गजल : साँझकी हौ शशी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

चिसो बिहानीको रवि हौ कि साँझकी हौ शशी .
कि कस्तो नाम दिउ तिमीलाई मेरी प्रियेशी ..

निदाएको पल होसकि बिउझियेको क्षण .
हासिरहन्छौ तिमी मेरो परेलिभित्र बसी ..

आजभोलि मदिराको चाहना हुन्न मलाई .
तिम्रो नाम लिदा मात्र पनि छाउछ बेहोशी ..

यति नजिक आएछौ कहिले थाहै भएन
अचानक धड्कीदियौ यो मुटुभित्र पसी ..

पुरुषको भावनामा सोह्र अक्षर भित्र गजल लेख्ने प्रयास

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.