कार्यपत्र : रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन

~सन्तोष श्रेष्ठ~

विषय प्रवेश
नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले एकतामा बाँधिएर रहेका छन् । रापती नदीको नामबाट नामाकरण गरिएको यस रापती अञ्चल प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण नै मानिन्छ । यस अञ्चलका स्रष्टाको सिर्जनशिलता वा गजल साहित्य र सङ्गीतको अवस्था स्थानीय रूपमा र राष्ट्रिय रूपमा महत्वपूर्ण रहेको पाइन्छ । रापती अञ्चल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक क्षेत्र हो ।

रापती गजल साहित्य र सङ्गीतमा विविधता भएको अञ्चल हो । यस अञ्चलबाट विविध भाषामा लेखिएका गजल प्रकाशन भएका छन् । गजल कृतिहरू पुस्तकका रूपमा र गीतिएल्बमका रूपमा प्रकाशन र प्रसारण भएका छन् । रापती अञ्चलबाट फुटकर रूपमा गजल लेख्नेको सङ्ख्या लगभग पाँच सय जति पाइन्छ भने गजलसङ्ग्रह प्रकाशन गर्नेहरूको सङ्ख्या पनि लगभग एक सयजति पाइन्छ । गजल सङ्गीतमा पनि दर्जनौँ स्रष्टाको उपस्थिति देखिन्छ । यस कार्यपत्र तयार पार्दा स्तरीय गजल लेखकहरू हुँदाहुँदै पनि विशेषगरी आफ्नो एकल वा सामूहिक गजलसङ्ग्रह प्रकाशन गरेका र साङ्गीतिक हिसाबले कम्तीमा एउटा गजल रचना, सङ्गीत र स्वरमा रेकर्ड भएकालाई मात्र समेटिएको छ ।

औपचारिक गजल लेखनको सुरुवात
रापती अञ्चलमा अनौपचारिक रूपमा गजल लेखनको सुरुवात कहिलेदेखि भयो र कसले ग¥यो भन्ने इतिहास स्पष्ट रूपमा भेटिएको छैन । अहिलेसम्मको रापतीको गजलयात्रालाई नियाल्दा त्यति लामो इतिहास भएको पाइँदैन । रापती अञ्चलमा औपचारिक रूपमा २०४० को दशकबाट फाट्टफुट्ट गजल लेख्न सुरु भएको पाइन्छ । २०४० को दशको मध्यदेखि रापती अञ्चलबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगेका नेत्र एटम, कृष्णराज सर्वहारी, टीकाराम उदासी, पूर्ण भण्डारी पङ्कज, रमेश क्षितिज, रमेश सुवेदी, भावेश भुमरीजस्ता युवाहरूले गजलमा कलम चलाउने र वाचन गर्ने गरेको पाइन्छ ।

२०५० को दशकमा रापतीका पाँचै जिल्लाबाट शहरी क्षेत्रमा वा सदरमुकाममा रही क्याम्पस पढ्ने गजलप्रेमी विद्यार्थीहरूबाटै रापती अञ्चलको गजल साहित्यले केही अझै अगाडि बढ्ने अवसर पाएको देखिन्छ । २०५४÷५५ सालसम्म यस अञ्चलका गजल लेखकहरू देशका विभिन्न स्थानबाट प्रकाशित हुँदै आएका साना आकारका हवाई पत्रिकामा सिमित थिए । त्यतिखेर गजलका नवप्रवेशीका लागि गजल प्रकाशन गर्ने, गजलका बारेमा सिक्ने र गजलकारका रूपमा चिनाउने माध्यम केवल हवाईपत्रिकाहरू मात्र थिए । फाट्टफुट्ट क्याम्पसहरूमा भित्ते पत्रिका र वार्षिक स्मारिकाहरूमा पनि केही गजल रचना प्रकाशन हुन्थे । रापती अञ्चलका गजलकारहरूको पहिलो पुस्तालाई हवाईपत्रिकाद्वारा उत्पादित पुस्ता भन्दा पनि फरक पर्दैन ।

२०५५ देखि ६५ सम्मको एक दशकमा रापती अञ्चलमा संचारको विकास विस्तार भएको कालखण्ड हो । यसकालखण्डमा अनेकौँ पत्रपत्रिका खुल्ने, बन्द हुने सिलसिला चल्यो । यही सिलसिलाले रापतीको गजल लेखन फस्टाउनमा राम्रै मद्दत पुग्यो । लामोसमयदेखि प्रकाशित हुँदै आएको नयाँ युगबोधलगायतका दैनिक र साप्ताहिक पत्रपत्रिकाहरूले गजल प्रकाशनलाई प्राथमिकता दिने गरेकाले यस क्षेत्रमा गजल लेखनको राम्रो समूह निर्माण भयो ।

२०६० को दशकदेखि द्रूत गतिमा फैलिएका एफ्.एम्. रेडियोहरूमा ठूलो प्राथमिकताका साथ गजलहरू प्रसारित हुन पुगे । कम्प्युटर र छपाईको प्रविधिमा आएको परिवर्तनसँगै विस्तारै साहित्य र गजल प्रधान पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि बढ्यो । २०४० र ५० को दशकमा हवाई पत्रिकामा सिमित २०६० को दशकको अन्त्यसम्म आइपुग्दा गजल प्रकाशन र प्रसारण गर्ने थुप्रै माध्यमहरू भए । रापतीको गजल विस्तार र विकासका लागि यी सबै सहयोगी माध्यमहरू बन्न पुगे । २०७० दशकको सुरुवातलाई हेर्दा रापतीको गजलीय यात्रा आफ्नो स्पष्ट गन्तव्यतिर लम्केको पाइन्छ ।

रापती अञ्चलको अहिलेसम्मको अध्ययनका आधारमा दाङका गजलकार नेत्र एटमको गजल नै पहिलो गजल लेखन मानिन्छ । एटमको गजल २०४९ आषाढ १६ गते दाङबाट प्रकाशित दृष्टिकोण साप्ताहिकमा प्रकाशन भएको छ । एटमको प्रकाशित –
सकिएन मेटाउन अनमोल ती जितहरू
सधैँ मलाई गाउनु प¥यो विवशताका गीतहरू

