गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~

के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई
मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई

पहाडको कुना कन्दारामा पनि छन् नारीहरु
स्वास्थ र पौष्टिक आहार देउ, हेरी आमालाई

भोक प्यास र पिडामा जिउने हजारौं छन् यहाँ
टन्न खुवाई सुताईदेउ न्यानो बेरी आमालाई

हक र अधिकारको कुरा धेरै सिकायौ दिवस
सीप र कला सिकाउ आउँदा खेरि आमालाई

अज्ञानताको खाडलमा ज्योति चम्काई दिनुछ
शिक्षा र ज्ञान देउ दुई अक्षर केरी आमालाई ।

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.