~सीताराम नेपाल~
सङ्कटकालको वेला थियो । एक दिन एक वरिष्ट प्रजातन्त्रवादी कम्युनिस्ट नेताको अन्तर्वार्ता लिन बिहान छ बजे नै उनको निवासमा पुग्नु पर्ने समय मिलाएको थिएँ । यी नेता भनाउदासँग भेटवार्ताको समय मिलाउनु पनि हामी जस्ता मझ्यैाला पत्रकारका लागि कहिलेकाँही वेश्याप्रेमी केटाको बिहेका लागि कन्या केटी खोज्नुजस्तै दुरुह हुन्थ्यो ।
टाइम घडीले घचघच्याएर ब्यूझाएपछि उठेँ । हाई काड्दै, आँखा मिच्दै अघिल्लै राति ठीक पारेको सोनी टेपरेकर्डर क्यासेट र त्यसको चक्का, टाइगर छापवाला ब्याट्री, सेलो म्याक्सराइटरको डटपेन, सनराइजको राइटिङ प्याड आदि अन्तर्वार्ताका लागि नभई नहुने सरजाम ठीक पारेर राखेको झोला टिपेर हिँडेँ ।
वषर्ा भएकोले होला, बाटोभरि पानी मसँग जिस्कन आयो, बाटै छेकुलाझैँ गरेर । पानीसँग जिस्कँदै, उसलाई तर्काउँदै, छक्क्याउँदै नेता निवास पुगेेँ । नेताले तातो चियाले सत्कार गरे । चियाले मलाई हुनसम्मको खुराक दियो । आफूलाई मनपर्ने नेतासँग चिया पिउन पाउँदा म दङ्ग परेँ ।
तातो चियाको सुरमा हुने अनौपचारिक वार्तामा धूर्त पत्रकारले आˆनो धोती खुस्काएको अधिकांश नेताहरूले थाहा पाउँदैनथे । त्यसैले सत्यले ओतप्रोत भएको त्यस्ता कुराचाहिँ फगत गफ मात्र मानिन्थ्यो । त्यसो त नेताहरूको पर्दाभित्रको वास्तविकता उदाङ्ग पार्ने तथ्यहरूलाई ‘कफी गफ’ भनेर चियाको बाफभै“m बिलाएको मान्ने प्रचलन पत्रकार जगतमा स्थापित भइसकेको थियो । त्यो ‘कफी गफ’लाई अन्तर्वार्ताको दर्जा नदिन ती नेताको विशेष आग्रह रहेको थियो । अरू नेताहरू पनि त्यसै गर्थे ।
म उनको आˆनै पार्टीको मात्र होइन उनको विश्वासप्राप्त भित्रिया नै थिएँ । त्यसैले नेताले आˆनो व्यक्तिगत र उनका कमिटीका केही नेताका बारेमा अन्तरङ्ग खुलस्त पारेका थिए, कफी गफमा । तर त्यो छोप्नुपर्ने, प्रकाशित गर्दा पार्टी र नेता खुइलिने डर भएकोले मैले ती कुराहरूलाई आफैँभित्र भूमिगत राखेँ । नेताहरूले जस्तो पिपलपाते भएर तोलाको बचन खोलामा फालिन । धोका दिने हो भने मैले त्यस्ता अन्तरङ्गहरू छताछुल्ल हुने गरी पोखी दिन सक्थेँ । त्यसो गर्नु मेरो बसभित्रको कुरा थियो । तर मेरो एकमात्र पहिचान धुमिल हुन्थ्यो । त्यसैले इमानभित्र बाँचेको मेरो पत्रकारिताले त्यसो गर्न दिएन । ए ऽ मैले त नेताको अन्तर्वार्ताको कुरा गरेर तपाईंहरूलाई कफी गफमा पो अल्झाएछु । लौ अब अन्तर्वार्तातिर लागौँ ल ।
कफी गफ सकेपछि अन्तर्वार्ता सुरु गर्न नेता तयार भए । मैले प्रश्नहरू सोध्ने अनुमति पाएँ । टेपरेकर्डरको टाउकाको बटन दबाउनासाथ मन्द मुस्कान दिएर दायाँ हातको चोर औँलाले दुई इन्चे तिलचामले जुङ्गा खेलाउंँदै नेताले अन्तर्वार्ता दिन थाले । नेता आफैँले बोलाएको फोटोग्राफरले विभिन्न पोजको अन्तर्वार्ता दिइरहेको फोटो खिच्यो । अरूका तुलनामा रिजर्ब ट्याङ्कीजस्तै भइरहने अन्तरमुखी स्वभावका ती नेता रङ्गमञ्चको पर्दा खुलेझैँ विस्तारै खुले । अन्तर्वार्ता प्रारम्भ भयो ।
पहिलो प्रश्न- नेताज्यू तपाईंहरू जहिले पनि आन्दोलन आन्दोलन भन्नुहुन्छ । आन्दोलन कहाँ पुगेको छ, तपाईंहरूको ?
‘यो आन्दोलन केका लागि हो ? किन गर्नु पर्यो भनेर सोध्नुहोस् न पैला ?’
‘तिमीले अन्तर्वार्ता लिरा’छौ कि मैले नेताज्यू ! नेतामा सर्वज्ञ हुँ भन्ने महारोग सबैमा हुने रैछ कि क्या हो ? यिनीबाट पनि यही बुझियो नि ।’ मेरो मनको कुरा मनमै राखी अनुरोध गरेँ- कृपया मेरो प्रश्नमा ध्यान दिनुस् ल !
‘लौ सुन्नुस् त मेरो कुरा, हाम्रो आन्दोलन राजधानी र सदरमुकामका सडक-सडकमा पुगेको छ, फैलिरहेको छ । तपाईंहरूले देखिरहनु भएको छ, जनताको घर-घरमा पुग्न आँटेको छ आन्दोलन ।’
अर्को प्रश्न- प्रजातन्त्र दरबारमा लगेर बुझाउने नाथे दलहरूले गर्ने भनेको आन्दोलन ‘टाँएँ, टाँएँ फिस्’ भन्छन् नि तपाईँहरूको जनता ?
‘यो त नितान्त पूर्वाग्रही भनाइ हो । आरोपका लागि आरोप हो यो । यो सफेद झूट कुरा हो । यस्तो आपत्तिजनक भनाइ नसुन्न र यस्तोगैरजिम्मेवार आरोपको पछि नलाग्न म प्रजातन्त्रप्रेमी आमजनतामा आह्वान गर्दछु ।’ बोलिरहँदा नेताको अनुहारमा डम्म बादल लागेको देखियो ।
एकछिन नेतालाई सहज हुन दिएर उनको गम्भीरभाव सेलाएपछि मैले तेस्रो प्रश्न सोधेँ- यो सङ्घर्ष निणर्ायक हुन्छ भनी घोषणा गर्नुभएको धेरै सुनियो । तर त्यसपछिका आन्दोलनहरू माछो माछो भ्यागुतो भइरहेको छ । जनसहभागितामा किन यसरी खडेरी परेको होला ?
‘विकल्प नभएपछि सङ्घर्ष निणर्ायक हुने नै भयो । यो त समय लागे पनि अनिवार्य हुन्छ, हुन्छ । यतिवेला हामी जनताको मन जित्न, उनीहरूको घर-आँगनमा गइरा’छम् । विगतमा हामीमध्ये कतिपयले जनता रिझाउन नसकेको र अन्य केहीले जनविरोधी काम गरेको हुनाले निराश भएको तिनको मनमा मल्हमपट्ट िलगाइ सङ्घर्षको ऊर्जा थप्न प्रचार अभियानमा आन्दोलनलाई केन्दि्रत गर्याछम् । यसो गर्दा जनसहभागिता विकेन्दि्रत हुन्छ । त्यसैले आलोचना र गुनासोले भरिएको पत्रकार आँखालाई त्यस्तो लाग्न सक्छ । वास्तवमा हेर्नुस् आन्दोलन भुसको आगो जसरी सल्किरहेको छ, भित्र-भित्र ।’
अन्तर्वार्ताको सुरुबाटै नेता ठुस्केर छेडखान गर्न थालेका थिए । तर मैले बेवास्ता गरी आˆनो काम जारी राखेँ ।
चौथो प्रश्न- कहिलेदेखि तपाईंहरू नामको होइन कामको आन्दोलन गर्नुहुन्छ ?
‘मानिलिनुस् यतिन्जेल हाम्ले ख्याल ख्यालको आन्दोलन गर्याथेम् । अब हिजो अस्तिको जस्तो मात्र हुँदैन । हामी साँच्चैको आन्दोलनको आँधीबेरी ल्याउछौँ । निरङ्कुश राजतन्त्रलाई धूलो चटाउन नेपाली जनता जागिसक्या छन् । हेर्दै जानुस् जागेका जनता दलहरूको उद्घोष पर्खेर बसेका छन् । प्रतिगमनलाई बढार्न सुनामीभन्दा शक्तिशाली भएर जनता उर्लने छन्, एकढिक्का भई जाइलाग्नेछन् । उनीहरूले निरङ्कुशतन्त्रको नाइकेलाई रछ्यानमा फाल्ने दिन छिट्टै आउँदै छ ।’
नेताले प्रश्नको उत्तर दिइरहेका थिए । यो उनको सुगारटाइ उत्तर थियो । योभन्दा गहकिलो उत्तर खोतल्न सकिन्छ कि भनेर मैले बीचैमा अर्को प्रश्न अघि सार्न लाग्दा मेरो मनमा अनायास अनियन्त्रित ढङ्गले उब्जेर घाँटीसम्म आएको- ‘आन्दोलन त तुहियो होइन र !?’ भन्ने प्रश्न दबाउन रूद्रघन्टीलाई आदेश दिएँ अनि सोधेंँ- ‘साँच्चै आन्दोलनको आँधीबेरी कहिले ल्याउनुहुन्छ तपाईंहरू ?’
‘ज्योतिषले जस्तो राजनीतिक आन्दोलनमा तिथि, मिति, वार, समय गणितमा ठ्याक्क मिल्ने गरी तोकिएको हुन्न । …अर्को कुरा व्यापक जनताको सक्रिय सहभागितामा हुने यस्ता सामाजिक आन्दोलन सञ्चालकले अरूले जस्तो ‘तातै खाऊ जली मरू’ गर्नु हुँदैन । बरू खोला किनारमा माछा ढुकेर बस्ने बकुल्ला हुन सक्नुपर्छ । …’ नेताले कुरा घुमाउँदै, जिब्रो बटार्दै गोलमटोल जवाफ दिए ।
अहिले तपाईंहरूले सञ्चालन गर्न लाग्नु भएको आन्दोलनको लक्ष्य तथा उद्देश्य के हो ? उनको कुराले मलाई भने खिन्न्ाताले घेर्यो र तुरुन्तै यो प्रश्न सोधेँ ।
‘हाम्रो आन्दोलन भनेको जनताको आन्दोलन हो । यसका उद्देश्य र लक्ष्यलाई हामीले आन्दोलनकारी दलहरूको सहमतिमा भर्खर सम्पन्न रत्नपार्कको खुला संसद्मार्फत जनतासमक्ष पेस गरिसकेका छौँ ।’
‘ए हो र !’ मैले बीचैमा आश्चर्य प्रकट गरेँ ।
मेरो कुरा नसकिँदै अलि कडा स्वरमा नेता गर्जे- ‘हत्तेरीका… हेर्नुभएन र त्यो ? हप्ताभरि त्यही समाचारले सन्सनी फैलाएको थियो । ठट्टा नगर्नुस् के ? सञ्चारका बाहक पत्रकारले त्यस्तो महफ्वपूर्ण विषय हेरिनँ भन्न सुहाउँदैन । आम्मै त्यो त तपाईंहरूका लागि ‘हटकेक’ हो, ‘हटकेक’ !? ल भइहाल्यो !’ यो हेरेर एउटा टिप्पणी र एउटा विश्लेषण लेखी छपाउनु होला । झट्पट् एकप्रति बि्रफकेशबाट झिकेर दिए । मलाई भने रत्नपार्कको सभामा मान्छे कति थे ? अनि पत्रपत्रिकामा छापिएको खबर कतिले पढ्छन् भन्नेसम्म ख्याल नभएको नेताको चालादेखि दया लाग्यो ।
‘जे होस् त्यसमा हामीले यो आन्दोलनको लक्ष्य र उद्देश्य जनताको हातमा सार्वभौमसत्ता पुनस्र्थापित गर्नु हो भन्ने प्रस्ट पारेका छौँ ।’ नेता चिजबल फुलेझैँ गज्जबले फुले ।
कुसल वार्ताकार जनाउन मैले अर्को पुरक प्रश्न गरेँ- ‘अर्थात जनताको हातमा सार्वभौमसत्ता ल्याउने भनेको तपाईंहरूको हातमा सत्ताको डाडु पन्यौँ पर्नु हो हैन त ?’