रापती अञ्चलको पहिलो गजलसङ्ग्रह रोल्पाका गजलकार टीकाराम उदासीको ‘वर्तमानमा बाँच्न खोज्दा’ हो ।

रापती अञ्चलबाट हालसम्म प्रकाशित गजलसङ्ग्रहहरू
१. वर्तमानमा बाँच्न खोज्दा – २०५०, टीकाराम उदासी, रोल्पा
२. जेलभित्रको मुटु – २०५४, के. बी. उदय, प्यूठान
३. अनुभूतिका स्वरहरू – २०५४, प्रेमप्रकाश मल्ल ‘मधुकर’, रुकुम
४. परिवेशका धूनहरू –२०५६, टीकाराम उदासी, रोल्पा
५. संकल्पका शीखा – २०५७, पूर्ण भण्डारी ‘पङ्कज’, सल्यान
६. उनका गजल – २०५८, उदय जीएम÷नवीन विभास, रोल्पा
७. गजल सिद्धान्त र नेपाली गजलको इतिहास – २०५८, टीकाराम उदासी, रोल्पा – नेपाली गजलको इतिहासमा
लेखिएको पहिलो शोधपत्र)
८. परेलीमा बाढी – २०५९, सुदीप गौतम, दाङ
९. भावनाका विम्बहरू – २०५९, सुशील पुन ‘विरही’, दाङ
१०. स्पन्दन भाग १ – २०६०, इन्द्र यात्री÷ओम पन्छी÷डीबी टुहुरो, रोल्पा
११. अनुभूतिका तरङ्ग – २०६०, वीपी सेढाईं, प्यूठान
१२. तरङ्ग – २०६०, ओम पन्छी, रोल्पा
१३. मेरा मनका गीत – २०६०, नारायण नेपाल
१४. भित्र कतै दुख्छ भने – २०६०, नेत्र एटम, दाङ
१५. अर्थहीन युद्ध – २०६०, नारायण सल्यानी, सल्यान
१६. मनको तरेलीमा – २०६१, रमेश सुवेदी, रोल्पा
१७. आछत – २०६१, भुवन भाइ, दाङ (थारु भाषाको पहिलो गजलसङ्ग्रह)
१८. भौगर – २०६१, छविलाल कोपिला, दाङ (नेपाली तथा थारु भाषाको गजलसङ्ग्रह)
१९. आत्मकथा – २०६१, निर्जना आँसु, रोल्पा
२० पञ्चामृत – २०६१, कविता उपाध्याय, रोल्पा
२१. आँसु – २०६२, सन्तोष श्रेष्ठ, दाङ
२२. जिन्दगी – २०६२, गायत्री घर्तीमगर, रोल्पा
२३. यात्राका घुम्तीहरू – २०६२, सुशील पुन ‘विरही’, दाङ
२४. मनको व्यथा – २०६२, कमानसिंह कान्छा, दाङ
२५. स्पन्दन भाग २ – २०६२, डीबी टुहुरो÷इन्द्र यात्री÷ओम पन्छी÷निर्जना आँसु÷कुल अवशेष÷मिलन उपहार
पुन÷सुशील जलन÷के.बी. विरही÷मोहन विवश, रोल्पा
२६. मुक्तिका आवाज – २०६३, टीका बस्नेत, दाङ
२७. युद्धका पीडाहरू – २०६३, नवीन बिसी ‘अनमोल’, सल्यान
२८. ब्युँझिएका बस्तीहरू – २०६३, तुलसी चिन्तक भट्टराई, दाङ
२९. कहिले फुल्छ ऊ – २०६३, छविलाल कोपिला, दाङ (नेपाली र थारु भाषा)
३०. आफैँ आफ्नो साथी भएँ – २०६३, रमेश क्षितिज, दाङ
३१. जिजीविशा – २०६३, इन्द्र यात्री, रोल्पा
३२. सजल – २०६४, प्रेमप्रकाश मल्ल ‘मधुकर’, रुकुम
३३. गजल रापती – २०६४, सुशील गौतम, दाङ
३४. चञ्चल मन चुलबुल हुँदा – २०६४, रक्षा क्षेत्री, रोल्पा
३५. तड्पिएका मनहरू – २०६४, धिरज बीएम ‘अथाह सागर’, रोल्पा
३६. कथाको हानी – २०६५, नीम बहादुर घर्तीमगर, रोल्पा
३७. विरहीका गजलहरू – २०६५, के.बी विरही, रोल्पा
३८. आधा बाटो हिँडेपछि – २०६५, तुलसी केसी ‘शरणार्थी’, रुकुम
३९. मरुभूमिको साहित्यिक यात्रा – २०६५, रोल्पाका २० जना गजलकारहरूको संयुक्त सङ्ग्रह
४०. निशानी – २०६५, विवेक सेन ‘निशानी’, रोल्पा
४१. सोच्वेक – २०६५, बोमबहादुर घर्तीमगर, रोल्पा (मगर भाषा)
४२. प्रदीपिका – २०६६, वीपी सेढाईं, प्यूठान
४३. आफ्नै देशको माटो प्यारो – २०६६, दीपेश पराई विष्ट, रोल्पा
४४. निलो कनिका – २०६६, ऋषि शर्मा ‘सुदामा’, दाङ
४५. स्मृतिमा तिम्रो आर्तनाद – २०६६, विष्णु शर्मा ‘अथकमनु’, रुकुम
४६. पलपलको याद – २०६६, विचरा वसन्त विष्ट ‘अलपत्र’, रोल्पा
४७. हिउँ पनि त उम्लिरहेछ – २०६६, समीर यात्री, रुकुम
४८. क्रान्तिकारी हातहरू – २०६७, १२ जनाको संयुक्त सङ्ग्रह, रोल्पा
४९. आस्थाका फूलहरू – २०६७, प्रबल विष्ट, दाङ
५०. गौतमका गजल – २०६७, हस्त गौतम ‘मृदुल’, रुकुम
५१. मृदुलका गजल – २०६७, हस्त गौतम ‘मृदुल’, रुकुम
५२. त्रिवेणी – २०६७, रमेश सुवेदी÷दामु मर्सिफुल÷कविता उपाध्याय, रोल्पा
५३. बन्धन – २०६७, नेत्रबन्धन केसी, दाङ
५४. ह्ृदयका विम्बहरू – २०६८, गुरूप्रसाद कुमाल ‘बुलबुल’, दाङ
५५. उनैका लागि – २०६८, महेन्द्रबाबु, सल्यान
५६. गजल गुन्जन – २०६८, सुशील गौतम, दाङ
५७. कोसेली – २०६८, चारजनाको संयुक्त सङ्ग्रह, रोल्पा
५८. त्रि–सिन्धु – २०६८, प्रेमप्रकाश मायालु÷प्यास जिएम÷व्योम जी ‘अवतार’, रोल्पा
५९. एक यात्रा अनेक मोड – २०६८, डीबी मगर ‘स्वेद’, रोल्पा
६०. समर्पण – २०६८, जलजला रोकामगर, रोल्पा
६१. प्यूठानी कोसेलीहरू – २०६८, घनश्याम अस्तित्व, प्यूठान
६२. शशिभित्रका शशिहरू – २०६८, शशि शर्मा मजगैँया, दाङ
६३. आभास – २०६८, डिआर ओली ‘प्रतीक’, सल्यान
६४. खामभित्रको चिठी – २०६८, गणेश डाँगी ‘गगन’, सल्यान
६५. बोल्दै छ आफैँ मौसम – २०६८, टीकाराम उदासी, रोल्पा
६६. सपना र संकल्प – २०६८, विष्णु पुन ‘सन्यास’ मगर÷प्रकाश रोकामगर ‘अभाव’÷खबपु ‘चञ्चल’ मगर, रोल्पा
६७. झङ्कार – २०६८, राजु विक, प्यूठान
६८. जीवन उपदेश – २०६८, रेशम सङ्गीत पुन, रोल्पा
६९. मुटुभित्र अतित बल्झिँदा – २०६८, वाइवी जिएम, सल्यान
७०. रापती – २०६९, प्रेमप्रकाश मायालु ÷वाइवी जिएम ÷घनश्याम अस्तित्व ÷भीम बिसी ÷बरुण योगी, रोल्पा
७१. प्रचण्डको सपना – २०६९, कुलानन्द गिरी, रोल्पा
७२. वर्तमान गजबको – २०६९, सुरेश सुमन डाँगी, दाङ
७३. प्यूठानी कोसेली – २०६९, घनश्याम अस्तित्व, प्यूठान
७४. अनुभूति – २०६९, प्रेमप्रकाश मायालु, रोल्पा
७५. अङ्कुराए पल्लवी – संयुक्त गजलसङ्ग्रह, रोल्पा
७६. उदिप्त मन – २०७०, चाँदनी केसी, रोल्पा
७७. स्मृतिका पानाहरू – २०७०, दिलकुमारी बुढा मगर, रोल्पा
७८. मौसमन बदलिँदा – २०७०, व्योम जी ‘अवतार’ रोल्पा
७९. सम्पत्ति – २०७०, भगवती बुढा मगर, रोल्पा
८०. विछोडका घाउ – २०७०, केबी घायल, रोल्पा
८१. अधुरा ती सपनाहरू – २०७०, दिपेश सङ्कल्प
८२ं हुरीले उडायो सुनौला सपना – २०७०, समीप बराइली, रोल्पा
८३. प्रवासका अक्षरहरू – २०७०, संयुक्त गजलसङ्ग्रह, रोल्पा
८४. साहित्यिक यात्रा – २०७०, संयुक्त गजलसङ्ग्रह, रोल्पा
८५. चोकमा उभिएका नयनहरू – २०७०, संयुक्त गजलसङ्ग्रह, रोल्पा
८६. धर्ती आकाश – २०७१, युवराज भण्डारी, प्यूठान
८७. एउटा बाँच्ने रहर – २०७१, गीता निर्दोषी, रोल्पा
८८. तिमी र म – २०७१, गणेश डाँगी ‘गगन’, सल्यान
८९. जीवनका गोरेटोहरू – २०७१, भागीराम घर्ती, रोल्पा
९० बिग्रिएँ मायाले – २०७१, सपना डाँगी, रोल्पा
९१. जीवनका भोगाइहरू – २०७१, संयुक्त गजलसङ्ग्रह, रोल्पा
९२. सीमावारि सीमापारि –२०७१, डीबी टुहुरोको सम्पादनमा १५ जनाको संयुक्त सङ्ग्रह, रोल्पा
९३. सामुद्रिक छल्का – २०७१, १०६ जनामध्ये रापतीका १४ जनाको संलग्नता
९४. उज्यालोको खोजी – २०७२, पद्मा लिंखा मगर, रुकुम
९५. अमर साइनो– २०७२, ३२ जनाको संयुक्त सङ्ग्रह, रोल्पा
९६. काँडामाथिको यात्रा – २०७२,राकेश बि.एम., रोल्पा

