~बद्री पलिखे~
१. मेरी कविता
पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै
भागदौडमा पक्राउ परी ।
२. मेरी कविता
हातमा प्लेकार्डबोकेर
जुलुसमा नारा लगाउँदालगाउँदै
पुलिसको लाठीचार्जमा सख्त घाइते भई।
३. मेरी कविता
छाताचोकमा भाषण गर्दागर्दै
गिर तार भई।
४. मेरी कविता
भानुचोकमा कविता पाठ गर्दागर्दै
प्रतिबन्धित भई।
५. मेरी कविता
अब लामो निर्वासन र कठोर कारावासबाट
बल्ल मुक्त भई/रिहा भई।
६. मेरी कविता
आन्दोलन हो/जुलुस हो,
आफैमा एउटा क्रान्ति हो।
७. मेरी कविता
बन्धन, मुक्ति र दासत्वको विरोधमा
विद्रो हो/चीत्कार हो/इनक्लाब हो।
८. मेरी कविता
आडम्बर होइन/स्तुतिगान होइन,
चाकडी, चाप्लुसी र झूटो प्रशंसा होइन
ताली र अन्धो समर्थन पटक्कै होइन ।
९. मेरी कविता
भोकको ज्वालामा हुन्छे/ठेलावालको ठेलामा हुन्छे,
खाते बालकको झोलामा हुन्छे/सुकुम्बासीको बस्तीमा हुन्छे
व्यथा, सुस्केरा, पीडा र रोदनमा हुन्छे।
१०. मेरी कविता
भीडमा हुन्छे/कोलाहलमा हुन्छे,
जुलुसमा हिँड्छे/सडकमा सुत्छे/झोपडीमा बस्छे,
मेलामा डुल्छे/हाटबजारमा घुम्छे।
११. मेरी कविता
माग हो/आह्रवान हो/अपिल हो
मेरी कविता
बिन्तीपत्र होइन/अभिनन्दन होइन,
……………………………………..
मेरी कविता
महँगी र मूल्यवृद्धिकोविरोधमा आवाज हो/स्वर हो,
दमन र अत्याचारको विरोधमा दरिलो मुठ्ठी हो/हुङ्कार हो।
१२. यस बेला मेरी कविता अनशनमा छे,
आफ्नोमाग पूरा नहुन्जेल अनशन जारी राख्दछे।
– पुतलीबजार, धरान, सुनसरी ।