‘कहाँ त्यसरी मैले भन्या हो र ? मेरो कुरा सोझो छ, सरल छ, कहीँ कतै छलकपट छैन । खुला आकाशमा बिहानको घामझैँ छर्लङ्ग देखिने गरी भन्दाभन्दै त्यसरी गलत अर्थ लाग्ने गरी कुरा नबटार्नुस् न ! तपाईंलाई थाहै छ कुरो र कुलो जता लग्यो त्यतै जाने चीज हो ।’
सुरुदेखि नै गजक्क गज्केका नेता त कुटिल मुस्कान दिएर झगडा गर्लान्जस्ता भए ।
ल, ठीक छ । मेरो यो पछिल्लो तर्कलाई अनौपचारिक बाकसमा थन्क्याउँला । तपाईंको ‘गुडवील’ सुहाउने गरी सन्दर्भ मिलाएर अरू भन्नुस् नेताज्यू ?’ म अलि नरम भएँ ।
‘असोजतन्त्रदेखि मकरतन्त्रले जनताको जुन अधिकार खोसेको छ, त्यो अधिकार जनताको हातमा फिर्ता ल्याउनु नै हाम्रो आन्दोलनको लक्ष्य हो ।’
त्यतिले जनताको हाताँ सार्वभौमसत्ता कसरी आउँछ र ? मैले बीचैमा फेरि अर्को प्रश्नवाचक जिज्ञासा ओछ्याएँ ।
‘पख्नुस् न बोलिरहेको वेलामा जान्ने भ’र विजयकुमारले जसरी बीचमा प्वाक्क नबोल्नुस् न । अँ म भन्दै थेँ- निरङ्कुश राजतन्त्रको हातमा कैद गरिएको जनताको प्रजातन्त्रलाई निरङ्कुशताको पञ्जाबाट स्वतन्त्र बनाउन र लोकतन्त्रको रूपमा पूर्ण विकसित पार्नु नै हाम्रो आन्दोलनको एक मात्र मूल लक्ष्य हो । अर्जुनदृष्टि हो । लोकतन्त्र यस्तो अचुक अस्त्र हो जसले जनतालाई रैतीबाट माथि उठा’र नागरिक बनाउँछ । अनि वास्तवमै जनता अधिकार सम्पन्न बन्न सक्छन् । जनता अधिकार सम्पन्न र सार्वभौम भए मात्र मुलुकको राष्ट्रियता बलियो हुन्छ । देशलाई शान्ति र अमनचयनको मार्गमा अगाडि बढाउन सकिन्छ । हामी राजनीतिककर्मीका लागि त्यो क्षेप्यास्त्रजस्तै अचुक अस्त्र हो, सञ्जिवनी बुट्टी हो । हाम्रा लागि जनता सबथोक हुन् । जनताका लागि हामी मर्न तयार छौँ, मेटिन तयार छौँ । किनभने जनताबिनाको राजनीति पानीबिनाको माछाजस्तै हुन्छ । जनतालाई आˆनो स्वतन्त्रता प्यारो छ भने आˆनो मालिक आपै“m हुने हो भने, रैतीबाट नागरिक हुने हो भने, हामीलाई साथ नदिई सुखै छैन । हामीले हाम्रो लक्ष्यलाई प्रस्ट शब्दमा र मूर्तरूपमा अघि सारेका छौँ । सार्वभौमसत्ता जनताको हातमै हुनुपर्दछ भन्ने मान्यतालाई हामीले स्पष्ट रूपमा उठाएका छौँ । ल भयो अब ! अब त चित्त बुझ्यो होला नि !’
जनताको सार्वभौमसत्ताको प्रयोग कसरी र कस्ले गर्नुपर्छ भन्ठान्छ त सात दल ?
‘सार्वभौमसत्ताको प्रयोग प्रत्येक वालिग जनताबाट बिना डर, त्रास स्वतन्त्रतापूर्वक गर्न पाउनुपर्छ । जनताले आˆनो मर्जीले गोप्य मतदानबाट मनले खाएको उम्मेदवार चुन्न पाउनुपर्छ । यसरी चुनिएको प्रतिनिधिहरूमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्छन्, जसलाई संवैधानिक सार्वभौमसत्ताको प्रयोग भनिन्छ । त्यसबाहेक सार्वभौमसत्ताको अर्को प्रयोग राजनीतिक रूपले हुन्छ । त्यो जनताको राजनीतिक प्रतिनिधिको हैसियतले राजनीतिक पार्टीहरूको माध्यमबाट हुन्छ ।’
अर्थात् घुमीफिरी रुम्जाटार भन्याजस्तो जनताको नाममा तपाईंहरूले प्रयोग गर्न पाउनुपर्छ, हैन त ?
‘हो ठीक भन्नुभयो । तर जनताले जसलाई जतिन्जेल पत्याउँछन् त्यतिन्जेल मात्र, जुन दललाई बहुमतले चुन्छन् त्यसले मात्र प्रयोग गर्न पाउनुपर्छ । यो लोकतन्त्रको मुख्य कडी हो । विश्वप्रसिद्ध विधि पनि यही हो । फेरि पनि म जोड दिएर भन्छु, गाँठी कुरा यही हो ।’
बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सार्वभौमसत्ताको प्रयोग जनता वा जनताले पत्याएका संस्थाहरूको माध्यमबाट मात्र हुन्छ र त्यही हुनुपर्छ त भन्नुभयो, तर एकातिर तपाईंहरूले जनताबाट प्राप्त त्यो अधिकार पटक-पटक बाँदरको हातमा नरिवल बनाउनु भयो । अर्कोतिर निमुखा जनता त पाखाको पाखामै भइरहे नि ! मेरो यो प्रश्नले उनलाई केही गम्भीर बनायो ।
‘हामी सातै पार्टीहरूले अस्ति भर्खर रत्नपार्कको सभामा सबैको सामु उभिएर पाखामा परेका सीमान्तकृत जनतालाई मूलधारमा ल्याइछाड्छौँ भनी दिएको वचनले ग्यारेन्टी दिइसक्या छ नि । यति चाँडै कस्तो बिर्सेको तपाईंले ! त्यही हो त ग्यारेन्टी ? राजनीतिमा आमरूपमा नेताले बोलेको कुरा दलको नीति हुन्छ भन्ने प्रचलन छ नि बुझ्नुभएन ?’