रापती अञ्चलबाट प्रकाशित गजलप्रधान पत्रिका र सम्पादकहरू
१. उत्साह – वसन्त विवश आचार्य, दाङ
२. मोती – विष्णु शर्मा ‘अथकमनु’, रुकुम
३. अन्जुली – युद्धराम केसी ‘सुबास’, रुकुम
४. गाउँले – खेमराज गाउँले, रोल्पा
५. रोल्पाली गजल र गजलकार – डीबी टुहुरो, रोल्पा
६. गजलयात्रा – सन्तोष श्रेष्ठ, दाङ

रापतीका गजलहरूका सम्बृद्धिका लागि सम्बद्ध संस्थाहरू
१. रापती साहित्य परिषद्, केन्द्रीय कार्यालय
२. रापती साहित्य परिषद्, जिल्ला शाखा, दाङ, सल्यान, रोल्पा, रुकुम र प्यूठान
३. लेखक सङ्घ, दाङ
४. दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, दाङ
५. प्रगतिशील लेखक सङ्घ, दाङ
६. सगरमाथा कला तथा साहित्य समाज, दाङ
७. प्रगतिशील लेखक सङ्घ, रोल्पा
८. नेपाली लेखक सङ्घ, रोल्पा
९. आरोहण साहित्य परिवार, सल्यान
१०. स्वर्णिम कला परिवार, दाङ
११. ललित साहित्य परिषद्, रोल्पा
१२. सिर्जनशील साहित्य समूह, दाङ
१३. थारु भाषा साहित्य परिषद्, दाङ
१४. इन्दे्रणी साहित्य परिवार, दाङ
१५. थारु भाषा तथा साहित्य उत्थान समूह, दाङ
१६. देउखुरी साहित्य मञ्च, दाङ
१७. रापती समाज काठमाडौँ

रापती अञ्चलका थुप्रै संस्थाहरू गजलको समृद्धिमा लागि परे तापनि रापती समाज काठमाडौँको भूमिका महत्वपूर्ण मानिन्छ । यस संस्थाले २०६४ सालदेखि राष्ट्रव्यापी गजल वाचन प्रतियोगिताको आयोजना गरी उत्कृष्ट गजलहरूलाई पुस्तकमार्फत् प्रकाशन र सङ्गीत एवम् गायनमार्फत् प्रसारण गर्ने काम गर्दै आएको छ भने २०७० सालदेखि नेपाली गजलको इतिहासमै पहिलोपटक राष्ट्रिय गजलगायन प्रतियोगिताको सुरुवात गर्दै आएको छ । प्राज्ञिक हिसाबले गजल गोष्ठीसँगै कार्यपत्रहरू प्रस्तुत गर्दै आइरहेको पाइन्छ ।

औपचारिक गजल सङ्गीतको सुरुवात
रापती अञ्चलमा गजल सङ्गीतको अनौपचारिक सुरुवात वा गजललाई लयात्मक वाचन र गायन धेरै पहिलेदेखि भएको भए तापनि यस कार्यपत्रमा औपचारिक तरिकाले अगाडि बढेको समयलाई मध्यनजर गर्दै यस अञ्चलबाट गजलहरू सङ्गीतबद्ध भएर औपचारिक ढङ्गले गायनका रूपमा तयार भएर आएको समयलाई औपचारिक गजलसङ्गीतको सुरुवातको समय मानिएको छ । अनौपचारिक रूपमा यस क्षेत्रबाट कसले र कहिलेदेखि सङ्गीतबद्ध गजल गाएको हो भन्ने प्रष्ट इतिहास भेटाउन सकिँदैन । तर पनि औपचारिक रूपमा भने यस क्षेत्रबाट रेकर्डिङको आधारमा पहिलो गजलकार, सङ्गीतकार र गायकका रूपमा अर्जुन मिलन नै हुन् । उनीद्वारा आफ्नै रचना, सङ्गीत र स्वरमा २०५४ सालमा ‘मौनताको शहरमा हल्ला चलेको छ’ बोलको गजल रेकर्ड भएपछि नै रापतीको औपचारिक गजलसङ्गीतको सुरुवात भएको मानिन्छ ।

रापती अञ्चलबाट सयौँको सङ्ख्यामा गजल रचनाकार गजलसङ्गीतकार र गायक गायिकाको उपस्थिति र योगदान रहँदै आए तापनि यस कार्यपत्रभित्र औपचारिक ढङ्गले गजल सङ्गीत भएर गायनमा आएका स्रष्टा र सिर्जनालाई आधार मानेर कार्यपत्र प्रस्तुत गर्न खोजिएको छ । रापती अञ्चलको पहिलो गजल एल्बम ‘अनुभूति’ हो । २०७० सालमा प्रकाशित उक्त गजल एल्बममा गजलकार प्रबल विष्टको एकल रचना र सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत रहेको छ । रापती अञ्चलकी पहिलो गजल गायिका कोमल वली हुन् । उनले २०६८ सालमा ‘हामी मनाउँछौँ तिज पतिदेवका लागि’ बोलको गजल गाएकी हुन् ।

२०५० को दशकबाट औपचारिक रूपमा अगाडि बढेको रापतीको गजल सङ्गीत २०६० को दशकमा आइपुग्दा अत्यन्त उचाइमा आइपुगेको पाइन्छ । यसअवधिमा यस अञ्चलका गजलस्रष्टा राष्ट्रिय रूपमा स्थापित हुनुका साथै व्यावसायिक ढङ्गबाट पनि अगाडि बढेको पाइन्छ ।

रापती अञ्चलबाट हालसम्म संलग्न सङ्गीतबद्ध गजलका गजलकारहरू
अर्जुन मिलन, समीर यात्री, रमेश क्षितिज, नारायण नेपाल, आरजु विष्ट ‘सल्यानी’, उदय जीएम, लोकराज अधिकारी, प्रबल विष्ट, शशि शर्मा मजगैँया, सुशील पुन ‘विरही’, रमेश सुवेदी, नेत्रबन्धन केसी, सुनील केसी, सुरेश सुमन डाँगी, डीबी टुहुरो, शङ्करकिरण अधिकारी, हस्त गौतम ‘मृदुल’, महेन्द्र बाबु, पद्मा लिंखा मगर, आदिम केसी, कृष्ण अलपत्र, देव विरही आदि रहेका छन् ।

यी गजलकारमध्ये एकल रचनामा एल्बम प्रकाशित गर्नेहरू
१. प्रबल विष्ट – अनुभूति – २०७०
२. सुशील पुन ‘विरही’ – आभास – २०७२
३. शशि शर्मा मजगैँया – परिभाषा – २०७२

रापती अञ्चलबाट हालसम्म संलग्न गजलका सङ्गीतकारहरू
अर्जुन मिलन, गोविन्द आचार्य, सन्तोष श्रेष्ठ, मधुबाबु थापा, यादव योगी, झलक सङ्गीतम्, विपिन आचार्य, नीम सङ्गीत, सन्तोष रजौरे, गोविन्द मधुर आचार्य, राजेश क्षेत्री, मोहन परियार, मन्जील मोहन आदि रहेका छन् ।

