कविता : सुशासन प्रवर्द्धन र संघियता

~ऋतिक यादव~

संघियताको चुनौतीमा सुशासन कसरी एकसाथ हिड्न सकिएला,
कानुनी सर्वोच्चता र पारदर्शीताको अभाव मुलुकमा कहिले सक्लान्,
कुशल राजनीतिक एजेण्डासँग कसरी एकसाथ हिड्न सकिएला,
राजनीतिक चुनौतीले भरीभराउ सुशासनको प्रतिक्षा कहिले सक्लान्

अर्थतन्त्रको जग खल्बल्याउनेहरु लाई कसरी हटाउन सकिएला,
नितीगत भ्रष्टाचारमा नै चुर्लुम्म डुबेकाहरू कहिले निस्कन सक्लान्,
नैतिकतालाई मक्याउने भ्रष्टाचारी भाईरसहरु कहिले सकिएला,
घटिया परजीवी सरह रहेका राजनेताहरुको अन्तय कहिले सक्लान्,

राजनीतिक सवलीकरणको असुनिश्चिता कसरी चाहि सकिएला,
संघिय शासनले यसमा पक्कै पनि अवरोध सिर्जना गर्न सक्लान्,
न्युन उत्तरदायित्वको तुच्छ सिद्धान्त कसरी चाहि यहाँ सकिएला,
तटस्थ र विज्ञताको आभाव सायद एक रोकावट नै बन्न सक्लान,

संघियता अनुरूप प्रशासनिक पुनसंरचना कसरी चाहि सकिएला,
सेवामुखी संस्कारको विकासमा एक बाधा सावित हुन सक्लान,
अथक मानसिकताबाट सुशासनयुक्त नेपाल बनाउन सकिएला,
राष्ट्रमा क्रान्तिको आवाजले चाहि परिवर्तन निम्तयाउन सक्लान,

– ऋतिक यादव
कक्षा -११, ओम नेशनल एकेडेमी
विरगंज-११,पर्सा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.