लघुकथा : रङ्गशाला

~मञ्जु काँचुली~

कथाकारले एउटा कार्टुन चित्रको सोच बनाइरहेको छ । त्यो कार्टुन चित्र यस प्रकार छ । कार्टुन चित्रमा एक पुरुष छ र अर्की एक महिला छे । महिला अस्पटाइरहेकी छे । त्यस भागलाई एउटा कालो पर्दाले नदेखिइने गरी ढपक्क छोपेको छ । देखिएको छ त केवल पुरुषको अनुहार, भाषण गर्दा उदाइरहने उसको दाहिने हात । पुरुषको अभिनयप”र्ण भाषण यस प्रकार छ :

“आजका महिलाहरूले आफूले पाएको वाक्स्वतन्त्रताको सही सदुपयोग गर्न हिच्किचाउनु पर्ने म त्यस्तो कुनै कारण नै देख्दिन । उनीहरूले स्वतन्त्रताप”र्वक आफ्नो वाणीको प्रयोजन गर्न सक्ने वातावरण आजकै समाजले उनीहरूलाई प्रदान गरेको छ ।” उसको देब्रे हत्केलाले मुख बन्द गरिएकी महिला जवर्जस्ती पूर्वक उसका हत्केलालाई पन्छाउन खोज्छे । पुरुषको दृढ हात उसको मुखमा अझ बल पूर्वक जोतिन्छ । आफ्नै निर्देशनमा उसको एक्लो प्रलाप र ठूलो आवाजले जोडदारका साथ हल घन्किन्छ । कालो पर्दाले महिलाको अनुहार छोपेको छोप्यै छ । पुरुष धारा प्रवाहमा बोल्दैछ “आजका आमाहरू बुद्ध, गान्धी, इशु र सोक्रेट्सका आमाहरू हुन् । उनीहरू अबोध, सज्जन र इमान्दार छन् । आज उनीहरूमा ठूलो एउटा चेतनाको खाँचो छ । त्यो के हो भने आज उनीहरूले पनि आफ्नो तर्फबाट आवाज उठाउने वेला आएको छ । उनीहरूका लागि हामीहरूले मात्र कति बोल्नु < अव उनीहरूले नै आफ्ना लागि बोल्ने वेला आएको छ । यस्तो वेलामा पनि यदि उनीहरू चूप लागेर बस्छन् भने आजको युगले उनीहरूलाई सराप्ने छ, धिक्कार्ने छ ।” महिला उक्त पुरुषको बाक्बन्देजबाट भरसक उम्कने कोशिश गर्छे उम्कनकालागि कुस्ती नै खेलेझैं गरी अधिक बल प्रयोग गर्छे उसको मुखमाथि खप्टिएको पुरुषको पन्जा झन् कठोर बन्दै जान्छ । यो सब कालो पर्दाले नै ढाकेको छ किन कि उक्त स्टेजमा एउटा अचम्मको नाटक भइरहेको छ – आधा भाग पर्दाभित्र र आधा भाग पर्दा बाहिर । कार्टुन चित्र भित्रको निरंकुश भाषणको प्रवाह लगातार यसरी चल्न थाल्छ, “उनीहरूले यसकारण कसैलाई पनि दोष दिन मिल्दैन किन कि महिलाको बोल्ने अधिकारलाई कसैले पनि हनन गरेको छैन । यदि कसैले हनन गर्ने अनधिकार चेष्टा गर्न खोज्नेछ भने हामी पुरुषहरू त्यस्ताको घोर भर्त्सना गर्दै उनीहरूका विरुद्ध सडकमा उत्रन पछि हट्नु हुँदैन । हामी जस्ता सहयोगी महिलावादी पुरुष हुँदाहुँदै आज महिलाले विचलित हुनु कदापि हुँदैन ।” आफ्नो दाहिने हात आकाशतिर फर्काउँदै चकित भएको स्वरमा पुरुष गर्जन्छ “मलाई आर्श्चर्य यसैले लागिरहेछ कि आफूमाथि भएको अन्यायलाई उनीहरू किन उजुरी गर्दैनन् < किन चुप लागेर बस्छन् < के उनीहरूमा अझै चेतना आइसकेको छैन < त्यस्ता वाणी नभएका डरछेरुवाकालागि बोलिदिने हामी छौं – म उनीहरूकालागि सहयोग गर्न चाहन्छु ।” पुरुषको दृढताको बोली वातावरणमा गुन्जन्छ ।

हल भित्रका दर्शकहरू मध्ये एक साहसी महिला आफ्नो सिटबाट एकाएक जुरुक्क उठी । उसको पेशा पत्रकारिता र एक्टिभिष्ट पनि भएकोले होला शायद उ उक्त सिटमा बस्नु अघि यानि कि नाटक शुरु हुनुभन्दा केही क्षण अघि नेपथ्यको दृश्य अवलोकन गर्दा उसले सबै कुरा राम्ररी देखिसकेकी थिई । त्यसरी नेपथ्यको दृश्य हुवहु देख्ने त्यो दर्शकको भीडमा केवल ऊ एक मात्र महिला थिई अरूले त्यो अदृश्य नाटक या भनौं कालो पर्दाले छेकेको पार्श्वदृश्य देखेका थिएनन् ।

उक्त महिला बडो हिम्मतकासाथ स्टेजमा उक्ली र पाँच सेकेन्ड उक्त नायकको हाराहारी भएर सँगै उभिई । त्यसपछि कालो पर्दाले छेकेको पार्श्वदृश्यलाई पर्दा एक्कासी हटाएर उदाङ्ग बनाइदिई । पर्दावाहिरको दृश्यलाई हेर्दै प्रशंसा गरिरहेका दर्शकगणले मिनी पर्दाभित्रको अदृश्य-दृश्य पनि प्रत्यक्ष देखे र अवाक् भए । एउटा चमत्कार देखेर दर्शक चकित भए । भालुको नाङ्गो हात जस्तो देखिइने, महिलाको मुख बलपूर्वक छोपिरहेको उक्त पुरुषको हात उसको शरीरबाट छुट्टिएर उड्दै उड्दै नेपथ्यतिर गयो । सभ्य कोटले छोपेको उसको हात फेरि प्रभावकारी अभिनयमा व्यस्त हुन थाल्यो । दुवै हातको पूर्ण एक्शनले भाषण अझ प्रभावकारी बन्न लागेकै बेला , उक्त महिलाले आफ्नो दायाँ गोडाको जुत्ता फुकाली र दर्शकतर्फ देखाउँदै उच्च स्वरमा भनी “अब यसको आवाज पनि सुन्नुहोस् । यस जुत्ताले एउटा चेतनाको क्रान्तिकारी आवाज बोल्दैछ ।” यति भनि सकेपछि त्यस जुत्ताले उक्त पुरुषको गालैगालामा निर्घातसँग बजाई । उसको हिर्काइको तीब्र गतिलाई पुरुषले रोक्नै सकेन । दर्शकहरूबाट ठूलो तालीको रेस्पन्स आयो । नाटक सफल भएको ठहरियो किन कि दर्शकले सवै दृश्यहरू परिकल्पित र नाटककै भाग भनिठाने ।

दोस्रो दृश्य पुरुषवादी बनेकी उक्त महिलाले आफ्नो एक्स्टेम्पो र अभिनयबाट शुरु गरी “आजका पुरुषहरू आफूमाथि भएको अन्यायको विरोधमा बोल्न किन पछि हट्ने गर्छन् । शायद उनीहरूको हकहितकालागि हामीले बोलिदिनुपर्छ होला …. ।”

(स्रोत : रचना द्वैमासिक)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.