~राधा कार्की~
ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका बारेमा भन्ने गर्थे, ‘यो कोढी छ, हेर न हामीजस्तो खुलेर कुरा गर्दैन ।’ एक दिन ठूलो हुरी चल्यो । ऊ लडी । शिर र पाउमा गहिरो चोट लाग्यो । साखै पल्टिनेहरू भाग्न नसकेकोमा ऊमाथि थुप्रिए ।
एउटाले भन्यो– ‘यो सँगै उभिनाले हामीलाई पनि चोट लाग्यो ।’
अर्कोले भन्यो– ‘तेरो साडीको फेरले अल्झायो ।’
अर्कोले भन्यो– ‘यसले क्षतिपूर्ती दिनु पर्छ ।’
त्यो कोढी भनिएको व्यक्ति भन्दै थियो– ‘इन्तु न चिन्तु भएको मान्छेलाई के कराइरहेको अस्पताल नलगेर ।’
उसले देखि बिराला ब्वासा, ब्वासा बिराला…!
इलाम-२