यी सङ्गीतकारहरूमध्ये एकल सङ्गीतमा एल्बम प्रकाशन गर्नेहरू
सन्तोष श्रेष्ठ    – अनुभूति – २०७०
– शराब – २०७१
– परिभाषा – २०७२

रापती अञ्चलबाट हालसम्म संलग्न गजल गायकगायिकाहरू
अर्जुन मिलन, शिशिर योगी, कोमल वली, माण्डवी त्रिपाठी, प्रेमप्रकाश ओली, सागर अधिकारी, सन्तोष रजौरे, रिता केसी, गगन सरगम, सुधारत्न, समीर आचार्य, सविना भट्टराई, रेणु विष्ट, विजय परियार आदि रहेका छन् ।
रापती अञ्चलबाट गायकगायिकाको आवाजमा एकल गजल एल्बममा हालसम्म प्रकाशन भएको पाइँदैन ।
रापती अञ्चलबाट हालसम्म संलग्न गजलका सङ्गीत संयोजकहरू
विपिन आचार्य, कृष्ण पुन, झलक सङ्गीतम्, हेमन्त शिशिर आदि रहेका छन् ।

रापती अञ्चलबाट संलग्न गजलका बाध्यवादकहरू
प्रेम राणा ‘औतारी’ – बाँसुरी
जङ्गबहादुर गन्धर्व – सारङ्गी
खर्कबहादुर बुढा – मादल
भुवन गन्धर्व – ढोलक, तबला, मादल

प्रतियोगितात्मक गजलमा उपलब्धि हासिल गरेका स्रष्टा
राष्ट्रिय गजल गायन प्रतियोगितामा रापतीका गजल गायक सागर अधिकारीले २०७० मा र गायिका सुधारत्नले २०७१ मा प्रथम स्थान हासिल गरेका छन् ।

डिजिटल सङ्गीतसँगको सामीप्यता
पछिल्लो डिजिटल प्रविधिसँग पनि यस क्षेत्रका स्रष्टाहरू सजगताका साथ अगाडि बढेको पाइन्छ । अडियो, सिडी, आरबिटी, यूट्यूबलगायतका विभिन्न प्रविधिहरूमा यस क्षेत्रको गजल सङ्गीत जोडिँदै आएको पाइन्छ ।

वैदेशिक सामीप्यता
सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा विदेशी मौरिसियन गायक देव राखाले ‘गल्ती भए माफ गर भुल हो यो जिन्दगी’ बोलको गजल गाएका छन् ।

सङ्ख्यात्मक गजल सङ्गीत सिर्जनाको अग्रता
सङ्ख्यात्मक हिसाबले यस क्षेत्रबाट सबैभन्दा बढी गजल रेकर्ड गराउने गजलकार शशि शर्मा मजगैँया, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक अर्जुन मिलन र गोविन्द मधुर आचार्य र गायिका सुधारत्न हुन् । गजल सङ्गीतमा सबैभन्दा बढी गीतिएल्बम प्रकाशित गर्नेमा सङ्गीतकार सन्तोष श्रेष्ठ पर्दछन् । उनका एकल सङ्गीतमा तीनवटा गजल एल्बम प्रकाशित भएका छन् ।

गजलमा राग, ताल र स्वरको प्रयोग
रापती अञ्चलबाट हालसम्म पूर्ण रूपमा एउटै रागमा कुनै पनि गजल सङ्गीतबद्ध भई रेकर्ड भएका छैनन् । सम्पूर्ण गजलहरू मिश्रित रागमा आधारित छन् । विशेषगरी भूपाली, यमन, दुर्गा, धानी, धिमपलासी, बृन्दावनी सारङ्गलगायतका रागहरूको अलि बढी प्रयोग भएको पाइन्छ । यस अञ्चलका गजल सङ्गीतकर्मीहरूले दादरा, खेम्टा, कहरवा र दीपचन्दी तालको मात्रै प्रयोग गरेको पाइन्छ । आरोह अवरोहका तीन सप्तकमध्ये रापतीको गजलसङ्गीतलाई हेर्दा मन्द्र सप्तकमा एकदमै कम, मध्य सप्तकमा अध्याधिक र तार सप्तकमा पनि केही पाइन्छ ।

गजलमा विभिन्न साङ्गीतिक प्रभाव
गजल लेखनमा आफ्नै संरचनाहरू भए तापनि सङ्गीत र गायनमा भने कुनै निश्चित नियमहरूको पालना गर्नुपर्ने अवस्था नभएको यस क्षेत्रका धेरै गजल सङ्गीतकर्मीले बुझिसकेको देखिन्छ । यस क्षेत्रका गजल सङ्गीतकर्मीहरूले निर्माण गरेका गजलहरूमा स्थानीय लोकसङ्गीतको बढी प्रभाव देखिन्छ । यस क्षेत्रका विभिन्न भाषाभाषीका मौलिक सङ्गीतको पनि प्रभाव परेको देखिन्छ भने केही गजलहरूमा आधुनिक र केहीमा शास्त्रीय सङ्गीतको पनि प्रभाव देखिन्छ ।

रापतीका गजलका प्रबद्र्धनका लागि स्थापित सम्मान तथा पुरस्कारहरू
१. गजल अभिनन्दन
रापती अञ्चलको गजल लेखनमा योगदान पु¥याएका गजलकारहरूलाई रापती समाज काठमाडौँद्वारा प्रत्येक वर्ष अभिनन्दन गर्दै आइएको छ ।
२. नेशनल गजल अवार्ड
वर्षका चर्चित र उत्कृष्ट गजल रचना, सङ्गीत र स्वरलाई प्रोत्साहित गर्ने उद्देश्यले रापती समाज काठमाडौँद्वारा राष्ट्रिय रूपमा छनौट गरी तीन जना स्रष्टालाई ‘नेशनल गजल अवार्ड’ प्रदान गरिँदै आइएको छ । यस अवार्डलाई गजलकार शशि शर्मा मजगैँयाले स्थापना गरी ‘शशि नेशनल गजल अवार्ड’को नामबाट प्रदान गरिँदै आएको र हाल रापती समाज काठमाडौँको तर्फबाट ‘नेशनल गजल अवार्ड’ प्रदान गरिँदै आइएको हो ।
३. नारायण सल्यानी गजल पुरस्कार
लेखक सङ्घ दाङमा गजलकार नारायण सल्यानीको स्मृतिमा गजलकार नारायण नेपालले एक अक्षयकोष निर्माण गरी ‘नारायण सल्यानी गजल पुरस्कार’को स्थापना गरेका हुन् । यो पुरस्कार दाङ जिल्लाका गजलकारहरूलाई मात्र प्रदान गरिँदै आइएको छ ।

रापती अञ्चलबाट हालसम्म रेकर्ड भएका गजलहरूको विवरण
१. मौनताको शहरमा हल्ला चलेको छ
रचना÷सङ्गीत÷स्वरः अर्जुन मिलन
२. मरिसकेँ जलाउन
रचनाः आरजु विष्ट सल्यानी
३. कल्पनामै मान्छेलाई
रचनाः आरजु विष्ट सल्यानी
४. हाँसेर पनि मुटु दुखाउनु पर्छ
रचनाः आरजु विष्ट सल्यानी
५. कस्तो मात लाग्यो यार
रचनाः आरजु विष्ट सल्यानी
६. जित मात्रै पनि कहाँ हो र
रचनाः आरजु विष्ट सल्यानी
७. जिन्दगीको बैँश चाखेर
रचनाः आरजु विष्ट सल्यानी
८. ठोक्किँदा ठोकाइमा
रचनाः आरजु विष्ट सल्यानी
९. पर पर जान्छु भन्थेँ
रचनाः आरजु विष्ट सल्यानी
१०. तिम्रै हुँ भन्थ्यौँ मानिदिए मैले
रचनाः आरजु विष्ट सल्यानी
११. पलपलमा तिम्रो
रचनाः आरजु विष्ट सल्यानी
१२. हिउँ पनि त उम्लिरहेछ माथि माथि हेर
रचना ः समीर यात्री, सङ्गीतः गोविन्द आचार्य
१३. जीवन के हो बल्ल यति जिएपछि थाहा भयो
सङ्गीतः सन्तोष श्रेष्ठ
१४. तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः विन्दु परियार
१५. तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेको छु
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः प्रेमप्रकाश ओली
१६. माया के हो बैगुनीलाई गरेपछि थाहा पाएँ
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ
१७. मलाई बीचबाटोमै छोड्ने भए आउँदिनँ भो
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ
१८. तिमीलाई बीचबाटोमै धरोधर्म छोड्दिन म
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः सागर अधिकारी
१९. माया के हो तिम्ले धोका दिएपछि थाहा पाएँ
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः सुधारत्न
२०. तिम्ले मलाई पराई नै ठान्छौ भने ठान बैगुनी
रचनाः शशि शर्मा मजगैँया, सङ्गीतः गोविन्द मधुर आचार्य, स्वरः माण्डवी त्रिपाठी
२१. तिम्ले मलाई पराई नै ठान्छौ भने ठान बैगुनी
रचनाः शशि शर्मा मजगैँया, सङ्गीत÷स्वरः गोविन्द मधुर आचार्य
२२. तिमी फुल्दै जानू प्रिया म त अब झर्छु होला
रचनाः शशि शर्मा मजगैँया, सङ्गीत÷स्वरः गोविन्द मधुर आचार्य
२३. मलाई माया गर्ने मान्छे भेटिसकेँ मैले
रचनाः शशि शर्मा मजगैँया, स्वरः सविना भट्टराई
२४. मेरो मुटु रेटीरेटी जान्छौ भने जाऊ
रचनाः शशि शर्मा मजगैँया, स्वरः सविना भट्टराई
२५. तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु
रचनाः शशि शर्मा मजगैँया
२६. बटुवा हो मान्छे भन्नु यो संसारमा
रचनाः रमेश क्षितिज, सङ्गीतः सन्तोष श्रेष्ठ
२७. जीवन जिउने आधार चाहिन्छ
रचनाः सुरेश सुमन डाँगी
२८. लाली छरिन्छ जबजब तिम्रो ओठभरि
रचनाः उदय जी एम, सङ्गीतः गोविन्द आचार्य, स्वरः बेदु सारुमगर
२९. तिमी मेरो संसार जून तिमी मेरो
रचनाः नेत्रबन्धन केसी, सङ्गीतः सन्तोष श्रेष्ठ
३०. भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
सङ्गीतः गोविन्द मधुर आचार्य, स्वरः रिता केसी
३१. आज मिलनको रात छ
रचनाः शङ्कर किरण अधिकारी, सङ्गीतः मधुबाबु थापा, स्वरः प्रेमप्रकाश ओली
३२. तिम्ले छोडेपछि बबाल भो जिन्दगी
सङ्गीतः यादव योगी, स्वरः प्रेमप्रकाश ओली
३३. किन रोप्नुप¥यो छुरा वचनमै छ धार तिम्रो
रचनाः लोकराज अधिकारी
३४. आज म त धेरै मातेर आएँ
रचनाः लोकराज अधिकारी
३५. मैले चोट खाँदा आँसु झार्नुपर्दैन
रचनाः लोकराज अधिकारी
३६. फेरि एक हुन मिल्छ र प्रिय
रचनाः लोकराज अधिकारी, स्वरः रणु विष्ट केसी
३७. बढ्दै जाने मात्रा यसको मात बडा गजबको
रचनाः लोकराज अधिकारी, सङ्गीत÷स्वरः समीर आचार्य
३८. साँच्चै के हो माया बसेपछि थाहा भो
रचनाः लोकराज अधिकारी
३९. अप्ठ्यारोमा नडराऊ देशको माया गर्नेहरू
रचनाः रमेश सुवेदी, सङ्गीतः सन्तोष श्रेष्ठ
४०. हामी मनाउँछौँ तिज पतिदेवका लागि
स्वरः कोमल वली
४१. कति खुसी हुन्थेँ होला तिम्लाई आफ्नो मान्छे भन्न पाए
रचनाः प्रबल विष्ट, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः विन्दु परियार
४२. तिम्रै जितको चर्चा छ रे आज मैले हार्दाखेरी
रचनाः प्रबल विष्ट, सङ्गीतः सन्तोष श्रेष्ठ
