समीक्षा : ‘पापिनी आमा’ खण्डकाव्यको विश्लेषण

~माधव बियोगी~

सुन्दर खण्डकाव्यको सिर्जनामा माधव घिमिरे अग्रपङ्तिमा आउने स्रष्टा हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबभन्दा बढी चर्चामा रहेको खण्डकाव्य ‘गौरी’का स्रष्टा समेत रहेका माधव घिमिरेका अन्य खण्डकाव्य राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा, राजेश्वरी आदि सबै उत्कृष्ट छन् । उनको समग्र साहित्यिक व्यक्तित्वमा खण्डकाव्यगत पक्ष पनि सशक्त देखिन्छ । घिमिरेलार्ई राष्ट्रकवि’ को उपाधि दिलाउन सहयोग पु¥याउने कृतिमध्र्ये राष्ट्रनिर्माता’ खण्डकाव्य पनि एक हो । यहाँ उनको लघुआकारको खण्डकाव्य पापिनी आमाका विषयमा मोटामोटी चर्चा एवं विवेचना गर्ने प्रयत्न गरिएको छ ।

‘पापिनी आमा’ लघुआकारको संरचना भएको खण्डकाव्य हो । त्यसैले यसलाई लघुखण्डकाव्य भनिनु उपयुक्त हुन्छ । यथार्थमा खण्डकाव्य कत्रो हुनुपर्छ भन्ने निश्चित मान्यताको अभाव देखिन्छ र्। पापिनी आमा’ खण्डकाव्यको आकार जे जस्तो छ त्यसलाई लघुखण्डकाव्य समेत भनिन नमिल्ने हो तर खण्डकाव्यकै रूपमा विद्वानहरूले त्यसलाई लिएको पाइन्छ । एकसय श्लोक भन्दा तलको आयाम भएको कुनै पनि कवितात्मक रचना खण्डकाव्य वा लघुखण्डकाव्य हुन सक्तैन भन्ने मान्यता यो पङ्तिकारको रहेको भएपनि रुढिका रूपमा वा विद्वानहरूको स्वीकारोक्तिका आधारमा खण्डकाव्यकै रूपमा पापिनी आमालाई यहाँ हेर्न खोजिएको छ । पापिनी आमाको संरचना पुस्तकको रूपमा आउन नसक्ने वा छुट्टै पुस्तक बनाउन खोज्दा त्यो केवल एउटा पर्चाको रूपमा मात्र रहने संभावनातर्फ खण्डकाव्यकार घिमिरेको ध्यान गएको देखिन्छ । २०१० सालमा रचना भएर्को पापिनी आमा’ २०१३ सालमा इन्द्रेणी पत्रिकामा प्रकाशित भएको पाइन्छ भने दोस्रो पटर्क राजेश्वरी’ खण्डकाव्यसँगै प्रकाशित भएको देखिन्छ । प्रथमपटक प्रकाशित हुँदा ८५ फाँकीका १७० हरफ भएकोमा दोस्रोपटक प्रकाशित हुँदा दुई फाँकी हटाई ८३ फाँकी मात्र कायम गरिएको देखिन्छ (पोखरेल, २०५६ः१) खण्डकाव्यकार घिमिरेले प्रचलित नियमानुसार श्लोकको व्यवस्थापन गर्न नसकेको देखिन्छ । झ्याउरे लयका कवितामा ४ हरफकै एक श्लोक मानिन्छ । तर कविले २ हरफलाई नै श्लोक मानेर त्यसै अनुरूपको श्लोक व्यवस्थापन गरेको देखिन्छ । यसलाई कमजोरी नभनेर नवीन प्रयोगका रूपमा लिन सकिन्छ । ४ हरफलाई श्लोक मानेर हेर्ने हो भर्ने पापिनी आमा’ लामो फुटकर कविताका रूपमा देखापर्छ । चरित्र र घटना दुवै पक्ष सबल भएको प्रस्तुत काव्यमा खण्डकाव्यको प्रबन्धात्मक व्यवस्थापन पनि सशक्त नै देखिन्छ । आदि मध्य र अन्त्य यी तीन भागका बीचमा अन्तरसम्बन्ध रहेको पाइन्छ । हरेक श्लोक भावपूर्ण तथा ओजपूर्ण छन् । विषयवस्तुको संक्षेपीकरण गरिएको छ जसले भाव कसिलो बन्न गएको छ र्। पापिनी आमा’ सामाजिक विषयवस्तुमा आधारित काव्य हो । हुनत कुनै पनि कृति समाजनिरपेक्ष हुन सक्तैन तैपनि सामाजिक अन्तरवस्तुलाई कुन हदसम्म अगालिएको छ त्यसको निरूपण गर्न कृतिको समाजसापेक्ष चिन्तनको मूल्याङ्कन गर्नुपर्न हुन्छ । विषयवस्तुको केन्द्रीय कथ्य व्यक्ति वा समाज कुन पक्षसित सम्बन्धित छ त्यसलाई खोतल्नुपर्ने हुन्छ र्। पापिनी आमा’ व्यक्ति चरित्रको रचना जस्तो लाग्ने भएपनि त्यो मूलतः सामाजिक प्रभावको छ । आमा पापिनी बन्नुले समाजमा त्यसको असर नराम्रै पर्ने हुँदा आमाको चरित्रले समाजको चरित्रलाई पनि उजागर गर्छ भन्न सकिन्छ किनकि आमाको त्यस प्रकारको चरित्रनिर्माणमा कुनै न कुनै किसिमले समाजको भूमिका रहन्छ र्। पापिनी आमा’ काव्य नेपाली समाजमा देखा परेको भु्रणहत्याको संभावित दुर्घटना र त्यसबाट उत्पन्न हुनसक्ने प्रभावको धरातलमा रचिएको छ । काव्यको मूल सन्दर्भ बालविवाहसँग सम्बन्धित देखिन्छ । नेपाली सामाजिक इतिहासको एउटा पाटो बालविवाह र त्यसले नेपाली सामाजिक परिवेशमा पारेको नकारात्मक प्रभावसँग जोडिएको छ । विवाह, स्त्री र पुरुषबीचको पवित्र सम्बन्ध हो तर त्यस प्रकारका सम्बन्धको अर्थ नै नबुझ्ने अवस्थामा भएको विवाहको मूल्य के होला ? यो गंभीर र विचारणीय प्रश्न हो । बालविवाहको प्रचलन हिजोआज छिटफूट रूपमा मात्र देखिए पनि नेपाली सामाजिक पारिपाटीको ऐतिहासिक सन्दर्भमा यो प्रथाकै रूपमा विकसित भएको थियो । यतिसम्म कि विवाह भएपछि समेत दुलाहा दुलही भई खेल्ने गर्थे । कतिपय केटाकेटी बालककालमै वा विवाहबारे नबुझ्दै विधुर तथा विधुवा बन्न बाध्य हुन्थे । पुरुष जातिले पुनः विवाह गरेपनि स्त्रीलाई विवाह गर्न दिइँदैनथ्यो वा उमेर पुगेपछि पनि तिनीहरूमा विवाहको सोच र आँट समेत हुँदैनथ्यो । उनीहरू जीवनभर अनेक सामाजिक लान्छन् तथा आरोप खपेर बाँच्न विवश हुन्थे । केहीकेहीले मात्र गोप्यरूपमा यौनसम्पर्क गरी जवानीको सन्तुष्टि प्राप्त गर्थे । यौनचाहनाको तृप्ति गर्न खोज्नु युवायुवतीको नैसर्गिक अधिकार हो र पनि जब त्यो परपुरुष वा परस्त्रीसँग हुन्छ वा अवैध रूपमा हुन्छ त्यो समाजका निम्ति स्वीकार्य हुँदैन । त्यतिबेला त यस्तो प्रचलन झन् व्यापक र कठोर थियो । त्यही सन्दर्भको संकेत पनि पापिनी आमा खण्डकाव्यले गरेको छ ।

बालककालमै विधवा भएकी युवती २२ वर्षमा प्रवेश गरेपछि अवैध गर्भधारण गरेकी छ । कविले युवतीको जवानीलाई र गर्भधारणलाई निकै क्रुद्ध भई अस्वीकार गरेका छन् । त्यस्तै अवैध कार्यलाई पापको संज्ञा दिएका छन् भने युवतीप्रतिको कविको दृष्टिकोण अत्यन्त नकारात्मक देखिन्छ । युवतीलाई कविले चुरा फुटेकी ठुटी संज्ञा दिएका छन् । कविकै शब्दमा ः–

पापमा हात चोपिछ चुरा फुटेकी ठुटीले
अंगारको डल्लो पारेछ अनि दैवको मुठीले (श्लोक–१३)

समाजले त्यस कर्मलाई पापको रूपमा लिनु अस्वभाविक छैन तर कवि स्वयम्ले त्यसलाई पाप नभनी दिएको भए र्र चुरा फुटेकी ठुटी’ को सट्र्टा यौवन चढेकी बिचरी’ भनिदिएको भए कवि क्रान्तिकारी तथा अग्रगामी बन्ने पक्का थियो । पापबाट निस्केको मानेर होला कविले बालकको स्वरूपलाई अँगारको डल्लो भनेका छन् । वास्तवमा बालकको दोष केही देखिदैन । त्यो अबोध र नवजात बालकलाई अँगारको रूपमा लिनु किमार्थ राम्रो होइन र्। निर्दोष शिशु पारेछ डल्लो दैवको मुठीले’ भनी हरफ निर्माण गरेको भए कविले आमाको कर्मलाई पाप भने पनि बालकप्रति सम्मान र न्याय गरेको अवश्य ठहथ्र्यो । यसभन्दा अघिल्लो श्लोक–१२ मा भने कविले युवतीप्रति सम्मानपूर्वक अभिव्यक्ति दिएका छन् ः–

‘विधुवा हो यो बालककालमै कपाल फुलेकी
तुलसी छाया मुनितर हुर्की बाईस पुगेकी (श्लोकः १२)

एक्लो जीवन बिताउन बाध्य भएकी बाईस वर्षे तरुनीको भावना र मर्म नबुझी एक्कासी आरोप लगाई हाल्नुलाई राम्रो पक्ष भन्न मिल्दैन । सँगीसाथी काखमा सन्तान च्यापेर आफ्ना लोग्नेसित घुम्न गएको तथा एक आपसमा मस्कामस्की गरेको देख्दा स्वाभाविक रूपमा यौनोत्तेजना हुन र युवकका फकाइफुल्याईमा पर्नुपर्छ । यसलाई चारित्रिक रूपमा दोष मानिहाल्नु हुँदैन । दोष त त्यसलाई मान्नुपर्छ जुन युवती घरमा आफ्ना दरसन्तान र लोग्ने हुँदाहुँदै परपुरुषगमन गर्दछे । यहाँनेर स्मरणीय कुरा के छ भने युवतीलाई गर्भवती बनाउने युवक फरार छ । उसले एकातिर अर्काकी विधुवा पत्नीको सतीत्व हरण गर्ने गल्ती गरेको छ भने अर्कोतिर गर्भवती भएको जानकारी पाएपछि गैरजिम्मेवार भई फरार भएको छ । यस्ता गंभीर र संवेदनशील गल्ती गर्ने युवकको झाँको झार्नुपर्ने थियो कविले तर उसका बारेमा कवि मौन देखिएका छन्, एकोहोरो रूपमा युवतीलाई मात्र गल्ती देखाएका छन् । मध्यरातमा बालक पैदा भएपछि आफ्नो अवैध कार्य छोप्नका निमित्त मसानघाटतर्फ लागेकी युवतीलाई प्रकृतिले साथ दिएको देखिन्न । जोडले आँधी हुरी मात्र चलेको छैन कि हुर्केर वर्षासमेत भएको छ । अकाश गर्जेको छ, त्यस्तो महाप्रलयको संकेत भैरहेका बखत पनि त्यो युवती सम्पूर्ण त्रासलाई मिल्काएर त्रास छोप्नकै निम्ति हिंडेकी छ । यहाँनेर स्मरणीय कुरा के पनि छ भने अवैध गर्भधारण गर्नेहरूले सजिलैसँग बालकलाई जन्म दिएको पाइन्छ । पापिनी आमाको कथावस्तुमा मात्र नभएर बाह्यजगतमा पनि यस्ता घटना भइरहेका छन् । वैध बच्चा जन्माउन नसकेर कैयौं आमाहरू मृत्युको शिकार भएका पाइन्छन् भने कैयौं आमाले अप्रेसनबाट बच्चा जन्माएका भेटिन्छन् । ‘पापिनी आमा’की मूलपात्र विधवा युवतीले पनि मध्यरातमा सहजरूपमा बच्चा जन्माएकी छे । आफूले जन्म दिएको बालकलाई पालीताली वा हुर्काएबढाएर असल मान्छे बनाई वा धेरै पढाइ त्यसैका माध्यमबाट आफ्ना कठीन दुःखहरू हर्ने तथा समाजमा विद्यमान समस्त विकृति हटाउने तर्फ युवतीको ध्यान नजानु दुःखद पक्ष हो । यहाँनेर उसले क्रान्तिकारिता देखाउन सक्नुपथ्र्यो । तर त्यसो हुन सकेन । यदि त्यसो गरेका भए कवि पनि कम क्रान्तिकारी बन्ने थिएनन् । बालहत्याको अर्को पाप गर्नु युवतीलाई कविले लगाएका छन् । जब मसानघाटमा युवती पुगी तब मौसमको नकारात्मक कोलाहलका बीचमा खाल्डोमा बालकलाई गाडी । यहाँनेर सबभन्दा ठूलो अपराध उसले गरेको देखिन्छ । पाप धुरीबाट कराउँछ मात्र हैन कि पाप अन्तरहृदयबाट पनि प्रकट हुन्छ । यही अभिव्यक्तिको सार्थकता त्यतिबेला काव्यमा भएको छ जनि बेला युवतीले आफुले ठुलै अपराध गरेको ठान्दै बालकलाई जीवन दिने प्रण गर्दै खाल्डाको बालकलाई झिकेर काखी च्यापी उच्च मातृत्व प्रदान गर्दछे । यसै सन्दर्भमा कविको यो अभिव्यक्ति उल्लेख्य लाग्दछ –

ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पिपल
सिर्जनाशक्ति संसारमा कैल्यै हुँदैन विफल (श्लोक–७६)

जस्तै सुकै कठोर अवस्थामा पनि सिर्जनाशक्तिले आफ्नो प्भाव देखाएको हुन्छ । सिर्जनागर्नेहरूले आफ्ना वाधा, समस्या र विवशताको समेत ख्याल नगरी सिर्जना गरेका हुन्छन् । ढुङ्गामा पीपलजस्तो पवित्र र महत्वपूर्ण बिरुवा उमे्रेको, हिलोमा पनि कमल फुलेको अनि काँडाका बीचमा गुलाफ मुस्कुराएको देखिन्छ । कविको उल्लेखित अभिव्यक्तिे के जनाउँछ भने आमा सिर्जनाशक्ति हुन् र उनको मातृहृदय कहिल्यै हार्दैन । अन्ततिर आएर कविले आमालाई क्रान्तिकारी आमा बनाउँदै अबोध शिशुप्रति न्याय गरेका छन् । सिर्जनाशक्ति सबभन्दा प्वल हुन्छ भन्ने देखाउनु नै काव्यको मर्म बनेको छ ।

मुटुको टुक्रा मशानमा लगी गाडेर गड्दैन
उघारी धर्ती पछाडि लाग्छ छोडेर छोड्दैन (श्लोक ५९)

मुटुको अस्तित्व शरीरभित्र रहेर काम गरुञ्जेल मात्र रहन्छ । मुटुको टुक्रा माटामा गाढेर गडिने वस्तु पनि होइन त्यो त भावनाको उद्वेग मात्र हो । मुटु शरीरका लागि अनिवार्य भए झैं जन्मेको बालक पनि आमाका निम्ति अङ्ग जस्तै बनेको हुन्छ । बालकको मुख हेरेर नै आमाले सुन्दर भविष्यको सपना देख्छिन् । त्यो बालक जो आमाको मुटुको अंश वा प्राण बनिसकेको हुन्छ त्यो कतै छाडेर छाडिन्छ न गाडेर गड्छ । भावनामा मात्र होइन यथार्थमा पनि त्यो संभव छ तर पापिनी बन्न विवश आमाका सन्दर्भमा यो अतिशयोक्ति पनि हुनसक्छ । खण्डकाव्यकार घिमिरे मानवलाई अमर पार्न चाहन्छन् त्यसैले उनका अभिव्यक्तिहरू मानवको उत्थानसँग सम्बन्धित रहन्छन् । त्यसैगरी उनी सिर्जनालाई जीवन धर्म मान्छन् । जीवनमा ध्वंश होइन निर्माण गर्नुपर्छ भन्छन् उनी । प्रत्येक मानिस निर्माणमा रमाउन चाहन्छन् तर उचित वातावरणको अभावमा ऊ ध्वंशतर्फ उन्मुख भएको हुन्छ । दुःखकर्म सिर्जनाका विरुद्ध गरिने सबभन्दा ठुलो पाप हो । त्यसो त प्रकृतिले पनि ध्वंश र विनासलाई बोकेको हुन्छ । प्रकृति मानवक्रियाकलापसँगै रम्छ, उत्तेजित हुन्छ, विनासकारी बन्छ । यो तथ्यलार्ई पापिनी आमा’ ले पनि देखाएको पाइन्छ । पतिब्रत्यमा अटल रहेर जीवन जिईरहेका भएपनि समाजले विधवालाई अमङ्गल ठानी दिन्छ । यस्ती कठिन जीवनमा पनि आफ्नो कामवासना तृप्त गर्नका लागि पुरुषहरू ललाइफकाई विधवाको सतीत्वहरण गर्छन् र आफू बँच्छन् र नारीलाई नरकमा पु¥याउँछन् । आमा बनेर पनि नारी पापिनी बन्न विवश हुन्छे । (उपाध्याय, २०५०ः२१६) भयङ्कर डरलाग्दो कालरात्रीमा आफ्नो करतुत वा रहरको उत्तेजना छोप्नका निमित्त गएको युवतीमा आएको सकारात्मक सोचले उज्यालोको संकेत गरेको छ ।

हृदय सारा सुम्पेर पनि आखिर मै हारूँ
आफूले जन्म दिएर पनि बालक मै माँरू

यहाँनेर युवती एकातिर बालकलाई खाल्डामा गाड्न तम्सिएकी छ भने अर्कोतिर त्यसो गर्दा आफैं हारेको ठहरिने सोचाइमा पुगेकी छ । बालकप्रति प्रेम छ उसले बालकलाई हृदय दिएकी छ तर आफ्नै प्रेम र हृदयलाई मारेर सामाजिक लाञ्छनाबाट बाँच्ने प्रयास उसले गरेकी छ । उसको मन मानिरहेको छैन । ऊभित्र असीम पीडा छ । प्यारको छहारीमा उत्पन्न पीडाले ऊभित्र अपराधबोध छ एकातिर छ भने अर्कोतिर जीवन बोध पनि छ । यहाँनेर एउटा स्पष्ट कुरा के छ भने बालकसँगै युवतीले आत्महत्या गर्न पनि सक्थी तर ऊ जीवनप्रति आशावादी बनेकी छ । अपराधलाई लुकाएर, ढाकछोप गरेर वा अन्य कुनै पनि उपायबाट भएपनि बाँच्नुपर्छ भन्ने उसको सोच देखिन्छ । आफ्नो कृत्य अपराध हो वा पुण्य त्यो छुट्याउन सक्ने क्षमता पनि युवतीमा देखिन्न । अपराधबाट प्राप्त पुण्यलाई उसले स्वीकार्य सकेकी छैन । यो उसको भावनात्मक मात्र नभएर भौतिक गरीबी पनि हुन सक्छ । ऊ कुनै युवकबाट बलात्कृत भएकी हो भन्न सकिने ठाउँ काव्यमा कतै छैन । खुशीराजीले गर्भधारण गरेको र गर्भाधान गराउने पुरुष आफ्नै अगलबगलमा भएको जस्तो पनि देखिन्छ । उसै युवकसित विधवा विवाहद्वारा घरजम गर्ने र बालकलाई पढाइलेखाइ गराएर ठूलो मान्छे नाई समाजको गरीबी र बेथिति हटाउने योजना बन्न सक्नुपर्ने युवतीले । त्यो संभव भएन । युवकले पनि सहर्ष आफ्नो गर्भलाई स्वीकारी समाजका अगाडि युवतीलाई आफ्नो बनाउन सक्नुपथ्र्यो, त्यो पनि भएन वा कवि घिमिरेले त्यो प्रसङ्ग जोडेर काव्यलाई मोड्न चाहेनन् ।

‘पापिनी आमा’ हृदयसंवेद्य काव्य हो । प्रत्येक पाठकको हृदयलाई छोएर भावसञ्चार गर्न काव्य सफल देखिन्छ । काव्यकी नायिका २२ वर्षे युवती विधवा भएको प्रसङ्गले छोएको हृदय खाल्डामा राखेको बालकलाई मातृहृदय पग्ली झिकेर काखमा च्यापेको दृश्यले पनि हृदय छोइएकै अवस्थामा टुङ्गिएको छ । शुरुर्मै विधुवा’ शब्दले पाठकलाई आकर्षित गर्दछ भने यौनतृप्तिका निम्ति परपुरुषसँग संभोग गरी गर्भवती भएको प्रसङ्गले पनि युवतीप्रति सहानुभूति नै देखाउनुपर्ने अवस्था सिर्जित हुन्छ । कर्म पापजन्य भएपनि उमेर अवस्थालाई मध्यनजर गरेर नै पाठकको सहानुभूति युवतीले पाउने अवस्था आएको हो भन्न सकिन्छ । बालक जन्मीसकेपछि त्रासैत्रासको बीचमा बालकलाई थाङ्नामा बेरी मशानघाटतिर युवती लाग्दाको अवस्था पनि कम सहानुभूतिपूर्ण छैन । युवतीको त्यो आँट, साहस र धैर्यताको प्रशंसा गर्नैपर्छ । बालक जन्मदा कसैले चाल पाएको भए के हुन्थ्यो ? यो प्रश्नको उत्तर त छैन र पनि त्यसपछिको परिणाम सम्झँदा र युवतीतर्फ दृष्टि दिंदा पाठकमा हृदयतः संवेदना प्रकट हुन्छ । रातकै समयमा भएपनि युवतीलाई कसैले भेटेको भए र कता जाने ? भनी प्रश्न गरेको भए युवतीले दिने जवाफ कस्तो र के हुन्थ्यो होला ? यसको उत्तर पनि अप्ठेरै छ जहाँ यी प्रश्न उठ्छन् त्यहाँ संवेदनशीलता र सहानुभूति प्रकट नहुने कुरै रहँदैन । खाल्डामा राखेको बालकलाई काखमा च्यापेर घरतर्फ फर्केपछि युवतीका अगाडि आएको चुनौती र परिणामको कल्पना गर्दा पनि पाठकको मनमा ठूलै जिज्ञाशा र कुत्कुती उत्पन्न हुन्छ । काव्यमा केवल समस्या जिज्ञाशा र कुत्कुती मात्र उठ्ने स्थिति छ । समस्या समाधानका उपायबारे केही सोधिएको छैन । समस्या समाधानवादी दृष्टिले अधुरो र यथार्थवादी दृष्टिले दुर्बल भएपनि भावात्मकताको दृष्टिले काव्य सबल र प्रभावशाली देखिन्छ (उपाध्याय २०५०ः२२१) । ‘पापिनी आमा’ मा सिर्जनाशक्तिलाई बलियो देखाइएको छ । समाजले विधवा नारीलाई सिर्जनाको अधिकार दिदैन र पनि काव्यमा विधवा नारीले बालकको सिर्जना गरेकी छन् । नारीभित्रको सिर्जनात्मकताले जितैको अवस्था काव्यमा छ । सधवा युवतीको जस्तै विधवा युवतीको पनि सिर्जनाको आकाङ्क्षा तीब्र हुन्छ भन्ने काव्यले देखाएको छ (गौतम, २०६१ः१५८) । ‘पापिनी आमा’ मा मूलतः नारी मनस्थितिको सृजनशील चाहना अभिव्यक्त भएको छ । जस्ता सुकै परिस्थितमा पनि सन्तान प्रतिको स्नेह हार्दैन भन्ने देखाइएको छ । विधवाले सामाजिक बन्धनलाई तोडेर वैवाहिक सम्बन्ध कायम राख्न पाउनुपर्ने तर अनुचित सम्बन्ध राखी सन्तान जन्माउन नहुने तथ्यलाई अघि सारेको देखिन्छ (ढुङ्गाना र दाहाल, २०५७ः७९) । समग्रर्मा पापिनी आमा’ खण्डकाव्यले निम्नानुसार सन्देश वा भाव प्रकट गरेको छ ।

१. विधवा विवाहलाई पनि वैधानिक मान्यता दिइनुपर्छ ।
२. सन्तान अवैध हुँदैन बरु परपुरुषसँग संभोग गर्ने नारीको कार्य नै अबैध र अपराधजन्य हुन्छ ।
३. जन्मेको कुनै पनि शिशुलाई बाँच्न पाउने मानवाधिकारबाट वञ्चित गरिनु हुँदैन ।
४. नारी सिर्जनाकी प्रबल मुहान भएकाले उनमा सिर्जनाशक्ति कहिल्यै हार्दैन ।
५. असाहायप्रति सद्भाव राख्नु, सहयोग गर्नु वा सहानुभूति प्रकट गर्नुपर्छ ।
६. सामाजिक मूल्य, मान्यता र परिधिलाई ध्यानमा नराखी स्वच्छन्द रूपमा आफ्ना क्रियाकलाप गर्ने जो कोहीले पनि मानसिक शास्ती पाएकै हुन्छ ।
७. अपराधपछि तर्सनु भन्दा अपराधजन्य कार्य नगर्नु नै बुद्धिमता हुन्छ ।
८. कसैको सतीत्वहरण गर्नु वा वैद्यव्यताको फाइदा उठाउन खोज्नु स्वयंममा अपराध हो ।
९. मान्छेका असल क्रियाकलापमा प्रकृति खुशी र अपराधजन्य क्रियाकलापमा प्रकृति दुःखी बन्छ । प्रकृति र मानवकृयाकलाप एकपासमा सम्बन्धित छन् । अर्थात् जीवनको सुःखद लक्षणमा प्रकृति शान्त, सौम्य उत्साही, प्रेरणादायी र सद्भावी बन्छ भने जीवनको अशुभ लक्षणमा अशान्त, अरमणीय, उग्र र अनुत्साही तथा अप्रेरक बन्दछ ।
१०. मातृशक्ति सबैभन्दा बलियो शक्ति हो । ‘पापिनी आमा’ मर्मस्पर्शी भावनात्मक काव्य भएपनि यसको बस्तुविधान त्रुटिपूर्ण छ त्यसैले यो दुर्बल प्रतीत हुन्छ (उपाध्याय, २०५०ः२२०) । काव्यले गरेको वस्तुनिर्देश र घटनाको तारतम्य पनि सहजरूपमा मिलेको जस्तो देखिदैन । ती युवती जो अवैध यौनकार्यमा संलग्न भइन् तिनको परिचय के हो ? कविले त केबल २२ वर्षकी विधुवा मात्रै भनेर छाडिदिउका छन् । युवतीले गर्भधारण गरेपछिका ९÷१० महिनाका दिन कसरी बिताइन् ? यो प्रश्न विचारणीय छ । घरमै रहेर एउटा विधवाले त्यति लामो समयसम्म आफ्नो कुरतुत ढाकछोप गर्न सकिन् भन्न सकिने स्थिति छैन । घर भनेको कट्टरतापूर्वक निगरानी गर्ने ठाउँ हो । त्यसमा पनि बुहारीमाथि सासुससुरा र घरका अन्य अदस्य नन्द, अमाज्यू, देवर, जेठाजू आदिको समेत अनेक शंका उपशंका रहेको हुन्छ । विधवाका लागि त यो झन् खतरापूर्ण मानिन्छ । कति लामो समयसम्मको प्रेमको प्रतिफलस्वरूप यौन सम्र्पक भयो र बच्चा जन्म्यो ? यसको जवाफ त छैन र पनि उत्तर खोज्ने प्रयत्न भने गर्न सकिन्छ । तिनी बलात्कृत भइन् वा स्वेच्छाले यौन क्रियामा संलगन भइन् ? यो प्रश्नको उत्तर पनि काव्यमा छैन । मूलतः हाम्रो पुरुषप्रधान मुलुक नेपालमा पुरुषलाई लुकाएर वा उसका कुकृत्यलाई ढाकछोप गरेर नारीलाई उदाङ्ग पार्ने प्रचलनले जरै गाढेको छ भन्नुपर्छ । यहाँनेर स्मरणीय कुरा के पनि छ भने युवती हाडनाता करणीबाट गर्भवती भएकी त हैन ? यदि त्यसो हो भने र त्यसलाई प्रष्ट्याइदिएको भए कविको महानता हुने थियो । हाडनाता करणीको आशंका गर्ने ठाउँ पनि काव्यमा प्रशस्त छ । परिवारको सदस्य देवर वा जेठाजु वा ससुराकै गर्भधारण भएको र सो ढाकछोप गर्न खुशीराजीले उनलाई बच्चालाई खाल्डामा गाड्न पठाइएको पनि हुनसक्छ भनी आशंका किन नगर्नु । तर युवतीको पछिल्लो क्रियाकलापले बच्चाले जीवनदान पाएकाले त्यसो रहेनछ कि समेत भन्न सकिन्छ । आशंका कुत्कुती न हो ।

बालक उठ्छन् थाङ्नाको बुजो मुखमा कोचेका
अगाडि मुठ्ठी बटारी मुन्टो पछाडि भाँचेका (फाँकी –३७)

अपराधपछि अर्को अपराधमा होमिन लागेकी आमालाई सत्तर्फ फर्काउन कविले यी पङ्तिको सहारा लिएका छन् । यी दुई पङ्ति भावमा जति गहन छन् त्यति नै मार्मिक पनि छन् । मुखमा थाङ्नाको बुजो कोचेर खाल्डामा राखिएको बालकका हितमा त्यसरी नै मारिएका वा खाल्डामा गाडिाएका बालकहरू जुर्मराएर उठी पापिनी आमालाई यहाँ चेतना भरिदिएका छन् । त्यही चेतनाकै कारण बालकलाई नमार्ने र समाजसँग क्रान्ति गर्ने निधो युवतीले गरेकी हुन् भन्न सकिन्छ ।

नराख मलाई धरतीभित्र थिचेर ढुङ्गाले
उचाली लैजाऊ बाहिर मलाई फूका थुङ्गाले (फाँकी –४९)

गाडिएको बालक मार्फत् यहाँ कविले युवतीलाई थप चेतना भरिदिन खोजेका छन् । यहाँनेर बालकले प्रत्यक्ष केही भनेको छैन केबल युवतीको अन्तर्आत्मा बोलिरहेको छ । ढुङ्गाले थिचिएको बालकले यहाँनेर फूलको स्पर्श खोजेको छ । यहाँनेर ढुङ्गो जीवनको अन्त्य र फूल जीवनको प्राप्तिका प्रतीक बनेका छन् । माधव घिमिरेको पापिनी आमा खण्डकाव्यमा कमीकमजोरी रहेपनि नेपाली खण्डकाव्य जगतको विशिष्ट उपलब्धी हो भन्न सकिन्छ ।

सन्दर्भ ग्रन्थसूची

१. उपाध्याय, केशवप्रसाद (२०५०र्) विचार र व्याख्या’ साझा प्रकाशन काठमाण्डौ (द्वितीय संस्करण)
२. गौतम, नारायणप्रसाद (२०६१र्) नेपाली खण्डकाव्यः विचार विवेचना’ दीक्षान्त पुस्तक भण्डार, काठमाण्डौ (प्रथम संस्करण)
३. घिमिरे, माधव (२०५०) ‘राजेश्वरी’ साझा प्रकाशन, काठमाण्डौ (छैटौं संस्करण)
४. दाहाल, घनश्याम र ढुङ्गाना लावण्यप्रसाद (२०५७) ‘खण्डकाव्य सिद्धान्त र नेपाली खण्डकाव्य’ भूँडीपुराण प्रकाशन, काठमाण्डौ (पहिलो संस्करण)
५. पोखरेल, भानुभक्त (२०५६र्) माधव घिमिरेका विशिष्ट खण्डकाव्य’ साझा प्रकाशन, काठमाण्डौ (दोस्रो संस्करण)

सहप्राध्यापक, जनप्रिय बहुमुखी क्याम्पस, पोखरा

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.