पौराणिक कथा : कर्ण

~उमाशङ्कर द्विवेदी~

पुरानो कुरा हो, एक चोटि राजा कुन्तिभोजकहाँ एकजना महान् तेजस्वी ब्राह्मण आए । उनको शरीर अग्लो तथा कपाल र दार्हीजु·ा ठूलो ठूलो बढेको थियो । उनी बडो दर्शनीय र भव्यमूर्ति थिए तथा हातमा दण्ड धारण गरेका थिए । उनको शरीर तेजोदिप्त थियो तथा मधुको समान पि·लवर्ण थियो, वाणी मधुरो तथा तप र स्वाध्याय नै उनको आभूषण थियो । ती ब्राह्मण देउताले राजासित भने– “राजन्, म तपाईंको घरमा भिक्षा माग्न आएको छु तर तपाईं वा तपाईंका सेवकहरूद्वारा मेरो कुनै अपराध गर्नुहुँदैन । यदि तपाईंलाइ यो कुरा मञ्जुर छ भने म तपाईंकहाँ बस्नेछु तथा आफ्नो इच्छानुसार आउने–जाने गरिरहनेछु ।”

ब्राह्मण देउताको कुरा सुनेर कुन्तिभोजले प्रेमपूर्वक उनीसित भने–“महामते, मेरी पृथा नामक एउटी कन्या छिन् । उनी बडो सुशीला, सदाचारिणी, संयमशीला र भक्तिमती छिन् । उनले नै पूजा र सत्कारपूर्वक तपाईंको सेवा गर्नेछिन् । उनको शील–सदाचारले तपाईं अवश्य सन्तुष्ट हुनुहुनेछ ।” यति भनेर राजाले विधिवत् ब्राह्मण देउताको सत्कार गरे र विशालनयना पृथाको छेउमा गएर भने– “छोरी यी ब्राह्मण देउता हामीकहाँ बस्न चाहन्छन् । मैले तिमीमाथि भरोसा गरेर यिनको प्रस्ताव स्वीकार गरेको छु । अत: कुनै पनि कारणले मेरो कुरा मिथ्या हुन नदिनू । यिनले मागेको कुरा दिंदै गर्नू । ब्राह्मण परम तेजोरूप र परमतप:स्वरूप हुन्छन् । छोरी, यस ब्राह्मण देउताको परिचर्याको जिम्मा तिमीलाई सुम्ंिपदैछु । तिमीले नियमपूर्वक नित्यप्रति यिनको सेवा गर्दै गर्नू । छोरी, मलाई थाहा छ, तिमी केटाकेटीदेखि नै ब्राह्मणहरूको, गुरुजनहरूको, बन्धुहरूको, सेवकहरूको, मित्र–सम्बन्धी र माताहरू तथा मप्रति सबै प्रकार आदरयुक्त व्यवहार रहेको छ । यस नगरमा जम्मैजना तिम्रो आचरण र व्यवहारबाट सन्तुष्ट छन् । तिमी वृष्णिवंशमा उत्पन्न शूरसेनकी छोरी हौ । तिमीलाई बचपनमैं प्रीतिपूर्वक राजा शूरसेनले मलाई दत्तकरूपमा दिएका थिए । तिमी वासुदेवजीकी बहिनी हौ र मेरा सन्तानहरूमध्ये सर्वश्रेष्ठ हौ । राजा शूरसेनले प्रतिज्ञा गरेका थिए कि म आफ्नो प्रथम सन्तान तपाईंलाइ दिनेछु । त्यसै प्रतिज्ञा अनुसार उनले तिमीलाई दिएको कारण तिमी मेरी छोरी भयौ । त्यसैले छोरी, यदि तिमीले दर्प, दम्भ र अभिमान छाडेर यस वरदायक ब्राह्मणको सेवा गर्यौ भने अवश्य नै तिम्रो कल्याण हुनेछ ।”

बुबाको कुरा सुनेर कुन्ती (पृथा)ले भनिन्– “राजन्, तपाईंको प्रतिज्ञा अनुसार म सावधानीपूर्वक यी ब्राह्मण देउताको सेवा गर्नेछु । ब्राह्मणहरूको पूजा गर्नु त मेरो स्वभाव नै हो । यसले तपाईंको प्रिय र मेरो कल्याण हुनेछ । यिनी चाहे सायंकालमा आऊन् अथवा बिहानै वा राति तथा आधिरातमा आऊन्, यिनलाई म कुनै पनि प्रकारले कुपित हुने अवसर दिनेछैन । राजन्, यसले मलाई बडो लाभ हुनेछ कि तपाईंको आज्ञामा रहेर ब्राह्मण देउताको सेवा गरेर आफ्नो कल्याण गर्नेछु ।”

कुन्तीले यस प्रकारले भनेपछि राजा कुन्तिभोजले उनलाई बारम्बार ह्दयमा टसाएर उनलाई उत्साहित गर्दै जम्मै कर्तव्य सम्झाइदिए । राजा कुन्तिभोजले ती ब्राह्मण देउतालाई आफ्नी कन्या सुम्पिंदै भने– “ब्रह्मन, मेरी छोरी सानै उमेरकी छिन् तथा अत्यन्त सुखका साथ पालिएकी छिन् । यदि यिनीबाट कुनै अपराध भए तपाईंले त्यसमाथि ध्यान नदिनुहोला । ब्राह्मणहरू वृद्ध, बालक र तपस्वीहरूले अपराध गरिंदिदा पनि प्राय: क्रोध गर्दैनन् ।” ब्राह्मणले भने– “त्यस्तो केही छैन ।” यसपश्चात् राजाले प्रसन्न भएर उनलाई हाँस र चन्द्रमा समान श्वेत प्रासादमा लगेर राखे । त्यहाँ अग्निशालामा उनको लागि एउटा तेजस्वी आसन ओछयाइयो तथा पूर्ण उदारताले उनलाई भोजनादिका समस्त सामग्री समर्पित गरियो । राजपुत्री पृथा पनि आलस्य र अभिमान एकातिर पाखा लगाएर उनको परिचर्यामा दत्तचित्त भएर लागिन् । उनले शुद्ध मनले सेवा गरेर ती तपस्वी ब्राह्मणलाई पूर्णतया प्रसन्न पारिन् । ब्राह्मणले उनलाई हप्काउने, तथानाम भन्ने तथा अप्रिय भाषण गर्दा पनि पृथाले उनलाई वचन फर्काउँदैन थिइन् । ब्राह्मणको व्यवहार पनि अचम्मको थियो । कहिले उनी अनियत समयमा आउँथे, कहिले आउँदैन थिए । कहिले यस्तो भोजन माग्थे, जसलाई पाउन अत्यन्त कठिन हुन्थ्यो तर पृथाले जम्मै काम यस प्रकारले गर्दथिइन् मानौं उनलाई यस कुराको पहिलेदेखि नै जानकारी थियो । उनी शिष्या, पुत्री तथा बहिनीभैंm उनको सेवामा सदैव तत्पर रहन्थिइन् । उनको शील, स्वभाव र संयमले ब्राह्मणलाई बडो सन्तोष भयो तथा उनले पृथाको कल्याणको लागि पूर्ण प्रयत्न गर्न थाले ।

राजा कुन्तिभोज बिहान–बेलुका पृथासित सोध्ने गर्दथे– “छोरी, ब्राह्मण देउता तिम्रो सेवाले प्रसन्न त छन् ? यशस्विनी पृथा उनलाई यही उत्तर दिन्थिइन्– “हो बुबा, उहाँ प्रसन्न हुनुहुन्छ ।” यसले उदारचित्त राजालाई अत्यन्त प्रसन्नता हुन्थ्यो । यस प्रकार एक वर्ष पूर्ण भएपछि पनि त्यस ब्राह्मणले पृथामा कुनै दोष नदेखेर अत्यन्त प्रसन्न भएर पृथासित भने– “कल्याणी तिम्रो सेवाले म अत्यन्त प्रसन्न भएँ । तिमी मसित एउटा यस्तो वर माग, जुन यस लोकमा मानिसहरूको लागि दुर्लभ होस् ।” अनि कुन्तीले भनिन्– “विप्रवर, तपाईं वेदवेत्ताहरूमा श्रेष्ठ हुनुहुन्छ । तपाईं र बुबा ममाथि प्रसन्न हुनुुहुन्छ, मेरा जम्मै काम त यसैले सफल भएको होइन ? अब मलाई अर्को कुनै वरको आवश्यकता नै छैन ।”

ब्राह्मणले भने– “भद्रे, यदि तिमीले कुनै वर माग्दिनौ भने देउताहरूलाई आवाहन गर्ने मसित यो मन्त्र ग्रहण गर । यस मन्त्रले तिमीले जुनसुकै देउताको पनि आवाहन गरेर आफ्नो वशमा पार्न सक्नेछौ । यस मन्त्रद्वारा आवाहन गरिएका त्यस देउताको इच्छा भएपनि, नभए पनि यस मन्त्रको प्रभावले शान्त भएर सेवकको समान तिम्रोअगाडि विनीत भई उभिनेछ ।” ब्राह्मण देउताले यस प्रकार भनेपछि पृथाले शापको भयले अस्वीकार गर्न सकिनन् । अनि ब्राह्मणले पृथालाई अथर्ववेद–शिरोभागान आएका मन्त्रहरूका उपदेश दिए । पृथालाई मन्त्रदान गरेपछि ब्राह्मणले राजा कुन्तिभोजसित भने–“राजन्, म यहाँ बडो सुखपूर्वक बसें । तपाईंकी कन्याले मलाई सबै प्रकारले सन्तुष्ट पारिन् । म अब जान्छु ।” यति भनेर उनी त्यही अन्तध्र्यान भए ।

