~उषा अधिकारी (घिमिरे)~
नेपाली समय अनुसार साँझको ठीक ६ बजे अबुधाबी विमान स्थलबाट काठमाडौँका लागि विमानले भुइँ छोड््यो । अब हामी चार घण्टामा काठमाडौँ उत्रने छौँ । सम्भावित प्रश्नहरू जस्तै— अब कहिले फर्कने र नफर्कने किन ? आदिको उत्तर के दिने ? मेरो मन विचलित हुन्छ । म र मेरी पत्नी बाहेक विमानमा अरू धेरै मानिस थिए । आँखा चिम्लिएर म सोच्न थालेँ । २०–२२ वर्षको विदेश बसाइमा मैले के आर्जन गरेँ ? जीवनका उर्वर पलहरूको लगानीको प्रतिफल मसँग के छ त ? साथमा मैले के ल्याउन सकेको छु ? सन्तानको व्यवहारले दुखेको चित्त उनीहरूसँगैको बिछोडले विचलित भएको मन, स्वदेशजनले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने प्रश्नचिह्न लिएका आँखा र विदेशी सेवामा पेलानमा पर्दा निर्बल भएर यी कुरा धान्न नसक्ने मन र शरीर ! मैले फेरि प्रश्न गरेँ – के यिनै हुन् त वास्तवमा मैले आर्जन गरेका सम्पत्ति ? स्वदेश त्यागेर स्वजनसँग बिछोड भएर । मैले चाहेर पनि ती बितेका २०–२२ वर्ष फर्काउन सक्दिनँ । कसैलाई दोष दिने ठाउँ छैन । मेरो नियतिको निर्माण कर्ता म आँफै हुँ, केवल म मात्र !
त्यस वेलाको कुरो हो – म काठमाडौँमा एउटा सानो सरकारी जागिरमा संलग्न थिएँ । त्यो जागिरले मलाई कहिल्यै पनि सन्तुष्टि दिएन । एकातिर त्यो मेरो क्षमता र रुचि अनुसारको थिएन भने अर्कातिर चार जनाको परिवार धान्न पनि धौ धौ थियो । श्रीमतीको प्राथमिक स्कूलको जागिरले केही सघाए पनि मैले मेरा दुई सन्तान छोरा र छोरीका विषयमा देखेको सपना पूरा गर्न पर्याप्त थिएन । यसैले गर्दा म कुनै उपायले विदेश छिर्न चाहन्थेँ । संयोगले पत्राचार मार्फत मैले अमेरिकाको एउटा संस्थामा काम पाएँ । महिना दिनभित्र म त्यहाँ पुग्नु पर्ने भयो । जानका लागि लुगा, कपडा आदिको तयारी बाहेक अरू ठूलो खर्च नगर्नु पर्ने भएकोमा म दङ्ग थिएँ । किनभने श्रीमती र दुई सन्तानका लागि पनि टिकट उतैबाट आउने भयो । मेरो हर्षको सीमा रहेन । बल्ल अरुचिकर, निराशापूर्ण जागिरको झन्झटबाट पनि छुटकारा मिल्ने भयो । छोरा र छोरीलाई राम्रो शिक्षा दिएर असल व्यक्ति बनाउने सपना वास्तविकतामा परिणत गराउने ढोका खुल्ने भयो । यति मात्र कहाँ हो र, अमेरिकामा जागिर खाने औँलामा गन्न सकिने केही व्यक्तिमध्ये म पनि एक हुने भएँ । केही दिन त टोल छिमेकमा चर्चाको पात्र म नै बनेँ । छोरो हुनु त फलानो जस्तो हेर त, आफ्नै मिहिनेत र योग्यताले अमेरिका जाने भयो, त्यो पनि आफ्नो परिवार सहित ! टोल छिमेकका केही घर र आफन्तमा हामीलाई बोलाएर खुवाउने होड नै चल्यो । कोही भन्थे – हामीलाई नबिर्सनू नि ! कोही भन्थे – काम मिलाएर हामीलाई पनि बोलाउनू । कोही बिछोड हुनु परेको वास्तविक आँसु पनि बगाउँथे । कार्यालयीय कामको औपचारिकता पुरा गर्दै बिदाइ भोज खाँदै जाने तयारीका सामान किन्दै र आफन्त जनसँग भेटघाट गर्दै कसरी तीन हप्ता बित्यो पत्तै भएन ।
