~समीर पाख्रिन~
पोखरा निवासी एकजना श्रष्टा मित्र वीरगंज आउनुभएको उहाँको फेसबूक स्टेटस्बाट थाहा पाएँ । म उनीसित पहिलैदेखि नै भेट्न किनकिन लालायित थिएँ । उनको वीरगंज आगमनले मलाई उनीसित भेट्ने, साक्षात्कार गर्ने सुनौलो अवसर जुराइदियो । उहाँ दिनभरिजसो नै अनलाइनमा भेटिने हुँदा मलाई उनीसित सम्र्पक गर्न खासै गा¥हो भएन । हामीबीच अनलाइन सम्र्पक भयो । “शङ्करजी तपाईं वीरगंजमा कहाँ हुनुहुन्छ ?” मैले प्रश्न राखें ।
“आदर्शनगर, बहिनीज्वाइँको घरमा छु, रमेशजी ।” उताबाट जवाफ आयो ।
“हजुरलाई एकचोटि भेट्ने इच्छा थियो, भेट्न सकिन्छ ?” मैले फेरि सोधें ।
“किन नसक्नु ? म थोरै मन्त्री हो र नसक्नु ? भन्नोस् न कता भेट्ने ? तपाईं कता बस्नुहुन्छ ? उहाँले ठट्यौलीपाराले प्रतिप्रश्न गर्नुभयो ।
अब म उहाँ बाहिरको मान्छेलाई कहाँ बस्छु भन्नु ? घडीअर्वा, बनारसी चोक छेउछाउ भनौं भने पनि अलमलिनुहोला फेरि । म केही क्षण रनभुल्लमा परें । निमेषभरका लागि हाम्रो सम्पर्कविच्छेद भयो । मैले प्रयास जारी राखें । फेरि सम्र्पकमा आउनुभयो ।
“हजुर घण्टाघरतिर आउनुहुन्छ कि ? म हजुरलाई घण्टाघर चोककै पत्रपत्रिका पसलमा प्रतीक्षा गरेर बसेको हुनेछु,” मैले लेखें ।
“कसरी चिन्ने त तपाईंलाई ?” उहाँले प्रश्न राख्नुभयो । ठीकै हो, कहिले भेटघाट नभएको, मान्छेलाई झट्ट चिन्नु गा¥है हुन्छ । मैले पहेंलो ज्याकेट लगाएको थिएँ । “ए हजुर, म पहेंलो ज्याकेटमा हुनेछु,” मैले तुरुन्त जवाफ फर्काएँ ।
“हस् हस् । म भोलि ठीक ९ बजेतिर त्यहाँ आइपुग्नेछु ।” उहाँ यति लेखेपछि बाहिरिनुभयो ।
दोस्रो दिन । बिहानै म उही पहेंलो ज्याकेट लगाएर घण्टाघर पुगें । केही क्षणको पर्खाइपछि हाम्रो भेट भयो । मैले उहाँलाई आप्mनो सिर्जनाहरू सुनाउन र साहित्यबारे चर्चा परिचर्चा गर्न आप्mनो डेरातिर लिएर आएँ । मेरो डेराअगाडिको खाली ठाउँमा वरिपरिका टोलवासीले घरको फोहरमैला ल्याएर फाल्ने गरेको हुँदा वातावरण दुर्गन्धित र फोहर थियो । शङ्करजीले मेरो डेरानजिक आइपुग्नासाथै थु थु थु गर्दै नाक थुन्नुभयो र मतिर पुलुक्क हेर्नुभयो । मैले कुरा बुभेंm । उहाँ फोहर देखेर घिनाउनुभएको थियो ।
“रमेशजी, तपाईं यो ठाउँमा बस्नुभएको कति भयो ?” उहाँले मुखाकृति बिगार्दै प्रश्न गर्नुभयो ।
“चार वर्ष जति भयो शङ्करजी,” मैले जवाफ दिएँ ।
“अनि सधैं यस्तै हो ?”
“के हजुर ?”
“फोहरमैला ।”
“हो, हजुर ।”
“विडम्बना महानगरपालिकोन्मुख वीरगंजको अवस्था,” उहाँको मुखबाट फुत्कियो । हामी यतिन्जेल घरभित्र छिरिसकेका थियौं । मेरी पत्नी प्रियाले उहाँलाई एक गिलास पानी टक्र्याएर स्वागत गरिन् । त्यसपछि केही क्षण समसामयिक साहित्यिक गतिविधिका विषयमा कुराकानी त चल्यो तर शङ्करजी बाटोको दृश्य सम्झेर होला बेलाबेलामा थु थु थु गर्दै थुक्न बाहिर निस्कने गर्नुहुन्थ्यो । उनको यो अवस्था देखेपछि मैले आप्mना रचनाहरू सुनाउने आँट गरिनँ ।
प्रियाले हामी सबैको लागि खाना बनाएकी रहिछे । उनले शङ्करजीलाई सँगै खाना खान आग्रह गरी । उहाँ हिच्किचाउँदै भएपनि खाना खान त बस्नुभयो तर खाना खान शुरू मात्र के गरेका थियौं । उहाँ एकाएक बसेको ठाउँबाट उठ्नुभयो र भन्नुभयो,“रमेशजी, प्रियाजी क्षमा चाहन्छु । किनकिन यो भोजन मेरो गलाबाट छिरेन । बरु मलाई बिदा दिनोस् ।” प्रियाले कुरा बुझी कि बुझिन कुन्नि तर मैलेचाहिं कुरा बुझिसकेको थिएँ । मैले उहाँलाई जबरजस्ती गर्न र धेरैबेर रोक्न उचित नदेखेपछि बाटोसम्म छाड्न आएँ । उहाँले मलाई भन्नुभयो,
“रमेशजी, भाउजूले कति मिहेनत गरी खाना बनाउनुभएको थियो क्यारे । मैले त्यसै गिजोलेर मात्र छाडिदिएँ । भाउजूलाई नरिसाउन भनिदिनुस् है । रमेशजी, अब सरसफाइबारे पनि रचनात्मक गतिविधि अघि बढाउनुप¥यो । सके गर्नाेस्, नसके डेरा नै सर्नुहोस् । यो तपाईंहरूको स्वास्थ्यको लागि समेत हितकर छैन ।” उनको यो भनाइले मलाई लज्जाबोध भयो । मैले नजर जुधाएर उनलाई धन्यवादसमेत भन्न सकिनँ । धन्य, यति नै बेला एउटा खाली रिक्सा आयो र मैले उहाँलाई बसाएर बिदा गरें ।
“ल ल धेरै खोक्नु पनि पर्दैन र डेरातिर साथीभाइलाई लिएर आउनु पनि पर्दैन । मलाई निद्रा लागिसक्यो चुप लागेर सुत्नुहोस् ।” उनको आवाजमा अभैm मप्रति रोष बाँकी छ भन्ने बुझेपछि म कम्बलभित्र पसेर चुपचाप सुतें ।
– वीरगंज, पर्सा
(स्रोत : प्रतीक दैनिक पत्रिका)