‘बोलीको ठेगान नहुने जात कुन हो भन्दा नेता हो भन्ने कहावतै बसिसकेको तथ्यप्रति कसरी आँखा चिम्लन सकिन्छ र नेताज्यू ?’ घाँटीबाट फुत्केर मुखैमा आएको यो कुरा मुस्किलले थुनेँ अनि मैले यसो भनेँ- ‘मलाई हैन तपाईंले त जनतालाई पो प्रस्ट पार्न सक्नुपर्छ हैन र ! एकचोटि विज्ञप्ति निकालेर, जनताको घरआँगनमा नारा टाँस्दै हिँडेर, केही स्थानमा केही थान पर्चा छरेको, कतै-कतै सानातिना सभा गरेको भरमा जनताले बुझ्छन् भन्ठान्नु ठूलो भूल हुनेछ, नेताज्यू ।’ यो मेरो उनलाई सुझाब मात्र थियो ।
पार्टीलाई दण्ड र नेतालाई सजाय दिनुपर्यो भने के गर्ने नि ? त्यसपछि मैले बाँकी प्रश्न अघि सारेँ ।
‘त्यो पनि जनताको अधिकार हो । जनताको यो अधिकारलाई कसैले पनि हरण गर्न पाउँदैन । कैल्यै जनताको कठघरामा नउभिएको अनिर्वाचित निकायले त झन् गर्नै पाउँदैन । कानुनी रूपमा कसैलाई सजाय दिनुपर्यो भने अदालत वा अधिकारप्राप्त संवैधानिक निकायछन् । तिनीहरूको अधिकार र कर्तव्य संविधानमा तोकिएको छ । होइन, राजनीतिक विषयमा जनताले नै दण्ड दिनुपर्यो भने त्यसको प्रयोग निर्वाचनको माध्यमबाट हुन्छ । त्यो अधिकारलाई कसैले पनि चुनौती दिन मिल्दैन । अहिले त उल्टो प्रक्रिया सुरु भयो, प्रधानमन्त्रीलाई सजाय दिने काम राजाबाट भयो । कसले दियोे राजालाई त्यो अधिकार ? यो संविधानले राजालाई त्यो अधिकार दिएकै छैन । प्रधानमन्त्रीलाई बर्खास्त गर्ने जिम्मेवारी राजामा होइन, संसद् अर्थात् जनतामा हुन्छ, संविधानले त्यही भन्छ ।’
अहिलेसम्मको आन्दोलनको मूल्याङ्कन कसरी गर्नुभएको छ त ?
‘पहिलो कुरा त हामीलाई पटक-पटक झुक्क्याएर असोजतन्त्रबाट प्रारम्भ गरी मकरतन्त्रमा संस्थागत गरिएको प्रतिगमनका विरुद्ध व्यापक जनचेतना र जनजागरण देखियो ।’
यो उत्तरले मलाई दिउँसै रात परेजस्तो भयो । यी नेता भनाउँदाहरू जति राजतन्त्रको निरङ्कुशे डण्डाको मार खाए पनि वास्तविकता अनुभव -महसुस) नगर्ने ज्याद्रा हुँदारे’छन् भन्ठान्दै मैले उनको जवाफ पचाउन नसकेर अर्को पूरक प्रश्न तेस्र्याएँ ।
जनताको तारो बनेका पथभ्रष्ट नेताहरूले हाँकेको हुनाले आन्दोलन नेताको भाषण र दलको विज्ञप्तिमा टाँस्सिएको छ, जनताको माझमा पुगेको छैन । पालित-पोषित मुठ्ठभिरका ऐरे गैरे कार्यकर्ताबाहेक जनता आन्दोलनको पक्षमा छैनन् भन्ने कुरा सर्वव्यापी भएको देख्नु र सुन्नुहुन्न तपाईंहरू ?
