गजल : सार्है धोको रै’ छ

~मनु ब्राजाकी~Manu Brajaki

भागीको ढुङ्गालाई ढोग्ने सार्है धोको रै’ छ ।
ढोग्दाढोग्दा निंधारमा निस्क्या ठुलो फोको रै’छ ।

बगरेले हाम्रालागि ठूलो खसी ढालेको छ,
दुर्गालाई कुभिण्डोको चारखुट्टे बोको रै’छ ।

सात-वर्षे गोमालाई सत्तरीको शिव शर्मा,
स्वस्थानीकी भक्तलाई गोडाको जल चोखो रै’छ ।

विपन्न र दरिद्र यो देशका यी नारीहरू,
गहनाले ढाकिएर तीज नाच्ने को-को रै’छ ।

परिवर्तन चहिंदैन परम्परा मान्नेलाई,
यस्तालाई अमेरिका दुख्ख बोक्ने डोको रै’छ ।

लोग्नेको घर जानैपर्ने नारीवादीलाई पनि,
पिताजीले दिया ठूलो पुरुषवादी पोको रै’छ ।

-सैँबु, भैँसेपाटी, ललितपुर

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.