~ज्योतिराज अधिकारी~
यो जीवन तिम्रै सोचको प्रस्फुटन हो
किन व्यर्थ दोष थोपर्नु अरूमा
यो त तिम्रै मनको कथा हो
यो तिम्रै कल्पनाको व्यथा हो
त्यो मनले जब कथा हाल्दछ
तिमि सजिलै विश्वास गर्दछौ
जब प्राप्ति नजिक आउँछ
तिमि डरले पर भाग्दछौ !
जस्तो तिमीले सोच्यो
उस्तै गरिदिन्छ यो ईशले
किन सधैँ तडपिन्छौ यो सागरमा
आफ्नै कल्पनाको विषले !
निलकण्ठ बन्नलाई
कण्ठ खाली हुनु पर्दछ
पहिले आफ्नो विष नै पखाली
त्यहाँ स्नेहको अमृत भर्नु पर्दछ !
नियालेर त हेर एक पटक
कहाँ छन् ती सबै चोटहरू
कहीँ भए मलाई देखाऊ
म राख्ने छु तिम्रा दुखका बोटहरू !
जता तातै खुसी मात्र छ
दुखको कल्पना ले छोपेको मात्र हो
त्यो बादल हटाई हेर त यहाँ
सुन्दर संसारमा तिमी एक सुखी पात्र हौ !
Iowa, USA
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)