ब्राह्मण देउता फर्केर गएपछि कुन्तीले उनले दिएको मन्त्रको जाँच गर्न चाहिरहेकी थिइन् । उनले मनमा विचार गरिन्– ती महात्माले मलाई कस्तो मन्त्र दिएका छन् ? मैले ती मन्त्रहरूको शक्तिको परीक्षा गरी हेर्नुपर्दछ । एक दिन उनी राजमहलको कौशीमा उभिएर उदाइरहेको सूर्यलाई हेर्न थालिन् । त्यस बेला उनको दृष्टि दिव्य हुन पुग्यो र उनलाई दिव्यरूप कवच–कुण्डलधारी सूर्यनारायणको दर्शन भयो । त्यसै बेला उनको मनमा ब्राह्मणले दिएको मन्त्रको परीक्षा गर्ने खुल्दुली हुन थाल्यो । उनले विधिवत् आचमन र प्राणायाम गरेर हातमा पवित्र जल लिएर सूर्यनारायणको आह्वान गरिन् । नभन्दै त्यस मन्त्रको प्रभावले तत्काल सूर्यदेव उनको सामु आइपुगे । उनको शरीर मधुको समान पि·ल वर्णको थियो, विशाल बाहु भएका सूर्यदेवको घाँटी शङ्खको समान थियो । मुखमाथि मुस्कानको रेखी थियो । शिरमाथि मुकुट थियो तथा तेजले सम्पूर्ण शरीर देदीप्यमान थियो । उनी आफ्नो योगशक्तिले दुईटा रूप धारण गरेर एउटाले संसारलाई प्रकाशित गरिरहेका थिए तथा अर्को शरीर धारण गरेर पृथा (कुन्ती) समीप आइपुगे । उनले बडो मधुर वाणीले भने– “भद्ेर १ मन्त्रको शक्तिले तानिएर बलात् तिम्रो अधीन आइपुगेको छु । भन, म के गरूँ ? तिमी जे चाहन्छयौ, म त्यो गर्न तयार छु ।” कुन्तीले भनिन्–“भगवन्, तपाईं जहाँबाट आउनुभएको छ त्यहीं फर्किजानुस् । मैले त कुतूहलवश तपाईंको आह्वान गरेकी थिएँ, यसका लागि मलाई क्षमा गर्नुहोस् ।”

सूर्यदेवले भने– “तन्वी १ तिमी मलाई फर्किन भनिरहेकीछ्यौ, म फर्किहाल्नेछु तर देउताको आह्वान गरेर उसबाट कुनै प्रयोजन सिद्धि नगरेर फर्काइदिनु न्यायानुकूल हुनेछैन । सुन्दरी, तिम्रो इच्छा थियो कि सूर्यबाट तिम्रो पुत्र होस्, त्यो लोकमा अतुलित पराक्रमी होवोस् तथा कवच–कुण्डल धारण गरेको होवोस् । अत: तिमीले मलाई आफ्नो शरीर समर्पित गरिदेऊ । यसबाट तिमीलाई तिम्रै सड्ढल्प अनुसारको तेजस्वी पुत्र प्राप्त हुनेछ ।”

कुन्तीले भनिन्– “रश्मिमालिन्, तपाईं आफ्नो विमानमाथि सवार भएर आफ्नो लोकमा पाल्नुहोस् । अहिले म केटाकेटी अवस्थामा छु, त्यसैले यस्तो अपराध गर्नु मेरा लागि अत्यन्त दु:खको कुरा हुनेछ । मेरा बा–आमा हुनुहुन्छ, उनीहरूलाई नै यो शरीर दान गर्ने अधिकार छ । म धर्मको लोप गर्दिनँ । लोकमा स्त्रीहरूको सदाचारको पूजा हुने गर्दछ तथा त्यही सदाचारले आफ्नो शरीर अनाचारबाट सुरक्षित राख्दछ । मैले मूर्खतापूर्वक मन्त्रको शक्ति जान्नका लागि तपाईंको आह्वान गरेकी थिएँ । त्यसैले भगवन् १ मलाई बालिका सम्झेर यो अपराध क्षमा गरिदिनुहोस् ।”

सूर्यले भने– “भीरु, तिमीलाई बालिका नै भन्ठानेर तिम्रो लोलोपोते गरिरहेको छु, कुनै अन्य स्त्रीको म विनय गर्दिनथें । कुन्ती, तिमीले मलाई आफ्नो शरीर दान गरिदेऊ, यसले तिमीलाई शान्ति प्राप्त हुनेछ ।” कुन्तीले भनिन्–“देव १ मेरा बा–आमा अझै जिउँंदै हुनुहुन्छ । उनीहरू बाँचुन्जेल यो सनातन विधिको लोप हुनुहँुदैन । यदि तपाईंको साथ मेरो यो शास्त्रविधिको विपरीत समागम भयो भने यस संसारबाट यस कुलको कीर्ति नष्ट हुनेछ । यदि तपाईं यसलाई धर्मसम्मत मान्नुहुन्छ भने आफ्ना बान्धवहरूले मेरो शरीरको दान नगरे पनि म तपाईंको इच्छा पूर्ण गर्न सक्दछु तर तपाईंलाई आफ्नो दुष्कर आत्मदान गर्दा पनि मेरो सतित्व नष्ट नहोस्, किनकि संसारमा प्राणीहरूको धर्म, यश, कीर्ति र आयु तपाईंमाथि नै अवलम्बित रहेको छ ।” सूर्यले भने– “सुन्दरी, यस्तो गर्नाले तिम्रो आचरण अधर्ममय मानिनेछैन । लोकको हितको दृष्टिले म पनि अधर्मको आचरण कसरी गर्न सक्दछु र ?” कुन्तीले भनिन्– “भगवन्, यदि यस्तो छ भने मबाट जुन पुत्र उत्पन्न गर्नुहुनेछ, त्यो जन्मैदेखि उत्तम कवच र कुण्डल धारण गरेको होओस् । यस्तो भएमा म तपाईंसित समागम गर्न सक्दछु, तर त्यो बालक पराक्रम, रूप, सत्व, ओज र धर्मले सम्पन्न हुनुपर्दछ ।” सूर्यले भने– “राजकन्या, मेरी आमा अदितिले मलाई जुन कवच र कुण्डल दिएकी थिइन्, त्यही कवच–कुण्डल म त्यस बालकलाई दिनेछु ।” सूर्यको यस प्रकारको आश्वासन सुनेपछि कुन्तीले भनिन्– “रश्मिमालिन, यदि मैले त्यस्तो पुत्र प्रसव गर्ने सौभाग्य पाएँ भने म बडो प्रेमले तपाईंसित सहवास गर्नेछु ।”

आफूसित सहवास गर्न कुन्तीको स्वीकृति पाएर भगवान् भास्करले आफ्नो तेजको बलले उनलाई मोहित पारिदिए तथा आफ्नो योगबलले उनीभित्र पसेर गर्भ स्थापित गरिदिए । यस प्रकार कुन्तीको कौमार्य भ· भएन । गर्भाधान भइसकेपछि कुन्ती सचेत हुन पुगिन् । यस प्रकार आकाशमा जसरी चन्द्रमा उदित हुन्छ, त्यस्तै माघ शुक्ला परेवाको दिन पृथा (कुन्ती)को गर्भ स्थापित भयो । कुन्तीको खोपीमा नियुक्त एउटी दासीबाहेक कुनै पनि स्त्रीले यसको सुइँको पनि पाएन । सुन्दरी पृथाले यथासमय एउटा देउताको समान कान्तिमान बालक जन्माइन् तथा सूर्यदेवको कृपाले उनी कन्या बनिरहिन् । जन्मिदा त्यो बालक आफ्नो बाबुकै समान शरीरमाथि कवच र कानमा सुवर्णको उज्ज्वल कुण्डल धारण गरेको थियो तथा उसका नेत्र सिंहका समान र काँध गोरुको जस्तो थियो । पृथाले आफ्नी सेविकासित एउटा बाकस मगाइन् । त्यस बाकसभित्र बडो यत्नका साथ नरम लुगा ओछयाएर राम्रो तथा आरामदायक डसना ओछयाउन लगाइन् तथा त्यसै बाकसमा नवजात शिशुलाई सुताई बाकसको बिर्को लगाएर चारैतिरबाट मैनको लेप लगाउन लगाइन् तथा त्यस बाकसलाई अश्व नामक खोलामा बगाइदिइन् । त्यस बाकसलाई खोलामा बगाउन लाग्दा कुन्ती डाँको छाडेर रुन थालिन्– “मेरो प्यारो छोरा, नभचर, स्थलचर र जलचर जीवजन्तु तथा अन्य दिव्य प्राणीहरूले तिम्रो म·ल गरून् । तिम्रो मार्ग सुगम होओस् । शत्रुहरूबाट तिमीलाई कुनै किसिमको विघ्न नहोओस् । जलका स्वामी वरुण देउताले तिम्रो रक्षा गरून् । आकाशमा सर्वगामी पवनदेवले तिम्रो रक्षा गरून् तथा तिम्रा पिता सूर्यदेवले तिम्रो सर्वत्र रक्षा गरून् । तिमी कुनै बेला विदेशमा पनि कतै पाइयो भने तिमीले लगाएको कवच र कुण्डलले म तिमीलाई चिनी हाल्नेछु ।” पृथा यस प्रकारले रोइकराइ विलाप गर्दै नवजात शिशुलाई नदीमा बगाएर अत्यन्त व्याकुल भई आफ्नी सेविकाको साथ घर फर्किन् ।

कुन्तीले जन्माएको नवजात शिशुलाई काठको बाकसभित्र राखेर पानीमा बगाएर घर फर्किन् । त्यो बाकस पानीमा बग्दाबग्दै अश्वनदीबाट चर्मण्वती (हालको चम्बल नदी)मा पुग्यो, त्यहाँबाट यमुना नदीमा पुग्यो तथा अझै बग्दाबग्दै त्यो बाकस ग·ा नदीमा पुगेर बग्दै त्यस ठाउँमा पुग्यो जहाँ अधिरथ सूत बस्दथे । त्यस ठाउँलाई चम्पापुरी भनिन्थ्यो । त्यसै बेला राजा धृतराष्ट्रका मित्र अधिरथ आफ्नी स्त्रीका साथमा ग·ा तटमा आएका थिए । उनकी स्त्री राधा, अनुपम रूपवती थिइन् तर उनको कुनै सन्तान थिएन । उनी पुत्रप्राप्तिको यत्नमा विशेषरूपले लागेकी थिइन् । दैवसंयोगले उनको दृष्टि ग·ा नदीको पानीमा बग्दै गरेको बाकसमाथि पर्यो । बाकस ग·ा नदीको तर·बाट ठक्कर खाएर नदीको किनारसम्म आइपुग्यो । त्यस बाकसलाई किनारमा आई रोकिएको देखेर उनी कुतूहलवश अधिरथसित भनेर बाहिर झिक्न लगाइन् । बाकस यत्नपूर्वक बन्द थियो । ज्यावल लगाएर त्यस बाकसलाई खोली हेर्दा त्यसमा तरुण सूर्यभैंm तेजस्वी एउटा बालक देखियो । त्यस बालकले सुनको कवच लगाएको थियो तथा उसको मुख उज्ज्वल कुण्डलहरूको कान्तिले दिप्त थियो ।

