~मनोहर काफ्ले~
“पेटमा छदा देखिनै तिमीहरु झगडालु स्वभाब का थियोउ । भोक लाग्दा मलाइ लात्तले हान्थेउ , म बुझ्थे , मैले पौस्टिक आहार अलि बढिनै खानु पर्ने हुन्थ्यो ,किनकि तिमीहरु दुइजना मेरो पेटमा थियेउ । यस्तो लाग्थ्यो, तिमीहरु भित्र पनि लडाई गरि रहेका हुन्थ्येउ । मैले सन्तुलित खाना खाए पश्चात भने तिमीहरुको अघाएको जस्तो गरि चुप हुन्थ्येउ अनि म ढुक्क ले सुत्थे”। हाम्री आमा भन्ने गर्नु हुन्थ्यो ।
म र मेरो बैनी आमाको पेटमा एकैचोटी प्रवेश गरेका थियोउ , संगै बिकास भएका थियोउ । आमाले खाएको पौस्टिक तत्वले परिपूर्ण आहारको केहि अंश हामीले पनि पाएका थियोउ र दुबैले लुछाचुँडी गरेका थियोउ । हामीले सायद आमाको पेटमै हुदा बुझेका थियोउ जीवन भनेको संघर्ष हो , मार्क्सले भनेजस्तै द्वंदात्मक भौतिकबाद । हामी दौड प्रतियोगिताका दुइ प्रतियोगी थियोउ, जितको लागि कहिले अघि फेरी कहिले पछी दगुर्दै गन्तब्य तिर अघि बडी रहेका मासुम रक्तपिंड । आमाको साघुरो पाठेघरलाई फराकिलो पार्दै एक आपसमा भिड्दै हुर्की रहेका थियोउ । आमा भने हामीहरुले भित्र जतिनै झगडा गरि खुट्टा र मुक्का प्रहार गरे पनि हासी हासी सहनु हुन्थ्यो र आफन्त हरुलाई हामीहरुको क्रियाकलाप बारे बढाई चढाई बखान गर्नु हुन्थ्यो ।
यसरि नै हामी दुइ भ्रुण बाट बिकसीत भै आमाको गर्भमा एकैचोटी जुम्ल्याहा पहिलो सन्तानका रुपमा हुर्कदै थियोउ । बिभिन्न आरोह र अवरोह हरु पार गर्दै हाम्री आमाले पेटमा ९ महिना ७ दिन सम्म त राख्नु भएको थियो, त्याहा पछी भने हामि अटाउन सकेका थियेनौ । जब आमा प्रसव बेदनाले छटपटीनु भएको थियो हामी भने बेखबर आमाको पेट भित्रै झगडा गरि रहेका थियोउ। हाम्रो झगडा को कारण थियो को पहिला बाहिर निस्कने ।उसको अडान थियो उ पहिला जाने र मलाइ स्वागत गर्ने । तर म भने आफै पहिला निस्कने र जेठो दाजुको खिताप पाउने ध्वेय मा थिएँ ।उ पनि झनै के कम ,आफै दिदि भएर मलाइ भाइ बनाउन लागि परेकी थिइ ।
आमा बाहिर प्रशव बेदनाले तड्पिरहनु भएको थियो । भित्र भने हाम्रो द्वन्द चलिनै रहेको थियो । दुबै कहिले एकै चोटी निस्किन कोशिस गर्थोउ त कहिले तानातान गर्दै थियोउ । बाहिर आमालाई गाह्रो भै रहेको थियो । हामी निचोड मा पुग्नु को सट्टा झगडा मा सामिल भएकोले आमालाई धेरै पीडा भएछ । सुडेनी दिदीको मद्दतले म नै पहिले बाहिर आएर बिजेताको रुवाइ रोएँ । केहि बेर पछी बैनी पनि बाहिर निस्की र जोड जोडले रुन थाली तर उसको रुवाइ र मेरो रुवाइमा भिन्नता थियो । मेरो रुवाइ बिजेता को र उसको रुवाइ पराजित को थियो । उ म भन्दा केहि बेरले कान्छी भइ र म दाइ । त्यसैले त मेरो अनुहारमा रुवाइसगै विजयको कुटिल मुस्कान थियो ।
