गजल : टुक्रिएर रोएको छ

~कोमल भट्ट~

आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll

कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll

प्रतिकूल भो वातावरण, जति मरिमेट्दा पनि
बारम्बारै परिस्थिति, बिग्रिएर रोएको छ ll

पाएको छ सधैँ भरि, हण्डर अनि चोटहरू
अनगिन्ति आपत विपद, बज्रिएर रोएको छ ll

बाध्यता मा बाँच्नु पर्दा स्वाभिमानै गुम्दो रैछ
सगरमाथा जस्तो शिर, लत्रिएर रोएको छ ll

कर्तव्य र जिम्मेवारी, गाली गर्छन चिच्याएर
गर्नु पर्ने काम जति, उब्रिएर रोएको छ ll

कोमल भट्ट
पुरानो नैकाप -७,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.