त्यस बालकलाई देखेर अधिरथ र राधा छक्क परे । अधिरथले त्यस बालकलाई आफ्नो हातमा उचालेर आफ्नी स्त्रीसित भने– “प्रिये, मैले जन्मलिएदेखि आजसम्म यस्तो विचित्र बालक देखेको थिइनँ । मलाई लाग्दछ यो कुनै देउताको बालक हाम्रोलागि आएको छ । हामीहरू पुत्रहीन थियौं, त्यसैले देउताहरूले यो पुत्र हामीलाई दिएका छन् ।” यति भनेर अधिरथले त्यस बालक राधालाई दिए । राधाले त्यस दिव्यरूप शिशुलाई विधिवत् ग्रहण गरिन् तथा नियमानुसार त्यसको पालन गर्न थालिन् । यस प्रकारले त्यो पराक्रमी बालक दिनानुदिन बढ्न थाल्यो । पछि अधिरथका औरस पुत्रहरू पनि जन्मिन थाले । त्यस बालकलाई वसुवर्म (सुनको कवच) र सुवर्णमय कुण्डल धारण गरेको देखेर ब्राह्मणहरूले उसको नाम वसुषेण राखे । यस प्रकार त्यो अतुलित पराक्रमीलाई सूतपुत्र भनियो तथा ‘वसुषेण’ वा ‘वृष’ नामले विख्यात भयो ।

दिव्य कवचधारी बालक भएको हुनाले पृथा (कुन्ती)ले आफ्ना दूतहरूद्वारा थाहा पाइन् कि उनको छोरा अ·देशको एउटा सूतको घरमा पालन पाइरहेको छ । बालक योग्य भइसकेपछि अधिरथले त्यस बालकलाई विद्योपार्जनका लागि हस्तिनापुर पठाइदिए । त्यहाँ ऊ गुरु द्रोणाचार्यसित अस्त्रविद्या सिक्न थाल्यो । त्यही कौरव राजकुमार दुर्योधनसित उसको मित्रता हुन पुग्यो । उसले द्रोण, कृप र परशुरामसित चारै प्रकारका अस्त्रहरूको सञ्चालन सिकेर महान् धनुर्धर भई सम्पूर्णलोकमा प्रसिद्ध भयो । ऊ दुयोर्धनसित मेल गरेर सर्वदा पाण्डवहरूको अप्रिय गर्नमा तत्पर रहन्थ्यो तथा सदैव अर्जुनसित युद्ध गर्ने ध्याउन्नमा रहन्थ्यो । यो नै सूर्यदेवको गुप्त कुरा थियो कि कर्णको जन्म सूर्यद्वारा कुन्तीको गर्भबाट भएको थियो तथा उसको पालन सूतपरिवारमा भएको थियो । कर्णलाई कवच–कुण्डलले युक्त भएको देखेर युधिष्ठिर उसलाई युद्धमा अवध्य (अजेय) मान्दथे तथा यसको उनलाई सदैव फिक्री रहन्थ्यो ।

पाण्डवहरूको वनवासको बार्हौं वर्ष समाप्त भएर तेर्हौं वर्ष आरम्भ भएपछि पाण्डवहरूका हितैषी इन्द्रले कर्णसित उनको कवच र कुण्डल माग्न तयार भए । सूर्य देवलाई यो कुरा थाहा भएपछि उनी छोरा कर्णलाई चेताउन भनेर उनको स्वप्नमा आए । ब्राह्मणसेवी र सत्यवादी कर्ण अत्यन्त निश्चिन्त भएर ओछयानमा सुतिरहेका थिए । सूर्यदेव पुत्रस्नेहवश अत्यन्त दयाद्र्र भएर एक वेदवेत्ता ब्राह्मणको रूपमा उनको स्वप्नावस्थामा आएर यस प्रकारले भन्न थाले–“सत्यवादीहरूमा श्रेष्ठ महाबाहु कर्ण, म स्नेहवश तिम्रो भलोको कुरा भन्दैछु, त्यसमाथि ध्यान देऊ । हेर, पाण्डवहरूको भलोका लागि देवराज इन्द्र ब्राह्मणको रूप धारण गरेर तिमीसित कवच र कुण्डल माग्न आउनेछन् । उनलाई तिम्रो स्वभावको बारेमा तथा सम्पूर्ण संसारलाई पनि तिम्रो नियमको बारेमा थाहा छ कि तिमीसित कुनै सत्पुरुषले माग्दा तिमीले उसको अभीष्ट वस्तु दिइहाल्दछौ तथा स्वयम् कसैसित केही पनि माग्दैनौ । यदि तिमीले आफ्नो जन्मकै साथ उत्पन्न भएका यी कवच र कुण्डल कसैलाई दिइहाल्यौ भने तिम्रो आयु क्षीण भइहाल्नेछ र मृत्युको तिमीमाथि अधिकार भइहाल्नेछ । तिमी राम्ररी जान बाबु, जबसम्म यो कवच र कुण्डल तिम्रो साथमा रहनेछ, तबसम्म तिमीलाई कुनै पनि शत्रुले मार्न सक्ने छैन । यी रत्नमय कवच–कुण्डल अमृतले उत्पन्न भएका छन् । त्यसैले तिमीलाई आफ्नो प्राण प्यारो छ भने जुनसुकै उपायले पनि यसको अवश्य रक्षा गर्नुपर्दछ । स्वप्नावस्थामा नै कर्णले सोधे– “भगवन्, तपाईंले मप्रति अत्यन्त स्नेह देखाउँदै मलाई यस प्रकारको उपदेश दिंदै हुनुहुन्छ । यदि तपाईंको इच्छा भए मलाई बताउनुहोस्, यस ब्राह्मण भेषमा तपाईं को हुनुहुन्छ ?” सूर्यले भने–“बाबु, म सूर्य हुँ र तिमीलाई स्नेहवश भएर नै यस्तो सम्मति दिंदैछु । तिमीले मेरो कुरा मानेर यस कवच–कुण्डलको रक्षा गर, यसमा नै तिम्रो विशेष कल्याण हुनेछ ।