हामी दुइ हुर्कदै गयौ । बुबाले बाँसको चोयाबाट यौटा ठुलो कोक्रो बनाउनु भएको थियो र हामी त्यहि कोक्रो भित्रै लुछाचुँडी गर्दै बड्दै गयौ । बैनीले मौका पाउने बित्तिकै मेरो अनुहारभरि नंग्राले चिथोरी दिन्थी र म पनि त्यसरी नै बदला लिन्थे किनकि म उ भन्दा जेठो थिए र बैनीले चिथोरेको सहन सक्दिन थिएँ । आमाले हामी दुइ को कृयाकलाप थाहा पाएर हाम्रो कलिला औलाको नङ फेदै लगाएर काटी दिनु भएको थियो र चिथोरेको ठाउमा तोरीको तेलले मालिस गरिदिनु भएको थियो । बैनीले आफ्नो कोतारने नङ नभएको देखेर रुन लागेकी थिइ र म पनि बैनीलाई कोपर्न नपाउदा रोएको थिए । आमाले आफ्नो छातीमा टासेर दुबैलाई दुध चुसाउनु हुन्थ्यो , तर त्यहा पनि हामि दुबै प्रतियोगी नै थियोउ , छिटो छिटो आफ्नो पट्टि सिध्याएर उसको पट्टिको हडप्ने दुबैको दाउ हुन्थ्यो ।
प्रतिद्वन्दी भएकोले नै होला , हामी खाना पनि छिटो छिटो प्रतियोगी भएर नै खाने गर्थियौ , त्यसैले दुबै जना रिस्ट्पुस्ट थियोउ । खेल्दा पनि उ गुडिया , चुरा, पोते , भाडाकुडा खेल्थी भने म बल , गन या साइकल । उ बालुवामा घर बनाउने , भात पकाउने , शृंगार गर्ने , सजाउने आदि मा तल्लिन हुदा म उसले बनाएको घर बिगारी दिने , भाडाकुटि फालिदिने र सबै छरपस्ट पारि दिने गर्थें ।उ रिसले चुर हुन्थी र आमालाइ पोल लगाई दिन्थी , आमा पनि उसको कुराको लहैलहै मा लागि मलाइ गालि गरे जस्तो गर्नु हुन्थ्यो । मलाइ त्यो गालीले त अलिकति पनि छुदैन थियो , तर उ भने आमाले गालि गरेको देखेर आस्वस्थ हुन्थी र कुटिल मुस्कान छर्दै म पट्टि हेर्दै “खुचिंग खुचिंग, ठिक्क पर्यो, गालि खाइस” भन्दै दुबै हात का नाडी हरु हलाउदै कुद्थी ।
बैनी र म यसरि नै हुर्किदै गयौ । हामी मा दाजु र बैनीमा हुने सहयोगी भावना भन्दा पनि प्रतीद्वंदी, प्रतिस्पर्धी कै भाव बिकशित हुदै गयो । बुबाले हामि दुबैजना लाइ एउटइ स्कुलमा भर्ना गरि दिनु भयो र एकै किसिमका सर्ट र पेन्ट सिलाइ दिनु भयो तर बैनीले मेरो जस्तो लुगा लगाउन मानिन , उसले पेन्ट को सट्टा स्कर्ट नै लगाउने जिद गरि नत्र स्कुल नै नजाने अडान लिई । अन्तमा बुबाले उसको लागि भनेर स्कर्ट नै सिलाइ दिनु भयो । उ फेरी म पट्टि फर्किएर विजय को मुस्कान छरेकी थिइ ।
हामीहरु अलिक ठुला र स्कुल जाने भए पछी बुबाले साइकलमा स्कुल सम्म पुर्याउनु हुन्थ्यो । साइकलको अगाडीपट्टि बस्नमा पनि हामीमा तछाड र मछाड हुन्थ्यो । हाम्रो बुझाइमा अगाडी पट्टि बस्न मा अर्कै शान हुन्थ्यो , बाटो भरि हेर्दै जान पाइन्थ्यो । यसको अलावा बुबाको सामिप्यमा अझ धेरै स्नेह रहेको महसुस हुन्थ्यो । तर पछाडी बस्ने ले यो मौका नपाउने हाम्रो बाल मनोविज्ञान मा बसेको थियो । तर बैनी म भन्दा सानी भएकीले अगाडी पट्टि बस्न भने उसले मौका पाउथी । उ फेरी मख्ख पर्थी , म पट्टि कर्के नजरले हेर्थी र मलाइ जलाउथी । म रिसले र आत्मग्लानी ले भुतुक्कै हुन्थे ।
