~अनन्त निरौला~
अलिकती तिमीसित
वायु लिएको छु
अलिकती तिमीसित
पानी लिएको छु
अलिकती तिमीसित
भोजन लिएको छु
अलिकती तिमीसित
विचार लिएको छु
अलिकती तिमीसित
भावना लिएको छु
साँच्चै भन्नु पर्दा
मैले लिएको पनि हैन
तिमीले आँफै दिएका हौ
यै विचारले म अनि
आफु भित्र खोज्न थाल्छु
मेरो के छ त?
मेरो के हो त?
शून्य आउँछ हातमा
सबै अरु बाटै पाएको छु
त्यसैले भन्छु
तिमी छौ र त म छु
म नै पनि कसरि भनु
तिम्रो नै सबै भएपछि
उपयुक्त यै होला भन्नु
तिमी नै हो म पनि
वा म तिमी नै हो
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
