~अमृत सिङ थिङ~ 
गर सानू बन्द बस्त आउदैछु साँझमा आज
तिर्खा र पानी मात्र , हुनुपर्छ साथमा आज
हजारौं रातहरु बिताएँ सम्झनमा पौडेर
निदाउनु छ मस्तले तिम्रो न्यानो काखमा आज
मनको मझेंरीमा मायाको कोसेली बाधेको छु
बिछ्यौनामा फुकाउनु छ एकान्तमा आज
बर्षातको पानी बिनै कयौ पटक रुझेंको छु
रुझेंको पिडाहरु बिसाउनु छ काँधमा आज
एक अर्कामा टाढा हुँदा साँचेको सपनाहरु
तिम्ले मेरो मैले तिम्रो लिनु छ हातमा आज ।।।।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