हामीले आमाको गर्भबाट जीवन संघर्ष हो भन्ने बुझेका थियोउ , एक आपसमा प्रतिस्पर्धी भएर हुर्किएका थियोउ , त्यसैले दुबैजना पढ्न मा पनि अब्बल थियोउ । परिक्षा मा राम्रो नतिजा ल्याउदा बुबा आमाको स्नेह मा पनि बढोत्तरी हुन्छ भन्ने हामीलाई थाहा थियो , त्यसैले कहिले उसले थोरै प्रतिशत ले मलाई जितथि भने कहिले म । मैले जितेको बेला भने उ ठुस्स परेकी हुन्थी भने उसले जितेको बेला उही विजय को मुस्कान साथ् म पट्टि कटाक्ष गर्थी । म भने फेरी पनि रिसले भुत्तुक्क हुन्थें ।
आमा बुबाहरु हाम्रो पढाइको प्रगति विवरण हेरेर मख्ख पर्नु हुन्थ्यो । वाहाहरु लाइ हामी प्रति गर्ब थियो ।हामीलाई भबिस्यमा के बिषय लिएर पढाउने भन्ने सर सलाह गर्नु हुन्थ्यो । कहिले काही भने हामी दुइ बिचमा मौलाउदै गरेको प्रतिस्पर्धी भावनाले केहि खिन्नता ल्याउथ्यो तर पनि यस्तो भावले हामी दुबैलाइ फाइदै पुर्याएको निस्कर्ष निकाल्नु हुन्थ्यो ।
कहिले काही बुबा आमा ले हामी दुबैलाइ संगै राखेर अर्ति उपदेश दिदै भन्ने गर्नु हुन्थ्यो “ तिमीहरु दुबैजना सक्क्षम् भएको र आफ्नै खुट्टामा उभिएको हेर्न चाहन्छौं , तिमीहरुलाई जसरि भए पनि उच्च शिक्षा पढाउछौ ,यो प्रतिस्पर्धी दुनियामा अगाडी बढ्नु पर्छ नत्र पछाडी नै छोडिन्छोऊ” । हामी पनि बुबा आमा को कुरो को तात्पर्य बुझे जस्तो गर्थिउ र दुनिया संग प्रतिस्पर्धा भन्दा पनि एक आपसमा प्रतिस्पर्धी थियोउ ।
स्कुलमा छदा अरु साथीहरुका बैनीहरु आफुले लगेका खानेकुराहरु उनीहरुका दाइसँग बाडेर खान्थे तर मेरो बैनीले कहिले पनि त्यसो गरिन न त मैले नै उसलाई केहि दिएं । उल्टै उसको टिफिन को बट्टा घरमै लुकाई दिन्थे । मलाई कहिलै लागेन कि मैले उसको टिफिन घरमै लुकाइ दिएकोले मेरो बैनी भोकै भै होलि भन्ने । यसको बदलामा बैनीले कि त घरमा बुबालाई पोल लगाई दिन्थी या त मेरो टिफिन को खाने कुराहरु घोप्ट्याएर भाग्थी ।कहिले खाने कुरा नपाएको झोकमा त्यसले मेरो हातको राम्ररि कुटाइ खान्थी । यसको प्रतिक्रिया स्वरूप उ पनि हात खुट्टा चलाउथी , कोपर्थी ,चिथोर्थी ,टोक्थी र अन्तमा म दाजु थिएँ र जित मेरै हुन्थ्यो । उ हार्थी ,आफ्नु कपाल आफै लुछ्थी ,कपडा च्यातेर भए नभएको पोल पुनः बाबा आमालाई सुनाउथी । बैनी भएको नाताले बुबा आमा समक्ष उसको जित हुन्थ्यो , मैले गालि खान्थें । उसको अनुहारमा फेरी पनि बिजयको अट्टहास हुन्थ्यो।
