पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~

प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” ।

साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका लघुकथाहरूमध्ये धनगढीको बसाइूमा लेखिएको “अनौठो प्रजातन्त्र”, बागलुङको बसाइूमा लेखिएको “निर्वाचन” र बेनीको बसाइूमा लेखिएको “चक्काजाम” वाहेक अरू जम्मै कथाहरू काठमाडौूमा रहूदा लेखिएको देखिन्छ । साथै यी कथाहरू गोरखापत्र, गरिमा, जनमत, ज्योति, मधुपर्क, मिर्मिरे, यूगभाका, युवामञ्च, वेदना, समष्टि, गुल्मेली आवाज जस्ता पत्रपत्रिकाहरूवाट साभार तथा आभार गरिएको र यसरी विभिन्न समय परिवेशमा रचित थरिथरि कथाहरूको बीचबाट “काला सर्पको खोजी” शीर्षकको लघुकथालाई छनौट गरी यस कृतिको नामाकरण गरिएको छ ।

हरेक साहित्यको आ–आफ्नै अन्तरवस्तु हुन्छ । “काला सर्पको खोजी” कथा सङ्ग्रहको पनि आफ्नै अन्तरवस्तु रहेको छ । त्यो अन्तरवस्तु भनेको हाम्रो समाजमा रहेको विकृति र विसङ्गतिलाई जनताका अगाडि उजागर गर्ने र यसको अन्त्यका निम्ति सबैलाई घच्घच्याउनु नै रहेको छ । जबसम्म समाजमा भएको विकृति, विसङ्गति, अन्याय र अत्याचारका बारेमा नागरिक अनभिज्ञ रहन्छ, तबसम्म समाजमा रहेको मान्छेले परिवर्तन गर्ने मेलो पाउूदैन । यो कुरा सत्य हो कि जो कसैलाई पनि ठीक बाटोमा ठीकसूग हिूड्नका लागि चेतनाकै महत्वपूर्ण भूमिका रहन्छ ।

कुनै समयमा मजदुरहरूको चेतना यति न्यून थियो कि आपूmले दुःख पाउनुको मूल कारण अर्थात आपूmमाथि अन्याय र अत्याचार हुनुको खास कारण मालिक होइन, मेसिन हो भन्ने उल्टो चेतना थियो । मजदुरहरूमा यस्तो चेतना रहुञ्जेल उनिहरूले मेसिनका कलपुर्जाहरू बिगारिदिन्थे अर्थात् आफैले चलाइरहेका मेसिनहरू तोडफोड गरिदिन्थे । तर आफ्ना मालिकको भने पे्रमपूर्वक सेवासुसार गरिरहन्थे र यसरी मजदुरहरू लामो समयसम्म शोषणमा रहिरहे । जबपछि ती मजदुरहरूका दिमागमा आफ्नो दुःखको मूल कारण मेसिन होइन, मालिक हो भन्ने नयाू चेतना आयो, तब उनिहरूले मेसिनसूग शत्रुता राखेर होइन, मालिकका विरुद्धमा विद्रोह गरी अन्याय, अत्याचार र शोषणबाट मुक्ति पाउने सही बाटो भेट्याए ।

आज हाम्रो समाजमा पनि आम जनताको चेतनाले समाज परिवर्तनको सही बाटो भेट्याउन गाह्रो परिरहेको छ । यस्तो अवस्थामा समाज परिवर्तनका लागि बाधक चीजहरू के के हुन सक्दछन् भन्ने कुराहरूलाई खोतलेर “काला सर्पको खोजी” नामको कथा सङ्ग्रहले मान्छेहरूको दिमागमा सही चेतना भर्ने कोशिस गरेको छ ।

हाम्रो समाजको हरेक क्षेत्रमा केही न केही विकृति तथा विसङ्गतिहरू छताछुल्ल भएर रहेका छन् । समाजमा सामाजिक विकृति छ । राजनीतिमा राजनीतिक विकृति छ । धर्ममा धार्मिक विकृति छ । संस्कृतिमा सांस्कृतिक विकृति छ । शिक्षामा शैक्षिक विकृति छ । पत्रकारितामा विकृत पत्रकारिता छ । विकासे अड्डा–अडालत र एन.जी.ओ., आई.एन.जी.ओ. हरू पनि विकृति र विसङ्गतिवाट मुक्त छैनन् । वास्तवमै भन्नु पर्दा विकृति र विसङ्गति नघुसेको कुनै क्षेत्र नै छैन । तसर्थ “काला सर्पको खोजी” कथा सङ्ग्रहले यी सबै क्षेत्रमा रहेका विकृतिहरूलाई उजागर गर्ने कोशिस गरेको छ ।

