गीत : एउटै भेटमा पनि यस्तो

~राकेश कार्की~

एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो
पहिलो मंजिलको पालुवाले
सम्बन्धको जरा हाल्यो

समुन्द्र भित्र आफ्नै
गाउँको खोलो भेटे जस्तो
वल्लो घर पल्लो घर
खुसीयाली साटे जस्तो
ब्यूँझेर पनि सपनीलाई
देखिरहुँ जस्तो लाग्यो
एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो

मनको चैन ओठमा
जिन्दगीको मीठो हाँसो
भलाकुसारी नै विशेष
त्यही आँगनको चासो
एक एक क्षण जूनकीरीले
सम्झनाको बत्ती बाल्यो
एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो

– इन्जिनियर राकेश कार्की, लस् एन्जेलस्

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.