कविता : कालो उज्यालो

~सोम खनाल~som-khanal

ऐनाको सामु उभेर शरीर खिस्रिक्क हांसेर
कल्पन्छ आफ्नै कर्मको टीका निधारमा टांसेर-
आंखामा पसी मूटुमा बसी हृदय छोएको
सपनाबाट ब्यूझेर निन्द्रा अंगाली रोएको ।

आकास माथि उडेर जाने बादलु छांयाका
तिर्सना हैनन् जीबनका दिव्य तस्बीर ती मायाका
के तिन्ले छोलान् जूनको शीतल त्यो स्वेत जवानी
कि शहीद होलान् बाटैमा कुनै संकोच नमानी ?

ती एक्ला एक्ला कलेजा मिली शान्तिले बाच्नेछन्
संसारमै कतै नभाको नौलो बान्किले नाच्नेछन्
पगाली सारा हिमाल पानी छांगामा खासाउलान्
ढुकुरका सयौं जोडीलाई तानि हांगामा बसाउलान् ।

बुनेर कथा, उनेर माला त्यो फूलै सुक्ला कि ?
उमंग जस्तो त्यो उचो शीर पल्पलै झुक्ला कि ?
सपना देख्ने आंखाका नानी बादलमै अल्झेलान् ?
हजार प्रहर खपेका पीडा निमेषमै बल्झेलान् ?

संसय हेर्दै राक्षस जस्तो छाया भै तर्साउछ
पारीलो घामले आंगन भरी असिना बर्षाउछ
अमीलो सायीत चाखेर आउदा धमीलो बिहानी
गुलीया होलान् थाकेर आउने दिनका काहानी ?

यो कस्तो रङ्ग जीबनले पाउछ रातले नपाउने
हेमन्त बित्दा, शिशिर बित्दा, बसन्त नअाउने
यो सल्लो हो कि भाग्यको खोटो नजल्ने दियालो
खै कहाबाट पोखिइ आउछ त्यो ‘कालो-उज्यालो’ ?

January 25, 2017

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.