स्वप्नावस्थामा नै कर्णले सोधे–“भगवन्, तपाईंले मप्रति अत्यन्त स्नेह देखाउँदै मलाई यस प्रकारको उपदेश दिंदै हुनुहुन्छ । यदि तपाईंको इच्छा भए मलाई बताउनुहोस्, यस ब्राह्मण भेषमा तपाईं को हुनुहुन्छ ?” सूर्यले भने– “बाबु, म सूर्य हुँ र तिमीलाई स्नेहवश भएर नै यस्तो सम्मति दिंदैछु । तिमीले मेरो कुरा मानेर यस कवच–कुण्डलको रक्षा गर, यसमा नै तिम्रो विशेष कल्याण हुनेछ ।” कर्णले भने– “जब भगवान् भास्कर स्वयम्ले मलाई मेरो हितको उपदेश गर्दै हुनुहुन्छ भने मेरो परम कल्याण हुने कुरा त निश्चित नै हुने भयो, तर तपाईंले मेरो कुरा सुन्ने कृपा अवश्य गर्नुहोस् । तपाईं वरदायक देव हुनुहुन्छ, तपाईंलाई प्रसन्न राख्दै म प्रेमपूर्वक यो निवेदन गर्न चाहन्छु कि यदि तपाईंले मलाई माया गर्नुहुन्छ भने मलाई मेरो व्रतबाट विचलित नगर्नुहोस् । सूर्यदेव, संसारभरिका जम्मैजनालाई यो कुरा थाहा छ कि म श्रेष्ठ ब्राह्मणहरूले मागेको खण्डमा आफ्नो प्राण पनि अर्पण गर्न सक्छु । यदि देवश्रेष्ठ इन्द्रले पाण्डवहरूको हितका लागि ब्राह्मण भेष धारण गरेर आई मसित भिक्षा माग्न आए भने म उनलाई आफ्नो यो दिव्य कवच र कुण्डल सहर्ष अवश्य नै दिइहाल्नेछु । यसले गर्दा तीनै लोकमा मेरो जुन नाम र कीर्ति फैलिएको छ त्यो साँघुरिने छैन । म जस्ता मानिसहरूले यशको रक्षा गर्नुपर्दछ, ज्यानको होइन । यस नश्वर संसारमा मानिस यशस्वी भएर मर्नु बेस हुन्छ ।”

सूर्यले भने– “बाबु कर्ण, तिमीले देउताहरूको गुप्त रहस्यबारे थाहा पाउन सक्दैनौ । त्यसै कारणले यसभित्र जुन रहस्य रहेको छ, त्यसबारे म तिमीलाई बताउन चाहन्नँ, समय आएपछि तिमीले स्वयम् थाहा पाइहाल्नेछौ, तैपनि म तिमीलाई फेरि पनि भनिरहेको छु– इन्द्रले माग्दा पनि तिमीले तिम्रो जन्मजात कवच र कुण्डल नदिनु बाबै, किनकि यी कुण्डल कवचले युक्त रहँदा तिमीलाई अर्जुन र उसका हित इन्द्रले पनि तिमीलाई युद्धमा परास्त गर्न सक्षम हुन सक्दैनन् । त्यसैले तिमी यदि अर्जुनलाई जित्न चाहन्छौ भने यी दिव्य कवच र कुण्डल इन्द्रलाई कदापि नदिनु ।”

कर्णले भने– “सूर्यदेव, तपाईंप्रति मेरो जुन प्रकारको भक्ति छ, त्यो त तपाईंलाई थाहा छँदैछ तथा तपाईंलाई यो पनि थाहा छ कि मेरो दिनचर्यामा याचकलाई कुनै पनि वस्तु अदेय छैन । भगवन् तपाईंप्रति मेरो जस्तो अनुराग छ, त्यस्तो अनुराग त स्त्री, पुत्र, शरीर तथा सुह्दहरूप्रति पनि छैन । यसमा पनि सन्देह छैन कि महानुभावहरूको आफ्ना भक्तहरूमाथि अनुराग रहने नै गर्दछ । अत: यस साइनोले तपाईं मेरो हितको लागि जुन वचन भनिरहनुभएको छ त्यसको लागि म शिर झुकाउँदै छु र तपाईंलाई प्रसन्न पार्नको लागि बारम्बार यो प्रार्थना गर्दैछु, तपाईं मेरो अपराध क्षमा गर्नुहोस् तथा मेरो यस व्रतको अनुमोदन गर्नुहोस् कि याचना गर्दा म इन्द्रलाई आफ्नो प्राण पनि दान गर्न सकूँ ।”

