~रेखा पन्त~
चित्कारले मुर्दा उठछ,पत्याउनु नपत्याउनु
ग्रहणले क्षितिज लुट्छ,पत्याउनु नपत्याउनु
नयन बाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै
प्यासी सिरानीले कुट्छ,पत्याउनु नपत्याउनु
सातै जुनी संगै जिउने, बाचा कसम खाएपनि
पल भरमा नाता टुट्छ, पत्याउनु नपत्याउनु
मुटु र धमनी बिचको प्रगाढ सम्बन्ध आखिर
सिसा फुटे जसरी फुट्छ,पत्याउनु नपत्याउनु
आमाको न्यानो काख अमृत पान भुली छोरो
बृद्धाश्रम लान जुट्छ, पत्याउनु नपत्याउनु
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )