कृष्णसिंह पेलाका केही हाइकुहरू

~कृष्णसिंह पेला~

१
नयाँ भित्तामा
पुरानै क्यालेन्डर
तीतो अतीत

२
स्वनामधन्य
मारक विषजन्य
त्यो अम्लबर्षा

३
न बाट सुरु
अचम्मको दर्शन
न मा नै अन्त्य ।

४
नयाँ नेपाल
पुरानै गोलमाल
खबरदार ।

५
आकाश थाम्ने
हुटिट्याउँको भ्रम
यौटा दुस्वप्न ।

६
मसाने गल्ली
आत्माका सौदागर
प्रभात हुँदैछ ।

७
डरायौ तिमी ?
डराउनु पर्दैन
म निरामिष ।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.