सूर्यले भने– “बेस, यदि तिमीले आफ्ना दिव्य कवच र कुण्डल इन्द्रलाई दियौ भने आफ्नो विजयको लागि उनीसित यो प्रार्थना गर्नु कि देवराज, तपाईंले मलाई आफ्नो शत्रुहरूको संहार गर्ने अमोघ शक्ति प्रदान गर्नुहोस् । त्यसको साटोमा म आफ्नो दिव्य कवच र कुण्डल दिन तयार हुनेछु । महाबाहो, इन्द्रको त्यो शक्ति बडो प्रबल खालको छ । जबसम्म त्यसले सयकडौं–हजारौं शत्रुहरूको संहार गरिहाल्दैन, तबसम्म हान्ने व्यक्तिको हातमा फर्केर आउँदैन ।” यति भनेर भगवान् सूर्यदेव अन्तध्र्यान भए । अर्को दिन बिहानै जप सिध्याएर कर्णले स्वप्नावस्थामा देखेका घटनाबारे सूर्यदेवसित भने । कर्णको स्वप्न सुनेर भगवान् भास्करले मुसुमुसु हाँस्दै भने–“बाबु कर्ण, त्यो फगत् स्वप्नमात्रै होइन, जम्मै साँचो हुनेछन् । सूर्यदेवको कुरा सुनेर कर्णले कुरा राम्ररी बुझे तथा शक्ति पाउने इच्छाले इन्द्रको प्रतीक्षा गर्न थाले ।

एक दिन देवराज इन्द्र ब्राह्मणको भेषधारण गरेर कर्णको समीपमा आएर भने– “भिक्षां देहि” ब्राह्मण भेषधारी इन्द्रको कुरा सुनेर कर्णले भने– “पाल्नुहोस्, तपाईंको स्वागत छ । भन्नुहोस्, म तपाईंलाई सुवर्णविभूषिता कन्याहरू दिऊँ वा धेरै गाइ भएको गाउँ अपर्ण गरूँ ? तपाईंको सेवा कुन प्रकारले गरूँ ? ब्राह्मणले भने– “होइन राजन्, यी वस्तुहरू लिने मेरो इच्छा छैन । यदि तपाईं वास्तवमा सत्यप्रतिज्ञ हुनुहुन्छ भने मलाई तपाईंले आफ्नो जन्मको साथ उत्पन्न भएका यी दिव्य कवच र कुण्डल दिनुहोस् । मेरोलागि यो सबैभन्दा बढी लाभदायक हुनेछ ।” कर्णले ब्राह्मणको कुरा सुनेर भने– “विप्रवर, मेरो साथमा उत्पन्न भएका यी कवच र कुण्डल अमृतमय छ । यिनीहरूको कारणले त्रिलोकीका कुनै पनि शत्रुले मलाई मार्न सक्दैन । त्यस कारणले यिनीहरूलाई म आफूबाट विलग हुन दिन चाहन्नँ । तपाईंले मसित विस्तृत र शत्रुहीन पृथ्वीको राज्य लिनुहोस् । कवच र कुण्डल दिएपछि म शत्रुहरूको सिकार हुन पुग्नेछु । मलाई क्षमा गर्नुहोस् ।

कर्णले ब्राह्मणको कुरा सुनेर भने–“विप्रवर, मेरो साथमा उत्पन्न भएका यी कवच र कुण्डल अमृतमय छन् । यिनीहरूको कारणले त्रिलोकीका कुनै पनि शत्रुले मलाई मार्न सक्दैनन् । त्यस कारणले यिनीहरूलाई म आफूबाट विलग हुन दिन चाहन्नँ । तपाईंले मसित विस्तृत र शत्रुहीन पृथ्वीको राज्य लिनुहोस् । कवच र कुण्डल दिएपछि म शत्रुहरूको सिकार हुन पुग्नेछु । मलाई क्षमा गर्नुहोस् ।”

यति कुरा भनेपछि पनि जब इन्द्रले कर्णसित अर्को वर मागेनन् अनि कर्णले हाँसेर भने– “देवराज, मैले पहिले नै तपाईंलाई चिनिसकेको थिएँ । म तपाईंलाई कुनै अमूल्य वस्तु दिउँ र त्यसको साटोमा अर्को मूल्यवान वस्तु नलिउँ, यो उचित हुनेछैन । तपाईं साक्षात् देवराज इन्द्रदेव हुनुहुन्छ, अत: तपाईंले मलाई कुनै मूल्यवान वर दिनु उचित नै हुनेछ । तपाईं अनेकौं अन्य जीवहरूका स्वामी र उनीहरूका रचना गर्ने देव हुनुहुन्छ । देवेश्वर, यदि मैले तपाईंलाई आफ्नो कवच र कुण्डल दिए भने शत्रुहरूको वध्य भइहाल्नेछु र तपाईंको पनि उपहास हुनेछ । त्यसैले यसको साटो अर्को कुनै मूल्यवान वर दिएर मेरो कवच र कुण्डल लानुहोस्, नत्र अरू कुनै उपायले पनि म आफ्नो कवच र कुण्डल दिन्नँ ।” इन्द्रले भने– “म तिमीसित भेट्न आउने कुरा सूर्यलाई पहिले नै थाहा भइसकेकोले उनले तिमीलाई जम्मै कुरा बताइदिएका हुन् । ठीकै छ, तिमी जसरी चाहन्छौ, त्यही सही । तिमी कवच र कुण्डलको साटोमा मसित केवल मेरो वज्रबाहेक अन्य कुनै पनि वर माग्न सक्छौ, माग ।” कर्णले भने– “इन्द्रदेव, तपाईंले कवच रकुण्डलको साटो आफ्नो अमोघ शक्ति प्रदान गर्नुहोस्, जसले सङ्ग्राममा अनेकौं शत्रुहरूको संहार गर्नमा समर्थ छ ।”

