कविता : दिन सक्छौँ भने….

~दीप गोले~

मलाई
ऊ मधेशी, पहाडी, हिमाली
भाई भाई लडाउने
जात जात जुधाउने
देशलाई टुक्रा टुक्रा बनाउने
सङ्घीयता भएको संविधान होइन
सयौँ फूलहरू फुल्न सक्ने
अखन्ड फुलबारी सहितको
संविधान देऊ

मान्छेले मान्छेलाई शोषण गर्ने,
धनी र गरिबबीचको महाखाडल
अस्तव्यस्त अशान्ति र अराजक
पुँजीवादी युग होइन
मलाई वर्गसङ्घर्षको बीचबाट
सर्वहारावर्गको मुक्ति दिने
माक्र्सवादी दर्शन देऊ
दिन सक्छौ भने
जनमुक्तिको स्पष्ट
मार्गचित्र देऊ
झुटा आश्वासन र
फुस्रा भाषण नदेऊ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ९ – Jan. 22, 2014 – २०७० माघ ८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.