्ति जसको २००५ सालदेखि नै साहित्यको माध्यमबाट सार्वजनिकी भएको थियो । जसको २०१३ सालमै सिंगो कृति प्रकाशित भएको थियो । उनका कृतिमा खास गरेर कविताहरू, नाटकहरू, जनसाधारणका लागि लेखिएका देखिन्छन् । ती कृतिले उनको लेखनयात्रालाई अगाडि बढाएको छ । त्यति मात्र होइन उनले जनचेतनालाई भरिदिने काम गरेका छन् । त्यति भएर पनि सिंहको साहित्यिक यात्रा किन अग्र रूपान्तरित हुन सकेन ? भन्ने प्रश्न टड्कारो रूपमा रहेको देखिन्छ । सिंहका दार्शनिक लेखनहरूको अहिले कुरा नगरौं उनका राजनीतिक कृतिहरूको अहिले चासो नराखौं त्यति गरेर पनि उनको लेखन साहित्यिक लेखन हो । त्यस लेखनमा उनको साहित्यक लेखनमा पनि राजनैतिक दबाब, प्रभाव यत्रतत्र देखा पर्छ भनिएपनि माक्र्सवादको मूलधारा नछोडेको चाहिं असत्य होइन, सत्य हो । सिंहका कृतिहरूले स्थानीय वातावरण, परिस्थिति, परिवेश, सामाजिकता, जनजीवन, रीतिथिति समेत बोक्ने गर्छन् । त्यो बोकाई उनको जीवनयात्राको क्रममा भएका अनुभूत कुराहरूको प्रयास हो । सत्य पक्ष्ँ सिंहको लेखनमा पाइने कल्पनाशीलता खास गरेर प्रकृति, प्रयोग, वातावरणप्रियता जस्ता कुरा महत्वपूर्ण छन् । जसले उनको लेखनलाई बढी कलात्मक बनाउन पुगेको छ । सिंहले पूर्ण प्रयोजनीय लेखनमा जनजिन्दगीका विभिन्न पाटाहरूलाई पक्रेर एउटा अलग्गै स्वरूप खडा गर्न पुगेका छन् । यो स्वरूप नाटकमा सजीवता हो । यसमा उनी निकै सफल छन् । उनका नाटकहरूमा खास गरेर तिनको अभिनयबाट प्राप्त हुने साधारणीकरणबाट उनी लोकप्रिय नाटककारको रूपमा परिचित छन् । कविताकै कुरा गर्दा पनि सिंहका कवितामा पाइने प्रकृतिको प्रयोग त्यतिकै महत्वपूर्ण बन्न पुगेको छ । साहित्यकार सिंहको लेखनमा सजीवता, मानवता, प्रकृतिमुखी, जनमुखी पक्ष पाइन्छ । त्यो स्वाभाविक हो, त्यो बहुपक्षीय छ । विद्रोह, संघक्र्ष, क्रान्तिका लागि सिंहनाद चाहिन्छ । सिंह जस्तो हुनुपर्छ । यो कुरा उनमा पाइन्छ । स्याल हुनु होइन, सिंह हुनु हो । यस उसले मोहनविक्रमसिंहको लेखनी गरिमामय बन्न पुगेको छ । सिंहको विभिन्न विधामा त्यतिकै विशिष्ट महत्व छ । त्यसको चर्चा मैले नौलो नेपालीमा गरिसकेको छु । अहिले यहाँ यति मात्र भनुँ उनको विशिष्ट पक्षलाई समालोचना पक्षले पनि त्यत्तिकै उठाएको छ । हो उठ्नु उठ्नु नै हो । उनको समालोचनामा देखा पर्ने सरस, सहज, सरल पक्षको म प्रशंसक । विक्षयलाई विना नारा अघि बढाउने अनि बोझिलो पनि नबनाई सरल र सहज र सन्तुलित बनाउने यो कार्य । जोसुकै व्यक्तिले, जोसुकै लेखकले गर्न नसक्ने । सिंहले यो कार्य एउटा गम्भीर अध्येताको रूपमा गर्न सके लेख्न सके । प्रयोग गर्न सके । यो नारा चाहिं बनेन । गाली गलौज पनि बनेन । अस्पष्ट, क्लिष्ट बनेन । बन्यो–राजनैतिक, दार्शनिक, दर्शन केन्द्रित कृति ।

३. सारमा भन्नुपर्दा एउटा राजनीतिक स्कूलका व्यक्ति साहित्यिक क्ष्ँेत्रमा प्रवेश गर्दा अर्थात् एक क्षेत्रबाट अर्को क्षेत्रमा आउँदा भिन्नता हुन सक्नुपर्ने हो तर त्यो यसमा देखिंदैन । यहाँ प्रस्तुत सिंहका दुई नाटकमध्ये एउटा नाटकले ऐतिहासिक किसान आन्दोलन समेट्न पुगेको छ । अर्को चाहिं ‘१२ मई’ मा २०४२÷४३ तिरको आम निर्वाचन बहिष्कारको क्रममा भएको निर्वाचन बहिष्कारका क्रममा भएका संगठन चेतना विस्तार जस्ता कुरालाई सन्दर्भमा राखी अभिव्यक्ति दिइएको पाइन्छ । यी दुई नाटक नेपालको तत्कालीन परिवेश र राजनीतिसँग जोडिएका पाइन्छन् । यो सफलता सिंहका कृतिमा पाइन्छ । सिंहका कृतिहरूमा मानवीयता, करूणा, दया, जीजिविक्षा जस्ता यत्रतत्र सर्वत्र देखा पर्दछ । लाग्छ सिंह आफ्नो व्यक्तिगत जीवनमा स्थितप्रज्ञ हुन् । जो सिर्जनाको यात्रामा आफ्ना कलमलाई अगाडि बढाउँछन् । सिंहका जीवन यात्राका यी महत्वपूर्ण कृतिहरूमध्ये ‘१२ मई’ ले जुन प्रकारको प्रसिद्धि तथा जनप्रियता प्राप्त ग¥यो ‘फागुण २४’ ले पनि प्रदर्शनको क्रममा प्राप्त गरेकै हो । यस अर्थमा कृतिको प्रकाशनले नेपाली साहित्य जगतमा एक विशिष्ट स्थान ओगट्ने विश्वास लिंदै चिन्तक तथा लेखक सिंहका अन्य कृतिहरू भविष्यमा हामीलाई प्राप्त हुने नै छन् भन्ने कुरामा विश्वस्त हुँदा सिंहका कविता उल्लेख गर्दै यसप्रकारका गरिमामय कृति नेपाली बाङ्मयमा प्रस्तुत गरेकोमा लेखक सिंहलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

आँखा खोल सुन अब
इन्क्लवको आवाज
हिमचुली अघि आयो
क्रान्तिको सन्देश हो ।

(नेकपा(मसाल)का महामन्त्री तथा प्रगतिवावदी साहित्यकार मोहनविक्रम सिंहका ऐतिहासिक दुई नाटकहरु ‘१२ मई’ र ‘फागुन २४’ लाई समेटी हिमालयन पब्लिसर्सले हालै ‘मोहनविक्रम सिंहका दुई नाटक’ कृति प्रकाशन गरेको छ । माथि प्रस्तुत गरिएको समीक्षा सोही कृतिभित्रको मुख्य भूमिका हो । )

(स्रोत : हाँक विक्ली – वर्ष ३१,अंक ४ – Dec. 11, 2013 – २०७० मंसिर २६, बुधबार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.