यस कृतिभित्र रहेका “भागवन्डा”, “निर्वाचन”, “सपना”, “ब्लाकआउट”, “जनग्रह”, “छाउराका जिज्ञासा”, “मापदण्ड”, “रोटी”, “न्याय”, “वास्तविकता”, “प्रवेश”, “निष्कर्ष” जस्ता लघुकथाहरूलाई राजनीतिक विकृति र विसङ्गतिसूग जोडेर अध्ययन गर्न सकिन्छ । यी कथाहरूले नेपालका राजनीतिक दलहरूले कसरी आफ्नो स्वार्थका लागि काम गरिरहेका छन् र कसरी बारम्बार देश र जनतालाई धोका दिइरहेका छन् भन्ने कुरालाई उजागर गरेका छन् ।

यसै गरी “काउलीको पात”, “पुलिस ल्या”, “मृत्युको मूल्य”, “महत्वपुर्ण कार्यक्रम”, “घाइते बालक”, “बोकाको शहर यात्रा”, “अनुत्तरित प्रश्न”, “मन”, “विष नभएको सर्प”, “चोरीको रिपोर्ट”, “सरकारी चिठी”, “छोरीको जिज्ञासा”, “शक्ति पूजा”, “म अनन्ते होइन”, “आन्दोलन”, “म होइन ऊ”, “ढुकुर र कौवा”, “छोराको बिहे”, “प्रतिविम्ब”, “उपदेश”, “ओखती”, “इच्छा” जस्ता लघुकथाहरूलाई सामाजिक विकृतिसूग जोडेर हेर्न सकिन्छ ।

अहिले हाम्रो समाजमा एन.जी.ओ. र आई.एन.जी.ओ. हरूले पनि थुप्रै विकृतिहरू भित्राएका छन् । मानिसहरूका परिश्रमी हातहरूलाई आत्मनिर्भर बनेर र गरेर होइन, परनिर्भर बनेर र मागेर जिउने बानी सिकाइरहेका छन् । सामान्य सुधारका कुरा गरेर वास्तविक क्रान्तिलाई अल्मलाउने गरेका छन् । एन.जी.ओ., आई.एन.जी.ओ.भित्र पारदर्शिताको ठूलो खडेरी छ । एन.जी.ओ., आई.एन.जी.ओ. हरूले बोकेका यस्ता विकृतिहरूलाई “काला सर्पको खोजी” ले छोडेको छैन । यस कृतिभित्र सङ्गृहित “विज्ञप्ति मान्छे” शिर्षकको लघुकथालाई हामीले उदाहरणको रूपमा लिन सक्दछौू । यसै गरी नायक लघुकथाले सांस्कृतिक विकृतिलाई औल्याएको छ भने “फोहर”, “सम्झौता” र “देवताको मृत्यु” जस्ता लघुकथाहरूले धार्मिक विकृतिहरूलाई उजागर गरेका छन् ।

“काला सर्पको खोजी” कृतिले भ्रष्ट पत्रकारिताको पनि घाूटी अठ्याइदिएको छ । हामी सबैले भन्ने गर्दछौू कि पत्रकारिता जगत राज्यको चौथो अङ्ग हो । यसले समाजमा लुकेर र छिपेर रहेको सत्य, तथ्य घटनाहरूलाई उजागर गरेर आम नागरिकलाई सुसुचित गराउने र यसरी समाजलाई सही बाटोमा अगाडि बढाउने काममा यसको मुख्य भूमिका हुने गर्दछ । यस प्रकारको महत्वपूर्ण भूमिका रहेको पत्रकारिता जगत पनि विकृति र विसङ्गतिबाट मुक्त छैन । पत्रकारिताको इमान र धर्म खुिस्कूदै गएको छ । पैसाको खेलमा पत्रकारिता चल्ने गरेको छ । पत्रकारितामा मौलाउूदै गएको यस्ता विकृतिहरूलाई उजागर गर्नका लागि कृतिभित्र “समवेदना” र “पत्रकारको धर्म” जस्ता लघुकथाहरू समावेश गरिएका छन् ।

हाम्रो समाजमा भएका यी तमाम विकृति र विसङ्गतिहरूका मूल जरो सामान्तवाद र यसको जगमा अडेका शोषण, दमन र उत्पीडनहरू नै हुन् । त्यसैले “काला सर्पको खोजी”, “मृत्युको घण्टी”, “बाटो” जस्ता लघुकथाहरू मार्फत कथाकारले समाजमा रहेका सबैखाले शोषण, दमन र उत्पीडनको विरुद्धमा सङ्घर्ष गर्ने सन्देश समेत दिएका छन् । यत्ति मात्रै होइन, प्रतिकृयावादी शासन व्यावस्थाप्रति तिखो व्यङ्ग्य गरिएको “अनौठो प्रजातन्त्र” शीर्षकको लघुकथा पनि उल्लेखनीय रहेको छ । यस प्रकारको प्रतिक्रियावादी शासन व्यवस्थाभित्र नागरिकलाई सेवा प्रदान गर्नका लागि सरकारी जागिर पचाएर वस्ने कर्मचारीहरूको लापरवाही, ढिलासुस्ती, अपारदर्शिता जस्ता विकृतिहरूले गर्दा सेवाग्राहीहरूले ठूलो झञ्झट र दुःख व्यहोर्नु परिरहेको छ । यो वास्तविकतालाई पनि “समस्या” र “मोटे हवल्दार” जस्ता लघुकथा मार्फत प्रकाशमा ल्याइएको छ ।

“कालो सर्पको खोजी” कथा सङ्ग्रहभित्र रहेको अर्को छुटाउनै नमिल्ने महत्वपूर्ण विषयवस्तु भनेको राष्ट्रप्रति झल्केको प्रेम भाव पनि एक हो ।

वास्तवमै भन्नु पर्दा आज हाम्रो राष्ट्र जगजगिपूर्ण अवस्थामा रहेको छ । आज हाम्रो राष्ट्रप्रति एकातिर, साम्राज्यावादी तथा विस्तारवादी शक्तिहरूको गिद्दे दृष्टि छ भने अर्कातिर, हाम्रै देशभित्रका पनि राष्ट्रघाती र जनघातीहरूको विगविगी छ । यी दुवै खाले शक्तिहरूलाई सङ्घीयताले ठूलो मलजल गरेको छ । आज देशका केही स्वार्थी, राष्ट्रघाती र जनघाती तत्वहरूले सङ्घीयताको नाममा देशलाई टुक्रा–टुक्रा पार्न खोजिरहेका छन् । यस्तो अवस्थामा कतै सङ्घीयताकै कारण यो देश रणक्षेत्रमा परिणत हुने ता होइन ? प्रश्न गर्ने ठाउू छ । यसरी आफ्नो मातृभूमिप्रति चिन्ता व्यक्त गरिएको “भागबण्डा” लघुकथाले राष्ट्रियताको रक्षाको लागि सबै सजग र सचेत रहनु पर्ने सन्देश दिएको छ ।

समग्रमा “काला सर्पको खोजी” लघुकथा सङ्ग्रह अझै पनि समसामयिक छ । यो यथार्थ परक छ । छोटो मिठो भाषा शैलीको प्रयोगले गर्दा यो सजिलै पाठकको मनलाई प्रभावित पार्ने खालको छ । एउटा नयाू घटनाबाट सुरू भएको कथावस्तु अर्को नयाू घटना तर नचिताएको घटनामा गएर टुङ्गिएको अवस्थाले हरेक कथामा रोचकता भरिएको महशुुुस गर्न सकिन्छ । कथाका विषयवस्तु व्यङ्ग्यात्मक र प्र्रतिकात्मक भएकाले कुनै कुनै कथाको भाव ग्रहण गर्ने सवालमा साधारण पाठकहरू अलमलमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिूदैन । तैपनि कथाको गहिराइ खोतल्न सक्ने पारखीहरूका लागि हरेक कथाहरू जीवन जिउने उर्जा र समाज बदल्ने सन्देशको रूपमा आत्मसात गर्नलायकका छन् । कुल ९४ पृष्ठमा अटाएका ६३ वटा छोटा र मिठा कथाहरूको सङ्गालो “काला सर्पको खोजी” नामको कृति राम्रो कथाहरूको सङ्गालो बन्न सफल भएको छ ।

२०७१ भदौ ३ गते, रूकुम

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४० – Sep. 3, 2014 – २०७१ भाद्र १८ गते, बुधबार )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.