बैनीको लक्ष्य थियो एस एल सी मा मेरो भन्दा राम्रो अंक ल्याएर आमा बुबा समक्ष् मेरो शेखी झार्ने । मेरो पनि त त्यहि नै ध्येय थियो बैनीको अगाडी जितेर नाक फुलाउने र दाजु भएको प्रमाण देखाउने । रिजल्ट भएको दिन गोरखापत्रमा हामी दुबै जना नम्बर खोज्न थालिउ , मैले उसको र उसले मेरो । दुर्भाग्यबस एक प्रतिशतले उसले मलाइ जितिछ र घरमा मात्र नभएर गाउ, टोल भरिनै ढोल पिटेर मलाई हरुवाको उपाधि दिलाई । यसको प्रतिशोधमा उसले दिएको बिजयको लड्डु उसैको आखाँ अगाडी मैले कुकुर , बिरालो र कुखुरा लाइ खुवाएर केहि मात्रमा भए पनि उसलाई चिडाउन र नीचा देखाउन सफल भए ।
अब भने मैले बैनीले होच्याएको सहन असमर्थ थिएँ किन भने म ठुलो भै सकेको थिएँ । बैनी पढ्ने कलेज मा म कुनै हालतमा जान्न भनेर आमा बुबासंग अडान लिएर बसेको थिएँ। आमाले मलाइ सम्झाउन अनेक प्रयत्न गर्दै भन्नु भएको थियो “दाजु बैनी एउटइ कलेजमा भर्ना हुदा फिस मा पनि केहि सहुलियत हुन्छ , बैनीलाई पनि केहि सुरक्ष्या को प्रत्याभूति हुन्छ,” तर म भने कुनै हालतमा पनि मान्नेवाला थिइन् । बैनी पनि म पढ्ने कलेजमा नपढ्ने अडानमा थिइ । अन्तमा हामी दुबै अलग अलग कलेजमा भर्ना भयेउ । बैनीको अनुहारमा आज फेरी बिजयको मुस्कान थियो ।
बैनी नभएको कलेजमा पढ्न पाउदा म भित्र देखिनै धेरै खुसि थिएँ ,किन भने उसले मेरो बारेमा कुनै कुरा घरमा अब देखि सुनाउदीन । उसको र मेरो कलेज टाइम पनि फरक भएको भएर घर बाट निस्कदा पनि अघिपछि भएर निस्कन्थिउ । म बैनीको चंगुल बाट मुक्त भएको थिएँ , स्वतन्त्र भएको महसुस गर्दथे । उसको अट्टहास र कुटिल मुस्कान बिहान बेलुका बाहेक सुन्नु र देख्नु पर्दैन थियो । सायद उसलाई पनि मलाइ जस्तै भएको हुदो हो ।
एक दिन हाम्रो कलेजको बार्षिकोत्सवमा इन्टर कलेज डिबेट च्याम्पियन को आयोजना हुने भयो । डिबेट को बिषय थियो “महिला सशक्तीकरण मा पुरुष को भूमिका” ।यो बिषयको बिपक्ष्य मा बोल्ने हाम्रो कलेजको टिम लिडर म थिएँ भने पक्ष्य मा बोल्ने अर्को कलेजबाट मेरो बैनी थिइ । सुरु मा त हामी ले आ आफ्नु तर्क राख्यौं ,तर बोल्दै जादा पक्ष्य र विपक्ष मा चर्का चर्की हुन् थाल्यो । हुदा हुदै दुबै पट्टि हात हालाहाल भयो । मेरो बैनीले चप्पल खोलेर म माथी प्रहार गरि । म माथी चप्पल प्रहार भएको देखेर मेरा साथीहरुले पनि प्रतिकारमा उत्रिए । यो काण्ड ले ठुलै रुप लियो । मेरो बैनीलाई पनि मेरा साथीहरुले चप्पलै चप्पलले पिटे । म हेरी नै रहें , मैले कुनै प्रतिकार नै गरिन । उ मेरी बैनी हो भनेर कसैलाई थाहा नै थिएँन र मैले पनि मेरो बैनी छ भनेर कसैलाई भनेको थिइन् । अन्तमा सर हरुले यो झगडा साम्य पार्न मद्दत गर्नु भयो र मेरी बैनीले झगडाको सुरुवात गरेको भएर उसले हामी समक्ष्य माफी माग्नु पर्ने भयो । यसै बीच मेरा साथीहरुले मेरो बैनीलाई नाना थरि अश्लिल शब्द ले गालि गरे , मैले सुनी रहें । सहि नै लाग्यो , कुनै प्रतिक्रिया जनाइन ।
यो काण्ड पछी मेरो बैनी र म मा झनै बैर भाव जागृत हुन् सुरु भयो । बैनी र मेरो बीच अब भने बोलचाल नै बन्द भयो । केहि दिन पछिनै बुबा आमा हरुलाई हामी बीच भएको झगडाको बारे थाहा भयो र बोलचाल समेत बन्द रहेको ज्ञात भयो । हामी लाइ फेरी पनि आमाले सम्झाउदै भन्नु भएको थियो “हाम्रा सन्तान भनेको तिमीहरु दुइजना हौ,कति झगडा गर्छोउ कुकुर र बिरालो जस्तो , हामी पनि डाडाका घाम , एक दिन अस्ताउछौ , यो बैनी पनि त यो घर छोडेर अर्काको घरमा एकदिन जान्छे , मिलेर बस्न तिमीहरुलाई आउदैन?” यसो भन्दै बुबा आमा तुरुक्क आशुं चुहाउदै हामीलाई सम्झाउनु भयो । तर हामीमा पलाएको बैर भाव काहा त्यत्तिकै शाम्य हुन्थ्यो ।
एक दुइ दिन गर्दै दुस्मनी झन् बढ्दै गयो । मलाइ देख्ने बित्तिकै उ अर्को पट्टि मुन्टो बटार्थी भने म पनि उसको अनुहार देख्नु नपरोस भनेर तर्केर हिड्थे । हुदा हुदा किचनमा खाना खान पनि अलग अलग जान लाग्यों । यो हाम्रो तमासा देखेर आमा धेरै पिर मान्दै रुनु हुन्थ्यो भने बुबा भित्र भित्रै तड़पिनु हुन्थ्यो ।
अब त म पनि परिपक्क भै सकेको थिएँ । बैनि पनि १९ बर्ष लागि सकेकी थिइ । अझै पनि हामी एक आपसमा घृणा गर्थोउ । न मैले नै सानो भएर हाम्रो दाजु बैनीको नातालाई ब्यबहारमा उतार्न सके ,न उसले नै । चार बर्ष देखि उसले मलाइ भाइटिका लगाई दिएकी थिइन् र मैले पनि भाइटिका चाड नै बहिस्कार गरेको थिएँ । दाजु बैनीको नातानै नरहे पछी भाइटिका को महत्वनै बिर्सी सकेको थिएँ । अरु घरमा भाइ टिकाको दिन दाजु बैनी सप्तरंगी टिकाले सुसज्जित भै मिठो मिठो पकवान खादै रमाउथे भने हाम्रो घरमा चाहि हामी दुइ अलग अलग कोठामा ढोका बन्द गरेर अध्यारो अनुहार लगाएर बसेका हुन्थिउ । न मेरी बैनीलाई नै नबोलेकोमा पछुतो थियो , न त मलाइ नै आत्मग्लानी । यसरि नै दिन हरु बित्तै गए।
एक दिन एउटा कन्सल्टेन्सी को दाइले घरमा फोन गरेर जानकारी दियो कि बैनीले अमेरिकाको टेक्सासमा रहेको स्कुल अफ साइन्स मा फुल स्कोलरशिप पाएकि छ । मलाइ थाहा थिएन कि बैनीले स्कोलरशिप को लागि अमेरिकाको युनिभर्सिटीमा अप्लाई गरेकी छ । मलाइ अलिकति अप्ठेरो महसुस भयो । म खुसि छु कि दुखि छु आफैले अनुमान लगाउन सकिन । बेलुका आमा बुबा आए पछी यो खबर सुनाइ दिएँ । छोरीले अमेरिकाको युनिभर्सिटीमा फ्री मा पढ्न पाउने भै भनेर धेरै खुसि हुनु भयो । एक मात्र छोरीले छोडेर अमेरिका जादै छ भनेर दुखि हुनु भन्दा पनि छोरीको भविस्य प्रति सजग भै आमा बुबा खुसि हुनु स्वभाविकै थियो । मेरो अनुहारमा भने खुसि र दुख को कुनै झलक पनि थिएन् । मेरो लागि बैनी याहा हुनु र अमेरिकामा हुनुले कुनै माने राख्दैन थियो । म तटस्थ नै रहें ।
