~महेन्द्र महक~
ऊ पत्रकार थियो, यो कुरा सबैलाई थाहा भएको हो ।
म उसको साथी, यो पनि करीब करीब धेरैलाई थाहा छ ।
उसले पत्रिका चलाउनुभन्दा पहिलादेखि नै उसको र मेरो साथ रहेको हो । पत्रिका चलाउन थालेपछि भने उसले मलाई पनि लेख्न उक्सायो । मैले कहिलेकाहीं लेख्न थालें । खास अध्ययन नभएका कारणले मेरा लेखहरु स्तरीय हुँदैनन् । कुनै पनि पाठकले आजसम्म कुनै किसिमको पनि प्रतिक्रिया नदिएकोबाट यो कुराको पुष्टि हुन्छ । तर पनि म लेखिरहेको छु ।
मेरो अफिस सकिएपछि प्रायःजसो हामी सँगै बसी चिया पिउँथ्यौं र यहाँबाट प्रकाशित हुने अन्य पत्रिकामा छापिएका सामाचारहरुमाथि टिप्पणी गरेर बस्थ्यौं । मैले उसँग केही पैसा लिनु थियो । लामो समय भइसक्दा पनि फिर्ता गरेको थिएन ।‘मलाई पैसाको साह्रै अप्ठ्यारो परेको छ । आज जसरी भएपछि पैसा चाहियो ।’
मेरो कुरा सुनेर ऊ एकछिन् गम्भीर भयो अनि भन्यो, ‘ल हिड् त । तेरो पैसा आज दिइदिन्छु ।’
उसले मलाई आफ्नो बाइकको पछाडि बसायो र जिल्ला प्रहरी कार्यालय पु¥यायो । पैसा मागेकै कारणले प्रहरी खोरमा पो पु¥याउन लाग्यो कि यसले रु सन्की साथीको के भर रु
मलाई बाहिर नै राखेर ऊ भित्र पस्यो– डीएसपीको कार्यकक्षमा । केही मिनेटको अन्तरालपछि ऊ फर्कियो ।
चिया पसलमा आएर उसले मलाई दश हजार दिँदै भन्यो, ‘डीएसपीले दिएको पैसा हो यो ।’
यसको दुई दिनपछिसम्म मेरो र उसको भेट हुन सकेन । म आफ्नो काममा व्यस्त भइसकेको थिएँ । यतिबेला ऊ पनि आफ्नो काममा व्यस्त थियो ।
दुई दिनपछिको उसको पत्रिका उसको नेताले जिल्ला भ्रमणमा दिएको भाषण र उद्घाटन कार्यक्रमका झलकले पूरै भरिएको थियो ।
तेस्रो दिन उसलाई भेट्दा ऊ खुशी थियो । ‘यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ मेरो भागमा पर्छ, म ढुक्क छु ।’ उसले मलाई बताएको थियो ।
‘घोषणा नहुँदै तेरो भागमा नै पर्छ भन्ने के ग्यारेण्टी रु’ मैले शङ्का ओकलेको थिएँ ।
‘अरे यार । तँ मुलालाई के थाहा यस्ता कुरा ।’ उसले मलाई व्यङ्ग्य गरेको थियो ।
‘उसो भए त पार्टी गर्नुप¥यो त ।’
‘आज विशेष पार्टी गरौंला, हुन्न रु आज घर आउँदिन भनेर खबर गरिदे ।’ आँखा सन्काउँदै उसले मलाई भन्यो ।
मैले मेरो घरमा खबर गरिदिएँ ।
हामी साँझको समयमा होटेल कोहिनूर एण्ड रेष्टुराँमा थियौं ।
हाम्रो अगाडि कटनेसी थियो, सलाद थियो, वाइन थियो अनि एक जना अर्को साथी थियो, होटेलको साहु ।
हामी तीन जना पिउँदै थियौं ।
उसले होटेलको साहुलाई थपी थपी पिलाइरहेको थियो र आफूले पुरस्कार पाउँदै गरेको कुरा र पत्रिका प्रकाशनको काम थालेदेखि के–के उपलब्धि हासिल गर्न सक्यो, त्यसको बारेमा हात घुमाइ–घुमाइ गर्वका साथ सुनाइरहेको थियो । उसको आवाज त्यतिबेला अझ चर्को हुन्थ्यो जतिबेला होटेल साहुकी श्रीमती अर्थात् साहुनी हाम्रो टेबुल छेऊ आएर ‘केही चाहियो रु’ भनी सोध्थी ।
साहु रक्सीले पूरै मात्तिएको थियो । पत्रकार महोदयले उसलाई हरेक पटक थपी–थपी राखिदिएको रक्सीले काम शुरु गरिसकेको थियो । ऊ लगभग बेहोसी अवस्थामा थियो । यसपछि होटेलमा काम गर्ने एक जना केटाले मलाई एउटा कोठामा लिएर छोडिदियो र साहुनी आफैले उसलाई पनि कुनै कोठातिर लिएर गइन् ।
कोठामा पुगेपछि पिसाबले च्याप्यो । अटेच बाथरुम छ भन्ने कुरा मेरो दिमागमा आउँदै आएन । म बाहिरको कमन बाथरुममा जान भनी निस्कें ।
बाथरुम नजिकैको ढोका उघारै थियो । ट्वाइलेट होला भनी पसेको त पत्रकार महोदय र साहुनी सारा दुनियाँ बिर्सेर नाङ्गै भएर खेल खेलिरहेका देखिन्छन् । मेरो नसा ‘छू मन्तर’ हुन पुग्यो ।
‘ऐ, तँ मू‘ किन यहाँ आएको रु आफ्नो कोठामा जा ।’ उसले मलाई रिसाएको आवाजमा आदेश दियो । उसको बोलीबाट थाहा हुन्थ्यो, कि त उसलाई रक्सीको मात भर्खर चढ्दैछ कि त कोठामा आएर यसले फेरी थप्यो । नत्र भने उसको आवाज टेबुलबाट उठ्ने बेलाको भन्दा बढी लर्बराएको थियो ।
‘कति एक्लै मात्र मजा लुट्छस् यार, हामी पनि चाखौं न यस्तो मस्त।।’ मेरो मुखबाट यो कुरा फुस्केकै हो । किनभने यतिबेलासम्म मेरो नसा धेरै फिका भइसकेको थियो । रक्सीको मातको साटो अर्कै नसाले मलाई लठ्याउन थालेको थियो ।
‘साले बढी बोल्छस्’ उसले मलाई धक्यायो र मुठ्ठीले मेरो बङ्गारामा बजायो । म बाहिर करिडरनेर पछारिएँ । ऊ लडखडाएको कदमका साथ मेरो नजिकै आयो । रक्सीले धुत्त परेको बेलामा पनि उसको हातमा बल भने कम थिएन । मार खाइसकेपछि ममा नसा कत्ति पनि बाँकी थिएन । म पूरा होसमा थिएँ । उसले मलाई फेरि हान्न खोज्यो तर त्यो भन्दा पहिले नै मैले उसलाई पर धक्याएँ । रातको समय भएकाले हामी कति बाहिर कहाँनेर छौं भन्ने मलाई कुनै हेक्का नै रहेन ।
मेरो धक्याइले ऊ अलि पर पुग्यो र लड्दालड्दै बल्लतल्ल जोगियो । होटेल साहुनीले उसलाई भित्र तान्ने र हाम्रो विवादलाई साम्य पार्ने प्रयास गरिरहेकी थिई । उसले राति लगाउने गाउन लगाएकी थिई । अरुले थाहा पाउलान् भनेर नै होला, उसले सानो आवाजमा बोलिरहेकी थिई । पत्रकार महोदयले अस्पष्ट आवाजमा बोलेको सम्झन्छु म, ‘ऊ मेरो पूर्वप्रेमिका हो । म गरीब छु भनेर मसँग बिहे गरिन । ऐ सेक्सी काली, के म गरीब छु ?’