जाने दिन बिहान दिदीबहिनी, भिनाजु ज्वाइँ, भाञ्जाभाञ्जी, काका काकी आदि सबै हाम्रो घरमा जम्मा भए – मानौँ ठूलो उत्सव मनाइँदै छ । हामीलाई नबिर्सनू, फोन गर्दै गर्नू, वेला बखत केही चाहिए लेखेर पठाउनू, जाने मानिस पाए पठाइदिउँला । हामीलाई पनि मिल्ने जस्तो कुनै अवसर भए बोलाउनू आदि, इत्यादि वाक्यहरू वारंवार गुन्जी नै रहे । आखिर घरबाट निस्कने क्षण पनि आयो । आमाले रातो अक्षता निधारमा, पूmलको माला गलामा पहि¥याई हामीलाई बिदा गर्नुभयो । बुबाले भन्नु भयो – राम्रो उन्नति प्रगति गरेको सुन्न पाइयोस् । त्यस बखत बिछोडको वेदना मनमा किञ्चित भए पनि विदेशको कल्पनाको रोमाञ्चले त्यो धूमिल बनेको थियो । ल हुन्छ, वेला वेलामा खबर आदान प्रदान गर्दै रहौँला भनी सबैसित बिदाबादी भई विमान स्थलतिर लाग्यौँ । अहिले पो मलाई सम्झना हुन्छ – टीका लगाइदिँदा आमाका आँखा टिलपिल थिए । बुबाको गला अवरुद्ध थियो । म कति निर्दयी बनी सहानुभूतिको एक शब्द पनि नबोली हिँडेको थिएँ ।
विमान अमेरिका अवतरण गर्दा विमान स्थल बाहिर मैले काम पाएको संस्थाका व्यक्ति स्वागतका लागि आएका रहेछन् । उनले आफ्नो गाडीमा हामीलाई अफिसले दिलाएको आवाससम्म पु¥याइदिए । छोराछोरी त केटाकेटी भएर उत्सुकतावश घरका सबै कोठा चहार्दै यो के, ऊ के भन्दै सोध्न थाले र हामी ठूलाहरु पनि घर कस्तो रहेछ, कति ओटा कोठा रहेछन्, के के कहाँ कहाँ छन् ? आदि हेर्न थाल्यौँ । आवास आधुनिक सुविधा सम्पन्न थियो । बल्ल आफ्नो जीवनको लक्ष्यको पहिलो पाइलो टेकेकोमा म सन्तुष्ट भएँ । तेस्रो दिन मात्र अफिसमा हाजिर हुनु पर्ने थियो । त्यसैले एक दिन आराम गरेर दोस्रो दिन छोराछोरीलाई स्कूलमा भर्ना गरियो । स्कूल तहको शिक्ष अनिवार्य र निःशुल्क थियो । छोराछोरी अब मान्छे बन्ने भए भनेर मेरो मन हर्षले गद्गद् भयो । आर्थिक रूपले कठिनाइ नभए पनि सुरुका दिनहरूमा बदलिँदो वातावरणमा अनुकूलित हुन केही अप्ठेरो प¥यो । कहाँ जान कुन बस, फेरी, रेल वा ट्राम लिनु पर्ने हो, गाडीमा भए कुन स्टेसनमा ओर्लिएर कुन एग्जिट पक्डनु पर्ने हो ? आदि । तर एक हप्तामा नै ती कुरा सहज हुँदै गए । मेरी श्रीमती पनि नेपालमा जस्तो जाडोमा कठ््याङ्ग्रिनु नपर्ने र गर्मीमा पसिना बगाउनु नपर्ने, भाँडा आफैले मस्काउनु माझ्नु नपर्ने, साबुन दली दली मिचेर लुगा धुने जस्ता काम सबै मेसिनबाटै गर्न सकिने भएकोले दङ्ग थिई । बिस्तारै अमेरिकाको चकाचौँध वातावरणले हामीलाई यसरी गाँज्यो कि स्वदेश भुल्दै गयौँ – मानि लिऔँ हामी धेरै वर्षदेखि यहीँ थियौँ । सुरुका केही महिना हामीले नेपालमा फोन गथ्र्यौं तर पछि त उताबाट फोन आउँदा पनि सन्चो बिसन्चोको कुरा बाहेक अरू हुँदा झन्झट लाग्न थाल्यो ।
छोराछोरीमा सुरु सुरुमा मिश्रित भाव थियो । जीवनमा नदेखेका कुराहरू देख्ता विस्मयले आँखा विस्फारित हुन्थे भने वेला वेलामा स्वदेशका आफन्त जन र साथीहरू, उछलकुद, खेल आदिको सम्झनाले उनीहरूको मन अमिलो पनि भए जस्तो लाग्थ्यो । कुनै वेला त यति विचलित हुन्थे कि नेपाल जाऔँ, हजुर बा, हजुर आमालाई भेट्न जाऔँ भनी रुन्थे । हामी नेपाल फोहोर छ, त्यहाँ यहाँको जस्तो राम्रो स्कूल छैन, हाम्रो घर छैन आदि भनी सम्झाउने प्रयत्न गथ्र्यौं । उनीहरू भन्थे – नेपाल नै रमाइलो, यहाँ हाम्रो आफ्नो कोही छैन, हाम्रो घर नभएर के भो र, हजुरबा र हजुरआमाको घर त छँदै छ नि ! भनी जिद्दी गर्थे । अनि हामी चाहिँ “हजुरबा, हजुरआमाले आफ्नोमा अरू नै नाति नातिना राखिसक्नु भो, तिमीहरूलाई अब माया गर्नुृ हुन्न” भनी थामपुर गथ्र्यौं । अनि हामीलाई लाग्थ्यो – यी केटाकेटी कति अबुझ छन्, नर्कतुल्य ठाउँबाट स्वर्गतुल्य ठाउँमा ल्याउँदा पनि उतै मात्र सम्झिने ! अझ छोराछोरी वेला बखत खानाको विषयमा पनि झगडा गर्थे – दालभात खान मन लाग्यो, बे्रड, पिजा, सिरियल खाँदा दिक्क लाग्यो । हामी सम्झाउँछौँ – दालभात भनेको त नहुने र असभ्यले खाने खाना हो, सभ्य हुनेले त यस्तै चिज खान्छन् । यसरी बिस्तारै हामीले छोराछोरीमा आफन्त जन र आफ्नो देश र संस्कृतिप्रति नकारात्मक भाव भरिदिएछौँ ।
हाम्रा दिन पनि अफिस भएका दिन अफिसमा र नभएका दिन पार्टी र मोजमस्तीमा बित्न थाले । नेपालमा अभाव र सङ्कुचनले जकडिएका हामी बन्धन मुक्त भई आकाशमा स्वच्छन्द उड्न थाल्यौँ । पाँच छ थरी नेपालीको सप्ताहको अन्तिम दुई दिन कहिले कसैकहाँ त कहिले कसैकहाँ आलोपालो गरी जमघट हुने चाँजो मिल्न गयो । कस कहाँको खाना मिठो वा आयोजना राम्रो भन्ने प्रतिस्पर्धा हुन थाल्यो । सबैका केटाकेटी साना हुँदा त यस्तैमा सम्मिलित हुन्थे तर बिस्तारै उनीहरूको रुचि परिवर्तन हुँदै गयो । अब यस्तो जमघटमा नअटाउने भए । हाम्रो अनुपस्थितिमा सप्ताहान्तमा छोराछोरी के गर्दै छन् हामीले क्रमशः चाख लिन छोड्यौँ । छोराछोरीले पनि बिस्तारै आफ्नो समाज विकास गर्न थालेछन् । हामी वयष्कलाई स्थानीय समाजमा घुलमिल गर्न जति गाह्रो हुन्छ, त्यति साना उमेरकालाई हुँदैन । त्यसैले उनीहरूका साथीका सूचीमा जोन, मेरी, लिन्डा, ह्यारी आदिको नाम थपिँदै गयो । स्कूलको समयपछि पनि उनीहरूको समय घर बाहिर नै बढी बित्न थाल्यो । घर बस्ता पनि प्रायः आप्mनै कोठामा ढोका थुनेर वा ल्यापटपमा व्यस्त हुँदै अथवा कानमा एयर फोन हालेर झुम्दै वा मोबाइलमा कुरा गर्दै उनीहरूको समय बित्न थाल्यो । हामी चाहन्थ्यौँ – केही समय त हामीसँगै बसून्, स्कूल र साथीहरूका विषयमा कुरा गरून् तर उनीहरू आफ्नै संसारमा मगनमस्त देखिन्थे । अब हामीसँगको सम्बन्ध उनीहरूको आवश्यकता पूरा गर्नेमा सीमित रह्यो ।
एक दिनको कुरा हो – छोरो राति अबेर घर आयो । मैले उसलाई अबदेखि त्यस्तो नगर्नू भनेँ तर त्यस्तो क्रम वारंवार दोहोरिरह्यो । एक दिन खप्नै सकिनँ र उसका गालामा दुई चड्कन लगाएँ । ऊ रिसले चूर भएर आप्mनो कोठामा ढोका ढ्याम्म लगाएर कसैलाई फोन ग¥यो । १५ मिनेटपछि द्वारघन्टी बज्यो । खोलेर हेर्दा पुलिस रहेछन् । “छोरालाई किन कुटेको यो उसको अपमान भयो र अधिकारको हनन् भयो । तिमी सजायको भागी छौ ।” भनी मलाई उनीहरूसँगै लगे । अमेरिकी सरकारको कानून अनुसार एक दिनको जेल सजायका साथै केही रकम तिरी म मुक्त भएको थिएँ । घर फर्कंदा छोराले केही भन्ला, पश्चात्ताप व्यक्त गर्ला भन्ने लागेको थियो तर उसले मलाई यस्तो बेवास्ता ग¥यो कि मानौँ म एउटा संवेदनाहीन ढुङ्गो हुँ । त्यति वेला मलाई सम्झना भएको थियो – आँपूm केटाकेटी हुँदा बुबासँग आँखा जुधाएर कुरासम्म गर्न नसकेको र बुबाले आँखा ठूला पारेर हेर्दा पनि डराएको ।
छोराको स्कूल शिक्षा सकिएपछि अबको पढाइ अर्को सहरमा गएर गर्नु पर्ने भयो । मैले पनि सबै कुरा बिर्सेर मनमनै क्षमा दिएँ । आप्mनो कर्तव्य सम्झी उसको पढाइको बन्दोबस्त गरिदिएँ । त्यहाँ गएपछि ऊ आक्कलझुक्कल मात्र घर आउने भयो । पछि त कहिलेकाहीँ बोलाउन खोज्दा पनि विभिन्न बहाना गरी नआउने भयो । सुरु सुरुमा उसको पढाइ खर्च हामीले धान्याँै । बिस्तारै हामीले केही उसले केही गर्दै क्रमशः पूरै उसले नै धान्ने भयो ।
त्यसपछि त हामीसँग सम्पर्क निकै पातलो हुन गयो र औपचारिकतामा मात्र सीमित भयो । एक पटक उसकी आमा बिरामीले थला परी । उसले छोरालाई भेट्ने चाहना व्यक्त गरी । आमा बिरामी भएको खबर मैले गरिदिएँ । भोलिपल्ट उसका तर्फबाट ून्भत धभिि कययलू भनी लेखिएको कार्ड आयो । त्यतिखेर मलाई आफ्नी आमा बिरामी हुँदाको सम्झना आयो । जिल्लाबाट जागिरे भाइबुहारी सहित घरमा आएका र दिदी बहिनी पनि घरको चाँजोपाँजो मिलाई आएर आमाको सेवा गरेका, अनि आमा चाँडै तङ्ग्रिनु भएको । त्यसैले छोराले पठाएको कार्ड पढ्दा मन ज्यादै अमिलो भयो र मैले त्यो कार्ड बिरामीलाई नदेखाई च्यातेर फालिदिएँ ।
बिस्तारै बिरामी पनि निको भएर आप्mनो दैनिक कार्यमा अभ्यस्त भई । एक दिनको कुरो हो – सबेरै छोराको फोन आयो । फोनबाट उसले आपूmले बिहे गर्ने सूचना दियो । म छाँगाबाट खसे झैँ भएँ । उसको ग्य्राजुएसनको समयमा हामी जाँदा मेरी मिल्ने साथी लिन्डा भनेर उसले चिनाएकी चामलको पिठो जस्ती गोरी, मोटी मासुको थुप्रोसँग बिहे गर्ने भएछ । मैले घुमाउरो पाराले असहमति जनाउन खोज्दा उसले “मेरो जीवनको बारेमा निर्णय गर्ने अधिकार मलाई छ । फलानो दिन फलानो ठाउँको चर्चमा बिहे हुँदै छ । बहिनी सहित आउनू” भनेर फोन राखिदियो । मैले आँपूmलाई सम्झाउन कठिन भयो, त्यसभन्दा बढी श्रीमतीलाई । औपचारिकता पूरा गर्न हामी निश्चित दिनमा गयाँै र एक रात बसेर फर्कियौँ ।
यसको दुई वर्षपछि छोरीले ग्र्याजुएसन पूरा गरी । उसले पनि बिहेको विषयमा दाजुले जस्तै गर्छे भन्ने भन्नेमा हामी मानसिक रूपमा तयार थियौँ । हामीले सोध्यौँ – “तिम्रो पनि अब बिहे गर्नुप¥यो । हामीले खोज्ने हो कि तिमीले तयार पारेकी छौ ? ” उसले भनी – “म जोनलाई मन पराउँछु । हामी दुईले बिहे गर्ने निधो गरेका छौँ ।” हामीले स्वीकृति दिनु बाहेक अरू के गर्न सक्थ्यौँ र ! उनीहरूको पनि बिहे भयो । छोरी पनि जोनको घर भएको सहरमा गई । अब केवल हामी दुई प्राणी रह्यौँ । छोरा र छोरीका विषयमा अब कुनै सपना देख्नु परेन । म अफिस जान्थे । श्रीमती दिनभरि मलाई कुर्थी ।
छोरीको बिहे भएको ३ वर्षपछि मेरो जागिर सकियो । सरकारी आवास छोड्नु प¥यो । हामीले विचार ग¥यौँ – छोरा वा छोरी कुनैको नजिक जानुपर्छ या त दुई थरीको बीचमा बस्नुपर्छ । संयोगले बीच ठाउँ नै जु¥यो । नयाँ ठाउँमा समय बिताउन गा¥हो भयो । साथीको सर्कल उतै छुट्यो । नयाँ ठाउँमा नेपाली त के एसियाली नै रहेनछन् । हामी वारंवार बिरामी पर्न थाल्यौँ । खबर गर्दा छोराछोरी एकदुई पटक आए पनि पछि आलटाल गर्न थाले । एक दिन दाजु बहिनी दुबै जना आए र उनीहरूले गरेको सल्लाह सुनाए – “यसरी वारंवार बिरामी पर्दा कसले रेखदेख गर्छ ? हामीसँग पनि समय छैन । करियर बनाउनु प¥यो । भविष्यका लागि जोहो गर्नु प¥यो । त्यसैले तपाईंहरू नेपाल नै फर्कनु प¥यो ।” हामी दुबै जनाले अवाक् भएर उनीहरूको अनुहार क्वारक्वार्ती हेरिरह्यौँ । हामीलाई यति भन्नु थियो भनी उनीहरू निस्किए । उनीहरूले दुई मिनेटमा हामीले २५ वर्ष लगाएर बाँधेको बन्धनलाई चुँडालेर गए । सायद उनीहरूले त यो सजिलै बिर्सेलान् तर हामी मृत्यु पर्यन्त यो बिर्सन सक्दैनौँ । जति वेला पनि जहाँ गए पनि यो कता कता नमिठो दुखि नै रहनेछ ।
अब केही मिनेटमा हामी काठमाडौँ विमान स्थलमा अवतरण गर्दै छौँ, एक महिलाको आबाज गुन्जियो । म झल्याँस्स भएँ । मेरा आँखाबाट आँसु झर्दै थिए । छाती भारी भएर कता कता दुखिरहेको थियो । मैले चारैतिर पल्याकपुलुक हेरेर आँसु पुछेँ । श्रीमती निदाइरहेकी थिई । मैले उसलाई ब्युँझाएँ । विमानको भ्mयालबाट काठमाडौँ अन्धकार देखिन्थ्यो, बत्ती कतै टिलपिल मात्र । घर त्यस्तै होला कि बदलियो ? बुबाआमा सुतिसक्नु भयो होला, कसरी उठाउने ? राति कतै होटलमा बसेर बिहान मात्र जानु पर्छ कि ? मनमा कुरा खेले । हामी दुई लगेज लिएर बाहिर निस्कियौँ । परबाट एक झुन्डले हात हल्लाइ रहेको थियो । अगाडि बढ्दै जाँदा अनुहार स्पष्ट हुँदै गए – आमा, बुबा, भाइ, बुहारी, दिदी, भिनाजु, बहिनी, ज्वाइँ सबैको अनुहार हँसिलो देखिन्थ्यो । बुबा र आमा त हात फैलाउँदै सकी नसकी हामीतिर आउँदै हुनुहुन्थ्यो ।
(स्रोत : प्रतिध्वनि – वर्ष १, अङ्क १, सन् २०११, विक्रम सम्वत्। २०६८ )