~रामेश्वर राउत ‘मातृदास’~
समयका सिर्जनाहरू हुन्
यी अग्ला शृङ्खलाहरू
धरती/आकाश, समुद्र मान्छेहरू,
फूल फुलिरहेका छन् ढकमक्क
गीत गाएर नाचिरहेका छन् चराचुरुङ्गीहरू
के छैन यहाँ ?
मनचिन्ते झोलाझैं जे सोच्यो त्यही भएर
जन्मिन्छ समय,
समयलाई थिचेर/समयको अपमान गर्ने
ए˜ समयलाई ढाँटेर समयलाई नै
दिउँसै अन्धकार रात पार्न चाहने
विवेकहीन उल्लू मलसाँप्राहरू हो †
सत्यको सत्ता/न्यायको शक्ति,
र विवेकसम्पन्न कालजयी समृद्धिलाई
समयले कहिल्यै पनि नासिन/मासिन
र भासिन दिने छैन
समयको यही अविचलित निष्ठा/विश्वास
र अनन्त मुस्कानलाई बोकेर
जून/घाम, ताराहरूलाई पात्तिन रोकेर,
चुपचाप मौन छ युगौंदेखि आकाश
र चुपचाप सहनशील छिन् पृथ्वी अमृत छोपेर †
हरेकलाई डाकेको हुन्छ
समयले प्रत्येकको फेहरिस्त दुरुस्त राखेको हुन्छ
सत्यको सत्तालाई तोडेर
न्यायको शक्तिलाई छोडेर
विवेकशील समृद्धिलाई मोडेर
सर्वशक्तिमान हुने जुनसुकै प्रयोजनहीन आकाङ्क्षीलाई
जुनसुकै बेला अनन्त क्षितिज देखाइदिने अवशिष्ट सर्वाधिकार,
आफैंसँग मौजुदा यथावत् राखेको छ समयले
भेटेसम्मका पाइला दपेटेर
सृष्टिकै अस्तित्व लखेटेर
धमाधम किलाकाँटा ठोक्न चाहन्छ सत्यको छातीमा
उद्दण्ड आँधी
हावा/पानी
माटो/बाटो भयभीत रोइरहेका छन् जीवन
धन्य समरशील समय †
तै, घाम/जून र तारालाई
आँधीले नभेट्ने उचाइमा सुरक्षित राखिदिएछौ
र, अन्धकार रातमा हामीले जूनको गीत गाएका छौँ
र घामको जवानी दिन चलायमान हुन पाएका छौँ ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)