सूत्रकथा : म मुसुक्क हाँसें

~हिरण्य भोजपुरे~

श्रीमतीजी र म मन्दिर जाँदैछौँ । बालकुमारी । सुनाकोठीबाट ।

हामी हिँडिरह्यौँ । श्रीमतीजी गनगन गरिरहिन् । के रे भने सलाई ल्याउन बिर्सेकी रे ! मन्दिरमा धूपबत्ती बाल्न !

एकपल्ट–दुईपल्टसम्मको दुखेसो त ठिकै थियो । तर उनी बजेको बजेकै भइन् रिवाइन्ड गर्दै त्यही कुरो ।

बढ्ता भएपछि म मुसुक्क हाँसेँ ।

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.