मेरो यो तातो प्रश्नले नेता तिल्मिलाए । लाल-लाल आँखा, रगत चुहिन आँटेको जस्ता राता कान भयो उनको । अनुहार पनि हेरी नसक्नुको नीलो कालो भयो । तर धैर्य राखेर उनी अघि लागे- ‘तपाईंको पछिल्लो प्रश्नले लामो उत्तर खोजेको छ । त्यो सबै तपाईं एक अङ्कमा छाप्न सक्नुहुन्छ र ? छाप्ने ग्यारेन्टी गर्नुस् म उत्तर दिन तयार छु । तर छाप्नै पर्ने सर्तमा ।’ त्यतिन्जेल म पनि ठण्डा भइसक्या थेँ ।
‘अलि संक्षिप्तमा भन्नुस् न !’ मैले आˆनो टाउको कन्याउँदै भनेँ ।
‘काँ हुन्छ ? पत्रकारले कलम घुमाउने ठाउँ पाउँछन् । पत्रकारका पछि कुद्ने विरोधीहरूले अन्टसन्ट पार्दिहाल्छन् । तपाईंलाई थाहै छ । अर्थको अनर्थ लगाई डङ्का पिटिन्छ । नेताको खोइरो खनिन्छ । प्रतिगामीहरू र तिनका मतियारहरू त्यसो गर्न माहिर छन् ।’ उनले यसो भनिरहँदा ‘तपाईं नेताहरू पनि नयाँ पत्रकारलाई नौली प्रेमिका -रख्यौटी)लाई पुल्पुल्याएझैँ पुल्पुल्या’र टाउकामा चढाउनुहुन्छ अनि नेताका टाउकामा चढ्न पल्केका बाइफाले पत्रकारले नेताको टाउकामा गिर नखेले कल्ले खेल्छ’ त ?’ मेरो मनभित्र उठेको यो उत्तररूपी ज्वाला मनभित्रै दबाएँ मैले ।
प्रश्न- उसोभए सडकमा जनता उत्रेनन् भन्ने भनाइ…..?
‘यो भनाइ सोर्हैआना झूठो हो ।’ प्रश्न सोधी नसक्दै नेता कुदे- ‘प्रतिगमनकारीहरूको दलहरूका साथमा जनता छैनन् भनी आत्मरतीमा रमाउने चाल मात्र हो यो ! यथार्थमा के हो भने – प्रतिगमनका विरुद्ध व्यापक जनआक्रोश देखियो । यो देखेपछि वास्तवमा प्रतिगामी शक्तिहरू अत्तालिएका छन् । राजाको कदमलाई जनसमर्थन पटक्कै नभएको अर्को तथ्य छ हामीसँग । प्रतिगमन भएको केहीवेरमै काठमाडौँ, पोखरा, बुटवल, विराटनगर आदि स्थानहरूमा स्वतःस्फुर्त रूपमा प्रतिगमनको विरोधमा जनता उत्रेको कुरा दिनको घामझैँ छर्लङ्ग देखिएको हो नि ! कि होइन लौ भन्नुस् त !’ यसो भन्दा नेताको आँखाले मलाई टोकिरहेको थियो ।
‘जनतालाई दमन गर्न सैनिकलाई सडकमा उतार्नुपरेको तथ्य बिर्सन सकिँदैन । यसबाट पनि दमनले जनतामा आक्रोश ल्याउँछ र उनीहरू शान्तिपूर्ण रूपमा प्रतिरोध गर्न सडकमा उत्रन बाध्य हुन्छन् भन्ने सत्य प्रमाणित भएको छ । समाजमा यस्तो भइरहन्छ । अर्को कुरा यो आन्दोलन राजनीतिक पार्टीका एकमुठ्ठी नेताको लहडमा होइन जनताको प्रतिरोधी भावनाको जगमा हुँदै छ, जनबलमा यो छिट्टै सफलताको शिखरमा पुग्नेछ । प्रतिगमनको नेतृत्व गरेर राजाले आˆनो आयु आफैँले छोट्याइरहेका छन् । प्रतिगमनको तातो गोली जनताका टाउकामा हानेकाले जनता मर्नु परे खुट्टा तन्कार मरम्ला तर लोकतन्त्र ल्याई छाडम्ला’ भनेर अरिङ्गाल खनिए जसरी राजतन्त्रमाथि खनिँदै छन् हेर्नु होला ।’
०००
यो अन्तर्वार्ता तपाईंलाई कस्तो लाग्यो ? नुन नहालेको तरकारी हैन त ? मलाई सबैभन्दा मन पर्ने प्रष्टवक्ता र दूरद्रष्टा नेताको अन्तर्वार्ता त यस्तो खल्लो हुन्छ भने अरूको के हालत होला ? त्यसैले अरू नेताको अन्तर्वार्ताको गन्थन लेखेर तपाईंको महत्वपूर्ण समय खेर नफालौँ होला !
(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )