कविता : ऐतिहासिक मुकुन्डो

~अनुप जोशी~

सबैभन्दा सजिलो हुन्छ
कहिल्यै नदेखेको अनुहार सम्झिन

जुनको चमकता लेपेर
उज्यालै उज्यालो छरिदिए पनि हुन्छ
फूलको कोमलता मिसाएर
मनैभरी सुम्सुम्याईरहे पनि हुन्छ
हुन्छ-कल्पनाको क्यानभाषमा
कलेवर रंगहरुले मनमौजी रंगाईदिए पनि

जस्तो ठानीबसे पनि हुन्छ
कहिल्यै नदेखेको अनुहारलाई

तर सँधै देखिरहने
आफ्नै मान्छेहरुको तस्विरमा
जब एकाएक कसैले
लगाईदिन्छ कुरुप मुकुन्डो
घसिदिन्छ कालो मोसो
थुनेर नाक र आँखाहरु
बनाईदिन्छ नकट्टो अनि अन्धो
छोपेर मुख र कानहरु
जबरजस्ती बनाईदिन्छ अपाहिज

जवाफ दिनूस श्रीमान् !

तब कसको सपनीमा आउँदैन आँधी ?
कसको रक्तचाप आकाशिदैन एकाएक ?

हाल- काठमाडौँ, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.