गजल : के गर्नु

~अनुपम ‘नवोदित’~

घुर्मैलो सगरबाट जहाज, झर्‍यो के गर्नु
सुनबुट्टे सपनाहरू त्यतिकै, मर्‍यो के गर्नु

हजार-हजार मक्सदहरु, पूरा नहुदै
विपत्तिको रुप लिई यत्तिकै, टर्‍यो के गर्नु

जन-जनका काखहरु,रित्ता-रित्ता भए
जिन्दगीमा एक्कसी बज्रपात, पर्‍यो के गर्नु

अजश्र खुशीहरु सजाउने, मन हुँदा हुँदै
समयले पीडाका घडाहरु, भर्‍यो के गर्नु

सुन्दर वागमा फूल फूलाउने, ईच्छालाई
फूलबारीलाई डढेउलोले, हर्‍यो के गर्नु

-१५ मार्च २०१८,
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.