हामीलाई छुटाउन खोजिरहेकी होटेल साहुनीलाई इङ्गित गर्दै भन्यो उसले, जो दबेको सानो आवाजमा मसँग याचना गरिरहेकी थिई कि यो सब कुरा कसैलाई नभन्नुहोला । यतिबेलासम्म ममा सवार भएको दोस्रो किसिमको मात पनि छू भइसकेको थियो, जसको ठाउँ रिसले ओगटेको थियो ।
‘एउटी रण्डीका लागि तैंले मलाई मुक्का हानिस् ।’
‘तँ सालेलाई मेरै गर्ल फ्रेण्डमाथि आँखा लगाउनुपर्ने ?’ उसले फेरि मलाई मुक्का हान्न खोजेको थियो तर यसपटक मैले उसलाई बेस्सरी धक्याइदिएँ । तर, ऊ वरपर कतै खसेकोजस्तो लागेन ।
पलभरमा ढ्याम्मको आवाज आयो । साहुनीले करिडरको बत्ती बाली । मेरो होस हरायो । मैले धक्का दिएको ठाउँ त तेस्रो तल्लाको बार्दली पो रहेछ । र, ऊ बार्दलीबाट तलै खसेको रहेछ । हामी दुवै होसहवास गुमाएर तल ओर्लियौं तर यत्तिञ्जेलसम्म ऊ परलोकवासी भइसकेको थियो ।
अर्को दिन बिहान म फरार भइसकेको थिएँ । किनभने, त्यो होटेलमा म र उसँगै बसेको कुरा धेरैले आफैनै आँखाले देखेका थिए । पत्रकार भएकाले पत्रकार नै उसका दुश्मन पनि थिए र मित्र पनि थिए । उसका दुश्मनहरुले मलाई पनि आफ्नो दुश्मन नै ठान्थें । अर्को कुरा उसको मृत्युको कारण म थिएँ, मलाई डर थियो आफ्नो प्रतिष्ठाको, सामाजिक इज्जतको । यो भन्दा पनि ठूलो डर थियो, हत्याको वास्तविक कारण ।
एउटी आइमाईको कारणले हामीबीच विवाद भएर उसको मृत्यु मेरो हातबाट भयो भनेर मैले कसरी भन्ने ?
र, यतिबेला उसको हत्याको विरोधमा सडकमा नाराबाजी भइरहेका छन्, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भइरहेको छ, उसको हत्याको कारणबारे जानकार म चुपचाप एउटा गोप्य कोठामा बसी उसको मृत्युको वास्तविक दोषी को हो भनी सोचमग्न भई यो पश्चाताप पत्र लेख्दैछु । साँच्चै कसलाई मान्ने उसको मृत्युको दोषी रु मलाई, जो उसको नजिकको साथी हो तर उसलाई धक्याएर तीनतलाबाट हुत्याइदियो रु होटेलकी साहुनी, जो विवाहिता भएर पनि आफ्नो पतिलाई धोका दिँदै उसँग नाङ्गिएर मस्ती गरिरहेकी थिए जसको कारणले हामी दुईका बीचमा विवाद भयो र जसको अन्त उसको मृत्युमा टुङ्गियो रु या ऊ आफै जो विवाहित हुँदाहुँदै पनि, समाजलाई सही मार्गनिर्देशन गर्ने राज्यको चौथो अङ्गको सिपाही भएर पनि अर्काको श्रीमतीसँग रक्सीले धुत्त परेर नैतिकताका सबै पर्खाल मेटाइरहेको थियो ।
आखिर पत्रकार पनि त यही समाजका मान्छे हुन्, होइन र ?
(स्रोत : इन्द्रेणी अन्लाईन डट कम)