केहि दिनमा नै बैनीलाई पासपोर्ट बनाउन अमेरिकन एम्बेसी बाट जानकारी आयो । ३ दिनमा नै इमार्जेसी पासपोर्ट बनाएर बैनी फाइनल अन्तर्वार्ता को लागि अमेरिकन राजदुतावास गइ । आमा बाट थाहा भयो , बैनी एक हप्ता भित्रै ५ वर्ष को लागि अमेरिका जादै छ । अब भने मेरो अघि सम्म केहि अप्ठेरो भएको मुटु हल्का दुख्न लाग्यो ।
बैनी अमेरिका जाने तरखर गर्न लागि , बा आमालाई लिएर सपिंग गर्न गइ । म संग्ग एकपल्ट पनि बोल्ने कोशिस गरिन । बा आमाले मलाई पनि संगै सामान किन्न बोलाउदा उसले ठाडै अस्विकार गरि । म प्रति उसको अझै सम्म पनि घृणा रहेछ , उ प्रति मेरो घृणा भने उसको अमेरिका जाने कुरो सुनेको दिन देखिनै रफुचक्कर भै सकेको थियो ।
उ नभएको मौका पारि म उसको कोठामा गएँ । भित्ता भरि आफुले पढ्ने बिषयबस्तु टासेर कोठा सजाएकी रहिछ । एउटा लगेजमा सामान हरु प्याक गरेर त्यत्तिकै छाडेकी रहिछ । यसो ब्याग को चेन खोलेर हेरें , आमा बुबा को फोटो हरु हालेकी रहिछ । त्याहा मेरो फोटो छ कि भनेर सबै एल्बम चाहारें ,तर कहिँ पनि थिएन । बैनिको एउटा फोटो एल्बम बाट निकालेर लुकाएँ , आफ्नो रुम मा फर्किएँ । मनमा अनेक तर्कना हरु आए , थाहै नपाइ आशुं पो झरेछ । त्यो आशु झरेको कारण केलाउँन खोजें , कतै त्यो आशुं बैनी प्रति ममता र स्नेह को भेल त हैन?
केहि दिन पछिनै बैनीको टिकट फिक्स भयो । बैनी नभएको मौका पारि बैनीको सामान हरु नछुटाई प्याक गर्न मद्दत गरें तर बैनीको उपस्थितिमा भने मैले उसको सामान छोइन् । मलाइ डर थियो बैनीको हिड्ने बेलामा मन नदुखोस । टेबल मा उसको टिकट भेट्टाएँ , कोरियाको सियोल ट्रान्जिट हुदै अमेरिका । भाइटिका को बेलुकाको उडान रहेछ ।
मलाइ मेरो बैनिप्रती ममताको ज्वार उम्लिसकेको थियो । बैनीको खुट्टामा लम्पसार परेर माफी माग्न पनि म तम्तयार थिएँ । झिनो आशा थियो , भोलि भाइटिका , पक्कै पनि मलाइ भाइटिका लगाई दिनेछ र त्यहि मौकामा म उसको खुट्टा समाएर माफी माग्छु । आमा बुबा संग पनि भोलि भाइ टिका लगाई दिन बैनीलाई मनाउन भने । त्यो राति आमा बैनीको कोठामा सुत्नु भयो।
मलाइ रात भरि निन्द्रा लागेन । मनमा बिभिन्न कुराहरु खेली रहे । बैनी म प्रति यति नकारात्मक हुनुको पछाडीको कारणहरु खोज्दै गएँ । सायद कलेजको डिबेट कम्पेटीसन् मा मेरै आखा अगाडी बैनीलाई पिटेको र तथानाम गालि गरेको देख्दा देख्दै मैले प्रतिबाद नगर्नु नै मेरो भुल थियो । मैले मुक दर्शक भएर हेर्नु को सट्टा उसको रक्षा गर्नु पर्दथ्यो । यस्तै कुरा सोच्दा सोच्दै कति खेर आखा लाग्यो पत्तै भएन ।
बिहान आमा भन्दै हुनुहुन्थ्यो “ छोरो , नुहाएर ढोकामा तामाको गाग्री भरी पानी राख , सुभ साइत हुन्छ” म बिउझियेर हत्त न पत्त उठेर बाथरुम तिर लागेँ ।
आज बैनी अमेरिका जादै छ । आमालाई भाइटीकाको सामान तयार पार्न भनें , आमाको कुनै प्रतिक्रिया पाइन् । मलाइ शंका भयो , आज पनि बैनीले मलाइ भाइटिका लगाउने छैन । बैनीको कोठामा सिधै गएँ , तर उ त्याहा थिइन् । आफन्त हरु बैनीलाई बिदा गर्न आउन सुरु गरि सकेका थिए ।
अलि पर रहेको गिफ्ट पसलमा गएर भाइटीकाको कार्ड किनेर बैनीको ब्यागमा खुस्सुक्क राखिदिने बिचार गरें , तर त्याहा भने जस्तो कार्ड भेट्टाइन । गाडी चढेर अलि पर सहरको पसलमा गएँ । बैनीले दाइलाई भाइटिका लगाइदिएको फोटो सहितको कार्ड फेला पारें । त्याहा लेख्ने ठाउ पनि रहेछ । त्यहि पसलको एउटा कुनामा बसेर लेख्न सुरु गरें “मेरो प्यारो बहिनि”
तर यो भन्दा पछाडी एक शब्द पनि लेख्न सकिन । आखाँ बाट बलिन्द्र आशुं बग्न थाल्यो , आखा पुछ्दै बाहिर निस्किएँ र छिटो छिटो गर्दै घरमा पुगें । त्याहा पुग्दा बैनी हिडी सकेकी रहिछ । आमा बुबा उसलाई पुर्याउन एयरपोर्ट सम्म जानु भएको रहेछ ।
सरासर उसको कोठामा गएँ , भित्तामा टासेका सबै कागजहरु च्याति दिएकी रहिछ । उसको झुन्ड्याएको फोटो पनि त्याहा थिएन । अब त्यो कोठामा बैनीको कुनै निशान थिएन् ।
मलाइ भक्कानो फुटेर आयो । बैनी नबोले पनि आज सम्म त्यहि घरमा थिइ ,अब देखि याहा उसको झझल्को मात्र रहन्छ । आज देखि म संग्ग झगडा गर्ने मेरी बैनी हुने छैन , नबोली बस्ने बैनी हुने छैन , भाइटिका लगाउन नमान्ने मेरी बैनी हुने छैन ।
म आफै लाइ सम्झाउन कोशिस गर्छु तर मनले मान्दैन । मलाइ मेरो नबोल्ने बैनी नै चाहिएको छ , घुर्क्याउने , झगडा गर्ने , कोतारने , कोपर्ने , चिथोर्ने बैनीको नै साथ चाहिएको छ । बैनी नहुदा यो घर नै शुन्य लागेको छ घर भरि बैनी लाइ चिच्याउदै बोलाउछु ,खोज्छु तर मेरी बैनी भने न त म संग्ग झगडा गर्न नै आउछे , न मैले बोलाउदा जबाब नै दिन्छे । त्यसै बैनीको खाट मा पल्टीन्छु ।
दुइ दिन पछी अमेरिका बाट मेरी बैनीको फोन आयो । आमाले उठाउनु भएको थियो , उसलाई राम्रो छ रे । फोन लाउड स्पिकर मा थियो र बाहिर सम्म बैनीको बोलि सुनिएको थियो , बैनी बोल्दै थिइ ,”म राम्ररि पुगें ,चिन्ता नगर्नु , याहा साथीहरु सबै राम्रा रहेछन , सबैजना म संग्ग बोल्छन , कोहि पनि झगडा गर्दैनन्, बुबालाई सम्झिएको छ भनि दिनु”
म दौडदै आमाको हातबाट फोन खोस्न पुगेछु , म चिच्याएर भन्दै थिएँ “बैनी म पनि अब देखि त संग झगडा गर्दिन ,म माफी माग्छु , म तलाई धेरै माया गर्छु , अर्को भाइटिका मा आइज है”
तर मेरो कुरा सुन्नु भन्दा अगाडी नै फोन काटी सकेकि रहिछ ।
समाप्त
For comments *mail at kaflebhai@yahoo.com
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )