निबन्ध : मेरो सभ्य सभ्यता र सँस्कृती

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । सभ्यतासँग जिउनु मेरो रहर हो मेरो नैसर्गिक अधिकार पनि हो । सभ्यता र सँस्कृति शालीन नेपालीको पहिचान हो ।

प्रश्न गर्न सक्छन् सभ्यताले समाजमा यति धेरै जरो किन गाढ्यो रसभ्यतालाई किन अङ्गीकार गरीयो । मेरो सभ्यता बोकेर बाँच्न मलाई कसैले वाध्य गराएको छैन र सभ्यता र सँस्कृति बिना बाँच भन्ने अधिकारपनि कसैलाई छैन र मेरो यो रहर पनि होईन र वाध्यता पनि होईन यो त केवल मेरो सँस्कार हो ।

तर कुनै बस्तु भनौं अथवा बिषय अथवा दर्शन अभिन्नरुपमा मानव जिवन चक्रसँग आवद्ध रहेको यथार्थ छिपेको छैन । स्वतःस्फुर्तरुपमा मानवका दैनन्दिनी र मानव जिवन का कृयाकलापहरुलाई आत्मशात गरिरहेको हुन्छ । वास्तबमा मानव जिवन को शार त्यहि सभ्यता र सँस्कृति भित्र समेटीएको आभास हुन्छ । सायद जिवनका विम्ब प्रतिविम्बहरु त्यहाँ प्रस्फुरण भएर होला मानव आफ्नो जिवनको शाश्वत भन्दा बाहिर जाने धृष्टता गर्न सक्दैन ।

परिवर्तन शब्द समय सन्दर्भलाई एकाकार नगर्दा पनि स्वयं अग्रगामी हो । परिवर्तन अनुदार, निष्ठुर र क्रुर हुँदैन । जिवनको क्रममा मानव जिवनमा शारिरिक अवस्थाका साथै बाह्य अवस्थामा समेत अनेक परिवर्तनहरु दृष्टिगोचर हुन्छन् । परिवर्तन प्रकृतिको शाश्वत नियम हो । मानिसहरुले मानव जिबन चक्रलाई इश्वरीय देन पनि भनीन्छ । र यथार्थमा मानवले इश्वरलाई मान्दै आएका पनि छन् ।

संसारमा अनेक धर्म सम्प्रदायहरु रहँदै आएका छन् । हिन्दू, बौद्ध , मुस्लीम,क्रिश्चीयन,आदि धर्मका अनुयायीहरुले अदृश्य इश्वरीय विम्बलाई आत्मशात गरि मान्दै आएकाछन् । यि सबै प्रकृतिको आड भरोसामा जिवन्त रहँदै आएको यथार्थतालाई नकार्ने हो भने मानव जिवन अबश्य पनि अपूर्ण लाग्दछ । भाव र भावनालाई जीवनको यथार्थतामा रुपान्तरण गरेर मानव मात्रको कल्याणको लागि समर्पित हुन्छु भन्नु केवल संसारमा मानव अर्थात अरु शुन्य अवस्थामा छन् अर्थात अन्य छैनन् भन्नु बराबर हो । सन्ततीको बृद्धि बोट बिरुवा किरा फटेङग्रा सर्पा मानव लगायत यावत जीवात्मा , जीवात्मालाई प्रकृतिले दिएको इश्वरीय वरदान हो ।

हरेक जीवात्मा भित्र सभ्यता र सँस्कार बास गरेको हुन्छ । सभ्यता र सँस्कार ले नै जीवको जविनचक्र चल्दै आएको छ । अग्रगमनको नाममा प्रकृतिको यस अभियानलाई कसैले पनि विस्तापित गर्न सक्दैन ।

कागतिको गुण भन्नु नै अमिलोपन हो ,कागतिको शाश्वत सभ्यता त्यहि अमिलोपन हो । तिते करेलाको गुण भन्नु नै तितोपन हो । करेलामा तितोपन नहुने बित्तिकै करेलाको सभ्यता र संस्कार मासियो नासियो भन्दा अतिशयोक्ति न होला । मानव जाति जीवात्माहरुमध्यमा उच्चकोटीको भन्ने गर्दछौं । तर बिचारमा बुद्धिमा क्षमतामा धैर्यतामा सहनशीलतामा रागमा अनुरागमा आशक्तमा अनाशक्त स्वार्थमा त्यागमा परोपकार आदि केमा उत्कृष्ट हो त ? या जीवन जिउने कलामा । प्रत्येक जीवात्मालाई बाच्नकोलागि भोजनको आबश्यकता पर्दछ । प्रकृतिको वरदानले प्रत्येक प्राणीको आहारको ब्यवस्था प्रकृतिले नै ,गरेको पाईन्छ । यसलाई इश्वरीय अनुकम्पा भनौं या प्रकृतिको वरदान । हावा पानी माटो सूर्यको प्रकाश लगायत प्राकृत वरदानले नै आज सम्पूर्ण जिवात्मा र मानवजीवात्मा मानवको रुपमा दर्ज भएर बस्न समर्थ भएका छन् ।

प्रत्येक जिवात्मा हावा पानी आहार विहार र उर्जा विना बाँच्न सक्दैनन् । आहारको जोहो र सञ्चय गर्ने पनि बिभिन्न तौरतरिका जीवात्मामा रहेको पाईन्छ । एक छाक भरपेट खान पायपछि सो पश्चातको लागि आहार सञ्चय नगरिकन जविनबृत्ति गर्ने जीवात्मा पनि यसै संसारमा छन् ।आफुले खाएर अघाएर नपुगेर आफु र आफ्ना सन्तानको लागि आहार, भौतिक सम्पत्ति सञ्चय गर्ने प्रबृत्ति पनि यहि मानव समाजमा पाईन्छ । खानको लागि बाँच्ने र बाँच्नको लागि खाने दुई किसिमका मानिसहरु यसै समाजमा रहेकाका छन् ।

राजनीति परिभाषामा सायद एक छाक भरपेट खान पाएर बेलुकाको लागि सञ्चय नगर्नेहरु अर्थात सञ्चय गर्ने औकात नभएकाहरु सर्बहारा वर्गमा पर्ने र आफु अघाएर आफु र आफ्ना सन्तान दरसन्तानकोलागि सञ्चीत गरिदिनेहरु आफुलाई स्वनामधनी कुलीनका रुपमा दर्ज गर्दछन् । अर्काे शब्दमा जो जीवन निर्वाहकोलागि मात्र खाने लगाउने गर्छन् सञ्चय गर्दैनन् ति ब्यक्ति ,समुदाय सर्वहाराबर्गको प्रतिनिधि पात्रको रुपमा समाजमा रहिरहेका छन् । र तिनीहरुको सभ्यता र सँस्कृति नै त्यहि हो । कोहि भोका नरहुन नांङ्गा नरहुन भन्ने अभिप्रायले समाजमा बस्तुको समान वितरण प्रणाली र समान जीवनबृत्तिको अभिप्राय र अवधारणाले समाजलाई निरन्तर जोड्ने प्रेरणाले अभिप्रेरित भईरहेकाछन् । सामाजिक विभेदलाई न्युनिकरण र निस्तेज गर्न निश्चितरुपमा यस परिपाटीले प्रत्यक्ष अप्रत्यक्षरुपमा पहलकदमी गरेको हुनुपर्दछ ।

अर्काे समाज छ जसले आफुलाई धनि , कुलिन र उच्च वर्गको प्रतिनीधित्वको रुपमा स्थापित गर्न खोज्दछ । यो पनि उसको सँस्कार र सभ्यता नै हो । यस्तो सँस्कार र सभ्यताको जीवनता हाम्रो समाजमा बिद्यमान छ । त्यस्तो मानवले अंगीकार गरेको हेयताको सभ्यता र सँस्कार मानव समाजमा कलंककोरुपमा रहँदै आएको छ । अर्काे शब्दमा सभ्यता सर्वजन सुखाय सर्वजन हिताय नै हो । सबैले समान रुपमा खान र लाऊन पाउनु,सबैले समानरुपमा शिक्षा र स्वास्थ्यको सेवा सुविधा पाउनु स्वतन्त्र देशको सार्वभौम जनताको मौेलिक अधिकार हो ।

हुँदा खाने र खान हुनेर पुग्नेको खाडल लाई पुर्ने कि अमm ठुलो बनाउने यसको जिम्मा समाजमा रहेका राजनीतिक अभियन्ताको काम कर्तब्य र जिम्मेवारी हो । मानव मानवमा विभेद र बितृष्णा गर्ने गराउने सँस्कारको अन्त भई अन्ततः समाजमा रामराज्य को सँस्कार सँस्कृति सभ्यताले प्रश्रय पाउने वातावरण सिर्जना गर्नु समाजका अगुवा भनाउँदाहरुको काम र कर्तब्य हो ।

तामदानमा चढ्ने मानिसलाई मानिसले नै तामदान बोक्ने सँस्कार र सभ्यताको अन्त्य समाजको आवश्यकता हो । प्रजा प्रजा मिलेर एउटा नविन सँस्कार र सभ्यताको जगेर्ना गर्नु आजको आबश्यकता हो । जसलाई मानवजातिले गौरवकासाथ मानव जातिको सस्कार र सभ्यता भनेर गर्व गर्न सर्कियोस् । र यहि सभ्यता र सँस्कार ले नै मानिस मानिस बिचको मानवीय सम्वन्ध स्थापित गर्न सकोस् ।

विभेदकारी समाजको अन्तकालागि जस्तोसुकै बलीदानी गरेको भएता पनि अन्ततः निर्माण हुने विभेदकारी समाज नै रहेछ । देश बोट हो ,बोट स्थीर छ । तर त्यसमा पलाउने पातहरु अस्थिर हुँदा रहेछन् मmर्ने र पलाउने प्रकृतिको शाश्वत नियम थाहा हुँदा हँुदैपनि ति पातहरु मध्य कोहि सर्वहारा र कोहि पूँजिवादको हिमायती र कोही कुनै वाद बिहिन भएर समाजमा जिउने प्रयत्न गरिरहेकाछन् । जिउने कोशिस गर्नु पात्रको प्रबृत्ति हो र कसरी जिउने भन्ने सँकार र सँस्कृति हो । मानवीय सँस्कार सँस्कृति को प्रबृत्तिमा जिउनेहरु अन्ततःउत्पीडित र उपेक्षीत हुँदा रहेछन् ।

उत्पीडनका नायकहरले पुँजिवादको नेतृत्व गर्दारहेछन् ।जसले समाजलाई विभेदकारी बनाई रहेका छन् । आर्थिक सामाजिक नैतिक र साँस्कृतिक रुपमा समाजमा विभेद खडागरिरहेकाछन् । प्राकृतिक नियमलाई मानेर समाज बदल्छु भन्नेहरुका वर्ग समेत आज पूँजिपति वर्ग मा रुपान्तरित भई रहेका छन् । र हिजोको उनिहरुको स्थान आज प्राय खाली जस्तो भएको छ । हेरौ भोली त्यो खाली भएको ठाउँको पूर्ति कस्तो सँस्कार र सँस्कृति बोकेकाले गर्ने हुन । तसर्थ आफ्नो सँस्कार र सँस्कृति छोड्न हुँदैन डगमगाउन दिनहुँदैन र प्रकृतिको वरदानलाई समेत चुनौति दिने काम गर्न हुँदैन । किन कि म मनै हँु ।म मा ईश्वरीय गुण भने पनि ईश्वरीय वरदान भने पनि मानवीय चरित्र भने पनि केवल प्रकृतिले प्रदान गरेका शाश्वत गुणहरु नै हुन । जसले मानव समाजमा विभेद नगरीकन हावा पानी इत्यादी जीव र जगतलाई प्रदान गरेका छन् । यो नै मेरो सभ्यता हो मेरो सँस्कृति हो । प्रकृतिले झैं विभेदरहित समाजको सिर्जना गर्ने ध्यय हो । यो नै मानव परंपरा हो ,सभ्यता हो ,सँस्कृति हो र मानवको नैसर्गिक चरीत्र पनि हो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.