४३. तिम्रै मनको देउता बनी
रचनाः प्रबल विष्ट, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः रेणु विष्ट केसी
४४. लुकीछिपी लोग्ने मान्छे पल्किहाल्दा रैछन्
रचनाः हस्त गौतम ‘मृदुल’, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः विन्दु परियार
४५. माया अमर छ भन्थ्यौ पानीको फोकाझैँ फुट्यो
रचनाः हस्त गौतम ‘मृदुल’, सङ्गीतः सन्तोष श्रेष्ठ
४६. के लेख्यो खै भाग्य रेखा
रचनाः सुशील पुन ‘विरही’, सङ्गीतः सन्तोष रजौरे
४७. म मरे सम्झी रुने
रचनाः सुशील पुन ‘विरही’
४८. जिन्दगीको भारी
रचनाः सुशील पुन ‘विरही’
४९. हत्केलामा प्राण राखी
रचनाः सुशील पुन ‘विरही’, सङ्गीतः सन्तोष रजौरे, स्वरः सन्तोष रजौरे÷रिता केसी
५०. ओठ तिम्रै गजल गुनगनाइरहोस्
स्वरः अर्जुन मिलन
५१. जीवनको सार बल्ल मिल्दै छ सुस्तसुस्त
स्वरः अर्जुन मिलन
५२. अतीतसँग आफैँलाई साट्न पाए हुन्थ्यो
रचना÷सङ्गीत÷स्वरः अर्जुन मिलन
५३. एकान्तमा आँसु बन्दै झर्ने बानी बसिसक्यो
सङ्गीत÷स्वरः अर्जुन मिलन
५४. फूललाई दुख्यो होला तिमी तर्किंदा
रचनाः नारायण नेपाल, सङ्गीतः यादव योगी, स्वरः अर्जुन मिलन
५५. कहाँ छौ तिमी यो साथ खाली खाली
सङ्गीतः सन्तोष श्रेष्ठ
५६. तिमी अर्कैको हुने छौ केवल हुने छौ अर्कैको
सङ्गीतः सन्तोष श्रेष्ठ
५७. यति चोखो माया दिएँ गयौ साइनो मेटाएर
सङ्गीतः सन्तोष श्रेष्ठ
५८. गल्ती भए माफ गर भुल हो कि जिन्दगी
सङ्गीतः सन्तोष श्रेष्ठ
५९. आज राति सपनीमा देखिरहेँ तिमीलाई
सङ्गीतः सन्तोष श्रेष्ठ
६०. आजभोलि तिमी धेरै टाढा हुँदा मुटु जल्दै छ
सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः विन्दु परियार
६१. तिमी प्रेमको सीमा मिचेर गयौ
रचनाः कृष्ण अलपत्र, सङ्गीतः सन्तोष श्रेष्ठ, स्वरः विजय परियार
६२. तिम्लाई छेक्ने कालो बादल आफ्नै हातले फार्छु बरु
सङ्गीतः राजेश क्षेत्री
६३. म काटिरहेछु कहर पुरानो
सङ्गीतः सन्तोष श्रेष्ठ
६४. झट्ट हेर्दा
स्वरः शिशिर योगी
६५. नजाऊ मलाई एक्लै छाडी
सङ्गीतः निम सङ्गीत, स्वरः गगन सरगम
६६. तिम्रो मनको माझमा
सङ्गीतः निम सङ्गीत, स्वरः गगन सरगम÷सुधारत्न
६७. म डुबेर तिमीलाई तारिदिउँला
सङ्गीतः निम सङ्गीत, स्वरः गगन सरगम
६८. औँसीको रात भएँ
सङ्गीतः निम सङ्गीत, स्वरः सुधा रत्न
६८. हर रातको सपनीमा
सङ्गीतः निम सङ्गीत, स्वरः सुधारत्न
६९. भुल गरेँ
सङ्गीतः निम सङ्गीत
७०. विरालो पनि शेर हुन्छ शराब पिएपछि
सङ्गीतः सन्तोष श्रेष्ठ
७१. कुनै बहनामा दिन ढलेपछि कति पिएँ कति
सङ्गीतः सन्तोष श्रेष्ठ
७२. मैले जे गाए पनि गजल हुन्छ महफिलमा
सङ्गीतः सन्तोष श्रेष्ठ
७३. जबदेखि थालेँ जागिर भट्टीमा
सङ्गीतः सन्तोष श्रेष्ठ
७४. पिरतीको अभावले बिग्रिएँ म
सङ्गीतः सन्तोष श्रेष्ठ
७५. बाँचुन्जेल नाम लिन गाह्रो मान्छ मान्छे
सङ्गीतः झलक सङ्गीतम्
७६. जन्मेदेखि मृत्युसम्म पैसा भए पुग्दो रैछ यहाँ
रचनाः महेशकुमार ओली, सङ्गीत÷स्वरः गोविन्द मधुर आचार्य
७७. भुल्न तिम्लाई मुस्किल हुँदै छ
रचनाः रविन स्वप्निल गिरी, सङ्गीतः गोविन्द मधुर आचार्य, स्वरः सुधारत्न÷गोविन्द मधुर आचार्य
७८. आजभोलि बोल्नै छोड्यौ केही विराएँ कि
रचनाः डीबी टुहुरो, सङ्गीतः मोहन परियार
७९. तिमी खेल्ने रमाउने त्यही गाउँ प्यारो लाग्यो
रचनाः डीबी टुहुरो, सङ्गीतः मोहन परियार
८० उज्यालोको खोजी
रचनाः पद्मा लिंखा मगर
८१. चोटैचोट मात्र किन मेरै पिरतीमा
सङ्गीतः गोविन्द मधुर आचार्य
८२. जिउने कोशिश गर्दै जाँदा सुनामीको धारमा परेँ
सङ्गीतः विपिन आचार्य, स्वरः माण्डवी त्रिपाठी र गोविन्द मधुर आचार्य
८३. कसरी मेटुँ पुरानो नाता दुःखमा जोडेको
स्वरः माण्डवी त्रिपाठी
८४. तिमी आउँछौकी भनेर बसेकी छु पर्खिएर
रचनाः देव विरही
८५. मनको पीडा बुझिदिने कसले गर्छ साथी
रचनाः देव विरही
८६. नाता जोड्नु र तोड्नुको पनि सीमा हुन्छ रे
रचनाः आदिम केसी, सङ्गीतः मन्जील मोहन
८७. तिमी आय मेरो सामु जीबन एउटा फूल बन्थ्यो
रचनाः काली बहादुर चौधरी, सङ्गीत÷स्वरः गोविन्द मधुर आचार्य

निष्कर्ष
रापती अञ्चलको गजलको सुरुवात विशेष गरी परम्परागत शैली वा प्रेमप्रणयमा आधारित भए पनि पछिल्लो समयमा आएर धेरै परिस्कृत र परिमार्जित हुँदै आएको छ । अहिलेको समाजमा हुने विभिन्न अनैतिक, असामाजिक विकृति र विसङ्गतिका विरुद्धमा पनि गजलीय भावहरू पोखिएका छन् । सुरुवातको समयमा रहरैमा लेखे तापनि अहिले आएर गजलको वास्तविक संरचना अध्ययन र अनुसन्धान गरेर मात्रै लेख्ने प्रथाको सुरुवात भइसकेको छ । गजलको संरक्षण र सम्बद्र्धन संस्थागत तरिकाबाटै हुनुपर्दछ भन्ने उद्देश्यका साथ यस क्षेत्रमा गजलसम्बन्धी विभिन्न सङ्घसंस्था खोली यसको समृद्धिमा लागिपरेको अवस्था छ । जुनसुकै विषयमा गजल लेखे तापनि काफिया र बहर वा लयविना गजल हुनै सक्दैन भन्ने चेतनाको विकास भएको पाइन्छ । प्रचारप्रसारको पनि महसुस गरी विभिन्न पुस्तक, पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने र रेडियो टीभीबाट पनि यस क्षेत्रको गजललाई उचाईमा पु¥याउने काम तिब्र रूपमा भएको पाइन्छ । गजल गेय विधा भएकाले यसका लागि विभिन्न स्रष्टाको रचना, सङ्गीत र स्वरबद्ध गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रको गजललाई शिखरमा पु¥याउने काममा सकारात्मक सोचका साथ लागेको पाइन्छ । नेपाली गजलको क्षेत्रमा एउटा नमुना अञ्चलको रूपमा अगाडि बढ्ने प्रयत्न गरेको देखिन्छ ।

संचारको क्षेत्रबाट पनि यस क्षेत्रका गजलकार, गजलसङ्गीतकार, गजल गायक गायिकाहरू अझै पनि क्षमता र दक्षताअनुसारको अग्रता हासिल गर्न नसकेको अनुभूति गर्न सकिन्छ । दर्जनौँ सिर्जनाहरू राष्ट्रिय रूपमा प्रसारण हुँदा हुँदै पनि सम्बन्धित स्रष्टाको परिचय स्थापित हुन नसक्नु दुःखद् पक्षको रूपमा देखिन्छ । यो विषयमा गजल स्रष्टा र संचारकर्मीका बीचमा समन्वयकारी भूमिका हुनु अत्यन्त आवश्यक देखिन्छ । यस अञ्चलबाट गजल रचना गर्ने स्रष्टाहरूकै सङ्ख्या बढी देखिन्छ । त्यसपछि गायक गायिकाहरूको सहभागिता रहेको भेटिन्छ । यी दुई विधाभन्दा सङ्गीत विधाको अवस्था सङ्ख्यात्मक हिसाबले न्यून देखिन्छ । यस क्षेत्रको पछिल्लो गजल सङ्गीत अत्यन्तै आशालाग्दो तरिकाले अगाडि बढ्दै गरेको पाइन्छ । यस स्थितिमा यस क्षेत्रका सम्पूर्ण गजलकार, गजल सङ्गीतकार र गजल गायकगायिकाहरू सामूहिक रूपमा एकजुट भएर अगाडि बढ्न अत्यन्त आवश्यक छ । विधागत रूपमा जसरी फरक अनि भावमा पनि फरक छ त्यसैगरी यस क्षेत्रका गजलकार, सङ्गीतकार र गायकगायिकाहरू फरकपनका साथ अगाडि बढ्न सकेमा आफ्नो गन्तव्यमा पुग्न कुनै अप्ठ्यारो देखिँदैन । साथै रापती अञ्चलको गजल साहित्य र सङ्गीतलाई संस्थागत रूपमा अगाडि बढाउन सकियो भने यस क्षेत्रले समग्र नेपाली गजल साहित्य र सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा कुनै शङ्का देखिँदैन।

सन्दर्भ सामग्री
१. नेपाली सङ्गीतको अभिलेख – २०७१ (बुलु मुकारुङ)
२. साहित्यकार कलाकार परिचय कोष – २०७० (नेप्रप्र)
३. गजल सिद्धान्त र परम्परा – २०६४ (डा. कृष्णहरि बराल)
४. गजल सिद्धान्त र नेपाली गजलको इतिहास – २०५८ (टीकाराम उदासी)
५. मध्यपश्चिमी गजलको पछिल्लो तस्बिर – २०५९ (मपगप्र)
६. रोल्पा जिल्लाको साहित्यिक रूपरेखा तथा कृतिकारहरू – २०७२ (डिबी टुहुरो)

१५०औ मोती जयन्तीको अवसरमा रापती समाज काठमाडौंद्वारा आयोजित बृहत् गजल गोष्ठी २०७२ भाद्र २६  मा सन्तोष श्रेष्ठद्वारा प्रस्तुत गरिएको कार्यपत्र ।

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.