~रेखा पन्त~
सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !!
हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!!
घाम पानी झरी बादल् , पर्वाह नगरी
जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !
मेटाउन भोक प्यास, आफै निख्रिएर
ममताले अमृत् धारा, चुसाउँछिन् आमा !
केहि नखाई, भोको पेट्मा, पटुकी कसेर
हाम्रै ख़ुशी हेर्दै चित्त, बुझाउँछिन् आमा !
प्रेम् को न्यानो स्पर्शले, सुम्सुम्याउँदै कपाल
आऊ निदरी भन्दै लोरी, सुनाउँछिन् आमा !
आफु दुख्छिन् अप्ठ्यारोमा, दुःख, अभाबमा
निस्वार्थी छन् , न अरुलाइ दुखाउँछिन् आमा !
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )