लघुकथा : जुँगाको बजार

~कात्यायन~dhanwantari-mishra-katyayan

– उत्तरी-ध्रुवको विशाल हिमसागरको हिम-तटमा अपूर्व खुल्ला बजार खुलेको समाचार आँधीबेरी झैं फैलिरहेको थियो |

– पेन्गूईनहरू जुँगाको ब्यापार गर्दैथिए |

– विभिन्न जातका मकैका जुँगाहरू थिए |

– मूषकहरूदेखि लिएर बानर, स्याल, सिंह आदि जनावरहरू लगाएत जल-थल-गगनका अनेक नश्लका अनेकन जुँगाहरू सजाइएकाथिए |

– बिभिन्न राष्ट्रहरूका वीर-पुरुषहरूकोदेखि विद्वान, ऋषिमूनी, कलाकारहरू आदिका अद्भूत जुँगाहरू पनि प्रदर्शन गरिएकाथिए |

– विश्वभरिका राष्ट्रहरूका यावत प्रतिनिधिहरू आ-आफ्ना परिवेश सुहाउँदो जुँगाहरू छान्न तँछाड-मछाड गरिरहेकाथिए |

– प्रायस: प्रतिनिधिहरूको जुँगाको माग समान थियो | ती जुँगाहरूको मूल्य अक्कासिएर अमूल्य बन्दैथियो |

– अकल्पनीय र अनमोल जुँगाहरू संग्रह गर्दै आ-आफ्ना राष्ट्रहरूको विशेष पुष्प-विमान चढेर सबै प्रतिनिधिहरू फर्किए |

– हाम्रो ध्वजा-वाहक विमान पनि अवतरण गर्यो, र घोषणा भयो,- ‘हामीहरूले पनि सर्व-सहमतिले हामीहरूलाई सुहाउने जुँगाहरू ल्याएकाछौं; आइन्दा जुँगाकोलागि संघर्ष गर्नुपर्नेछैन !’

– चिर-प्रात:कालिन प्रणाम महामहिमहरू ! हजूरहरूले पनि माछा, गोही, गिध्द तथा छेपराहरूका अद्रिष्टार्थ जुँगाहरू बटुल्न सफल हुनुभएकोमा !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.