~योगेन पौडेल~
आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ
उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ
छातिभित्र गुम्सीएका पीर साट्नलाई
उमँगमा रमाएका खुसी बाँड्नलाई
साथ नपाई मुटु भित्र भित्रै जल्दो रै’छ
उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ
छट्पटीमै काट्नुपर्ने कति लामो रात यो?
उदासीमै बाँच्नुपर्ने कति नीरस जिन्दगी यो?
सम्झनाको हुरी आई खुसी भाँच्दो रै’छ
उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)