कविता : बस्तीको व्यथा

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

थिलोथिलो पारिएका वस्तीहरु
स्वतन्त्रताको नामसंगै अनुहार कोपरिनु परेका छन्
बलात्कृत हुनु परेका छन्
रस चुसेर खोस्टा पारिएका छन्
बिनासिएका छन्
आँसु चुहाउनुको विकल्प छैन
सवै रोएका छन्
म अपबाद होइन
म पनि बेस्कन रोएको छु ।
मैले छोडि आएको वस्तीको व्यथा यस्तो छ ।

ठुलाठुला भवनहरु ठडिएका छन्
र पनि मान्छेहरु बेघरबार छन्
मोटरहरु कुद्न थालेछन्
मोटरले उडाएको धुलोले वस्तीका झुपडीहरु पुरिएका छन्
बजारमा परिणत भएका छन् वस्तीहरु
ब्यापार पनि बढेको हल्ला छ
तर विहान वेलुकी खानको लागि महँगी छ ।
जसको सम्पति छ उस्को आर्थिक उन्नत्ती छ
उसैलाई जे पनि सहज छ
तर पौरख गरिखानेहरु
उहि पुरानै नियती भोगिरहेका छन्
कमायो खायो सकियो ।
बस्तीमा ठुलो खाली चौर थियो
त्यहाँ अहिले बिश्वबिद्यालय छ
तर बस्तीका मान्छेका छोराछोरीहरु त्यहाँ पढ्दैनन्
अर्कै ठाउँका अनि पुँजिवालाहरु मात्र पढ्छन्
बस्तीका युवाहरु विदेशिने क्रम बढेको छ ।
स्वतन्त्रताको नाममा
धेरै परिवर्तनहरु आए
बस्तीको निम्ति केहि भएन
बस्तीको मान्छेहरुको लागि केहि भएन ।
बस्तीहरु स्वतन्त्र भए त भनियो
तर झनझन बन्दकी राखिएको नासो जस्तो भएको छ
अब फेरि मुक्तिको हिसाब चुकाउनु छ
जुन अनिबार्य छ ।

(नोभेम्बर २०१२, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.