कविता : जिन्दगी

~अनिल श्रेष्ठ~

जिन्दगी
म जिन्दगी जिइरहेको छु
म जिन्दगी महसुश गरिरहेको छु
म जिन्दगी खोलाझैं बगिरहेको छु
समुन्द्रको मझदारबाट म जिन्दगी
किनारा पु-याउने कोसिशमा छु

जिन्दगी
शब्द मै ज्यान भरिएको छ
यसैमा सबै बाँच्न चाहिरहेको छ
यसैलाई सबैले खोजिरहेको छ, रोजिरहेछ ।

जिन्दगी
प्रत्येकको प्रत्येक भोगाई फरक छ
कसरी बित्छ कत्तिलाई पत्तो पनि हुन्न
कहाँ गएर टुंगिन्छ कसैलाई थाहा छैन
तर पनि
मान्छे …
जिन्दगी जिइरहेछ
… केवल बाँच्नका लागि
संघर्ष गरिरहन्छ, बौरिँदै अनि मर्दै
… केवल बाँच्नका लागि
भन्छ … मान्छे
जिन्दगी …
एउटा संघर्ष हो
एउटा साहस हो
एउटा त्याग हो
एउटा धैर्य हो
जिन्दगाीमा
दुःख हुन्छ
सुख हुन्छ
अपमान हुन्छ
प्रेम हुन्छ
अपहेलना हुन्छ
कष्ट हुन्छ
धोखा हुन्छ
यसैले … जिन्दगी
एक मौसम हो
समयअनुसार बदलिरहन्छ
परिस्थिति जस्तोसुकै होस्
केवल हिँडि नै रहन्छ
परिणाम जेसुकै आवोस्, चलि नै रहन्छ ।

यसैले भन्छु म,
जिन्दगी जिऊ, मात्र नबिताऊ
जिन्दगी जिउनका लागि हो
केवल बाँच्नका लागिमात्र होइन
जिन्दगीका हर परिस्थितिको सामना गर
किनकी …
जिन्दगी जित्नका लागि हो
जित्नका लागि बनेको जिन्दगी ।

काठमाडौं, नेपाल ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.