कर्णको कुरा सुनेर अमोघ शक्ति दिने विषयमा एक छिन घोरिएर इन्द्रले भने– “हुन्छ, तिमीले मलाई आफ्नो जन्मको साथ उत्पन्न भएका कवच र कुण्डल देऊ तथा त्यसको साटो मेरो अमोघ शक्ति लेऊ, तर यसको साथमा एउटा सर्त यो छ कि मेरो हातबाट छुटेपछि यो शक्ति अवश्य नै सयकडौं शत्रुहरूको संहार गर्नेछ अनि फेरि मेरै हातमा फर्की आउनेछ । अत: तिम्रो हातबाट छुटेपछि जुन शत्रुले अत्यन्त जोडले कराएर तिमीलाई संतप्त गरिरहेको हुनेछ, त्यस्तो केवल एक प्रबल शत्रुलाई मारेर फेरि मेरै हातमा फर्की आउनेछ । कर्णले भने– “देवराज, म पनि एक यस्तो शत्रुलाई मार्न चाहन्छु, जसले घोर युद्धमा जोडजोडले कराइ मलाई संतप्त गरिरहेको हुनेछ तथा जसबाट मलाई भय उत्पन्न भइसकेको हुनेछ ।” इन्द्रले भने– “तिमीले युद्धमा जोडजोडले कराइरहेको एक प्रबल शत्रुलाई अवश्य मार्न सक्नेछौ तर जसलाई (अर्जुन) तिमीले मार्न चाहन्छौ, त्यसको रक्षा त भगवान् कृष्णले गरिरहेका छन्, जसलाई वेदज्ञ पुरुषहरूले अजित, वरार्ह र अचिन्त्य नारायण भन्दछन् ।” कर्णले भने– “भगवन्, तपाईंले भनेको कुरा सही हो, तथापि तपाईंले मलाई एउटा वीरको संहार गर्न सक्ने आफ्नो अमोघ शक्ति प्रदान गर्नुहोस्, जसबाट म आफूलाई संतप्त गर्ने शत्रुलाइ मार्न सकूँ ।

इन्द्रले भने– “एउटा अर्को कुरा पनि छ, हेर, यदि अन्य अस्त्रशस्त्र बाँकी रहँदैमा अथवा प्राणान्त सड्ढट उपस्थित हुनुअगावै प्रमादवश तिमीले यो अमोघ शक्ति प्रहार गर्यौ भने शत्रुलाई छाडेर यो अमोघ शक्ति तिमीमाथि नै आइलागेर तिम्रै संहार गरिहाल्नेछ । कर्णले भने–“इन्द्रदेव, तपाईंको कथनानुसार म तपाईंको यस अमोघ शक्तिलाई आफूमाथि ठूलो सड्ढट आइपरेपछि मात्र प्रहार गर्नेछु, यो मेरो सत्य वचन हो ।”

कर्णको कुराबाट आश्वस्त भएपछि इन्द्रले आफ्नो अमोघ शक्ति कर्णलाई दिए । कर्णले त्यस प्रज्वलित शक्तिलाई लिएर एउटा तिखो शस्त्रले आफ्ना समस्त अ·हरू ताछेर कवच झिक्न थाले । उनलाई शस्त्रबाट आफ्नो शरीरका अ·हरूलाई मुस्कानका साथ ताछ्दै कवच झिक्न लागेको देखेर देउताहरूले स्वर्गमा दुन्दुभि बजाउन थाले तथा दिव्य पुष्पहरूको वर्षात् गर्न थाले । यस प्रकार आफ्नो शरीर ताछेर उनले रगतमा लतपतिएको दिव्य कवच इन्द्रलाई दिए तथा दुइटै कानको लोती काटेर दुइटै कुण्डल पनि सुम्पे । यस दुष्कर्मकै कारणले उनी ‘कर्ण’ नामले विख्यात भए ।

यस प्रकार कर्णलाई ठगेर तथा उनलाई संसारभरिमा यशस्वी बनाएर इन्द्रले निश्चय गरे– “ल, अब पाण्डवहरूको काम फत्ते भयो ।” यसपश्चात् उनी स्वर्गलोक फर्किए । धृतराष्ट्र पुत्रहरूले यो कुरा थाहा पाएर अत्यन्त दु:खी भए तथा उनीहरूको सम्पूर्ण गर्व खुकुलो भयो तथा वनवासी पाण्डवहरू कर्ण यस प्रकारको परिस्थितिमा परेको सुनेर अत्यन्त प्रसन्न भए ।

समाप्त

(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )

This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.