~नरबहादुर घिमिरे~
ओथ्रा बसेको
कुनै पंक्षीको अण्डामा
दुई थोपा पानी पर्दा
तपाईलाई कस्तो लाग्छ?
जसरी तिमी सोच्दै छौं
पहिलो पटक छाता ओढेर
स्कुल गएको दिन।
त्यो पंक्षीले त उड्दै गरेको
बचेराको रोज सपना देख्छ।
जस्तो कि तिमी र तिम्रो प्रेमिका
एकै छाता मुनि ओत्तिएका थियौं।
ती पंक्षीको पासमा छैन छाता
न नै छ रुखका पाताहरु..
हुरीले जम्मै हागाहरु भाचिदिएको छ
अघि उभिएको छ त मात्र एउटा “ड्रिमलेस्” रुख।
स्मृतिका कागजहरु पल्टाउदै
तिमी टक्टक्याउदै छौं
बचपनको सपनाहरु
जस्तो कि एकदिन म पनि
ठूलो छाता ओढेर स्कुल जान्छु..
अनि भिज्दैनन् मेरा ब्यागहरु..
अनि भिज्दैनन् मेरा किताबहरु।
हौ, सपनामा बाच्ने ‘तिमी’
कहिले सोचेका छौं..
कि देशका गल्ली-गल्ली
र सडक-सडकमा
कति ब्यागहरु भिजेका छन्
कति किताबहरु भिजेका छन्
अनि कति सपनाहरु भिजेका छन् ।
वस्तामा तिमीले छाताको सपना देखेर
गलत गरेका थियौं।
वस्तामा तिमीले ओतको सपना देखेर
गलत गरेका थियौं।
याद राख…
त्यो पंक्षीलाई थहा थियो
सपना देख्नु पाप होइन
तर बिपना बिर्सिनु महा पाप हो।
त्यसैले अहिले हेर त्यहाँ रुखमा
गुड मात्र छ त्यो पंक्षी छैन।
हौ, करङ् भाच्चिएको छाता जस्तो ‘तिमी’
याद राख…
भिजेको सपनाहरु नै
छिटो उम्रन्छ।
स्वतन्त्र सपना नै
हिड्न सक्छ, उड्न सक्छ
र बाच्न सक्छ।
सपनाले कहिले छाता माग्दैन
यो त एउटा बहाना थियो।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)