~दिनेश अधिकारी~
रक्सी बेचेँ, आलु बेचेँ, बेचेँ च्युरा–मासु
सबैभन्दा धेरै बिक्यो जोबनको हाँसो
भट्टी भन्नु त्यस्तै रै’छ चल्दो रै’छ बैँस
उडेपछि लाली–रङ बाधा भयो बाटो
बर्को ओढे जीउलाई सुहाएन भन्थे
कुन्नि केके ल्याइदिन्थे— उपहार भन्थे
मेरो दिन सुरु हुन्थ्यो अन्त साँझ ढल्दा
ठाउँ छैन भन्दा पनि आफन्त हुँ भन्थे
बोल्नुमात्र पथ्र्यो मैले टथ्र्यो सारा खाँचो
छाडिजान्थे पैसा पनि फिर्ता लिने साटो
भट्टी भन्नु त्यस्तै रै’छ….
मुजा पर्दै गयो छाला, चल्न छाड्यो भट्टी
चिन्नेहरू हिँड्न थाले फर्की अर्कैपट्टि
धेरै भयो खोजिरा’छु बाँच्ने यौटा बाटो
आफ्नै ठाउँ छोरीलाई बस्न दिने हो कि ?
कहाँ टेक्न आइएछ जता पनि आगो
छोप्न खोजे एकातिर डढ्छ अर्को पाटो
भट्टी भन्नु त्यस्तै रै’छ….
शब्द : दिनेश अधिकारी
स्वर : सर्मिला बर्देवा