~उमाशङ्कर द्विवेदी~
महर्षि भृगुका च्यवन नामक एक तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती मुनिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा वीरासन लगाएर बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई तृण र लहराहरूले छोप्यो । त्यसमाथि कमिलाहरूले आफ्नो वास बनाए । त्यहाँ ऋषिको ढाकिएको शरीर माटोको ढिस्कोभैंm देखिन थाल्यो । यस प्रकारले धेरै समय बितिसकेपछि एक दिन राजा शर्याती वनमा क्रीडा गर्न आए । उनका चार हजार सुन्दरी रानीहरू थिए । एउटी सुन्दर भृकुटी भएकी कन्या थिइन् । उनको नाम सुकन्या थियो । उनी दिव्य वस्त्राभूषणहरूले विभूषित आफ्ना सखीहरूका साथ डुल्दै च्यवनजीले तपस्या गरिरहेको ठाउँमा आइपुगिन् । उनले माटोको ढिस्कोको प्वालमा टल्किदै गरेको आँखालाई देखिन् । यसले उनलाई ठूलो कुतूहल भयो, अनि अल्लारे बुद्धि भ्रमित भएको कारणले उनले तीखो काँडाले टल्किरहेका ती आँखाहरूलाई घोचेर फुटाली दिइन् । आँखा फुटेको कारणले रगत बग्न थाल्यो । यो देखेर तर्सिंदै सुकन्या त्यहाँबाट भागेर आमाबुवा भएको ठाउँमा गइन् । सुकन्याले आफ्नो कुकृत्यबारे कसैलाई पनि केही बताइनन् ।
बिनसित्तीमैं आफ्नो आँखा फुटेको देखेर च्यवन मुनि सार्है रिसाए तथा तत्कालै उनले राजाका सेनाको मलमूत्र रोकिदिए । मलमूत्र रोकिएपछि सेनालाई बडो कष्ट भयो । आफ्नो सेनाको यो दशा देखेर राजाले सोधे– “यहाँ निरन्तर तपस्यामा निरत वयोवृद्ध महात्मा च्यवन बस्दछन् । जानीजानी वा अन्जानमा कसैले उनको अपकार गरेको छ ? जसले यस्तो गरेको हो, त्यसले तत्काल भनिदेओस् ।” सुकन्याले राजाको कुरा सुनेपछि भनिन्– “म डुल्दाडुल्दै माटोको एउटा ढिस्कोसम्म गएकी थिएँ । त्यस ढिस्कोको प्वालमा मैले टल्किरहेको जुनकीरीभैंm जीव देखेर तीखो काँडाले घोचिदिएँ ।” छोरीको यस प्रकारको कुरा सुनेर राजा तत्काल त्यस ढिस्कोको छेउमा गए । त्यहाँ उनलाई तपोवृद्ध तथा वयोवृद्ध च्यवन मुनि देखा परे । उनले हात जोडेर सेनालाई क्लेशमुक्त गर्ने प्रार्थना गर्दै भने– “भगवन्, अज्ञानवश यस बालिकाले यो अपराध गरिछ, उसलाई क्षमा गर्ने कृपा गर्नुहोस् ।” राजाको कुरा सुनेर च्यवन मुनिले राजासित भने– “यस गर्विली ठिटीले मेरो अपमान गर्नलाई नै यस प्रकार मेरो आँखा फुटाली दिई । अब भने मैले उसलाई पाए भने मात्र क्षमा गर्न सक्नेछु ।”
च्यवन मुनिको कुरा सुनेर राजा शर्यातिले मनमा कुनै पनि प्रकारको विचार नगरी आफ्नी कन्या उनलाई दान गरिदिए । त्यस सुन्दरी कन्यालाई पाएर च्यवन मुनि अत्यन्त प्रसन्न भए र उनको कृपाले क्लेशमुक्त भएर राजा सेनासहित आफ्नो राजधानीमा फर्किए । सती सुकन्या पनि आफ्नो तप र नियमहरूको पालन गर्दै प्रेमपूर्वक आफ्ना तपस्वी पतिको परिचर्या गर्न थालिन् ।
एक दिन सुकन्या नुहाएर आफ्नो आश्रममा उभिइरहेकी थिइन् । त्यसै बेला उनीमाथि अश्विनीकुमारहरूको दृष्टि पर्यो । उनी देवराज इन्द्रकी कन्याभैंm मनोहर अ· भएकी युवती थिइन् । अश्विनीकुमारहरू उनको समीपमा गएर भने– “सुन्दरी, तिमी कसकी पुत्री तथा कसकी भार्या हौ तथा यस वनमा के गरिरहेकी छयौ ?” यो सुनेर सुकन्याले भनिन्– “म राजा शर्यातिकी कन्या तथा महर्षि च्यवनकी भार्या हुँ ।” अश्विनीकुमारहरूले भने– “हामीहरू देउताहरूका वैद्य हौं । हामीहरू तिम्रो पतिलाई युवा र रूपवान बनाउन सक्छौं । हाम्रो यो कुरा तिमी गएर आफ्नो पतिलाई भन ।” अश्विनीकुमारहरूको कुरा सुनेर सुकन्याले आफ्नो पतिलाई जम्मै कुरा सुनाइन् । मुनिले उनलाई स्वीकृति प्रदान गरे । सुकन्याले अश्विनीकुमारहरूलाई पतिको स्वीकृतिबारे सुनाइन् तथा पतिलाई युवा र रूपवान बनाइदिन प्रार्थना गरिन् । अश्विनीकुमारहरूले भने– “मुनि यस पोखरीमा प्रवेश गरून् ।” महर्षि च्यवन रूपवान तथा युवा हुन उत्सुक थिए । उनी तत्काल नै पोखरीभित्र प्रवेश गरे । उनका साथै अश्विनीकुमारहरू पनि पोखरीको जलमा हामफाले । एकै छिनपछि तीनैजना पोखरीबाट बाहिर निस्किए । उनीहरू जम्मैजना दिव्य रूपधारी, युवा तथा समान आकृतिका थिए । ती तीनैजनाले भने– “सुन्दरी, तिमी हामीमध्ये कुनै एकजनालाई आफ्नो पतिको रूपमा रोज ।” तीनैजना एकै रूपका नवजवान मानिस थिए । सुकन्या एक छिनको लागि त झस्किइन् । तर उनले मन र बुद्धिले निश्चय गरेर आफ्नो पतिलाई चिनिन् । यस प्रकार आफ्नी पत्नी र आफूले चाहेको जस्तो रूप, यौवन पाएर च्यवन ऋषि अत्यन्त प्रसन्न भएर अश्विनीकुमारहरूसित भने– “म वृद्ध थिएँ, तपाईंहरूले मलाई रूप र यौवन दिनुभयो । त्यसैले म तपाईंहरूलाई सोमपानको अधिकार दिलाउनेछु ।” यो सुनेर अश्विनीकुमारहरू प्रसन्न भएर स्वर्गमा गए तथा च्यवन र सुकन्या त्यस आश्रममा देउताहरूभैंm विहार गर्न थाले ।
ज्वाईं च्यवन मुनि युवा भएको खबर पाएर राजा शर्याति अत्यन्त प्रसन्न भए तथा आफ्नो सेनासहित उनलाई भेट्नको लागि उनको आश्रममा आए । च्यवन र सुकन्या साक्षात् देवदम्पतीभैंm देखा परे । राजा र रानी दुवैजना अत्यन्त हर्षित भए । औपचारिक भलाकुसारीपछि च्यवनले भने– “राजन्, म तपाईंबाट यज्ञ गराउनेछु, तपाईं यज्ञ सामग्री एकत्रित गर्नुहोस् ।” राजाले प्रसन्नतापूर्वक यो प्रस्ताव स्वीकार गरेर यज्ञको तयारी गर्न थाले । महर्षि च्यवनले यज्ञानुष्ठानको आयोजन गरे । यज्ञ हुँदै जाँदा यज्ञभाग विभिन्न देउताहरूलाई वितरण गर्ने बेला च्यवन मुनिले अश्विनीकुमारहरूलाई यज्ञभाग दिए । देवराज इन्द्रले यसको विरोध गर्दै भने–“अश्विनीकुमारहरू चिकित्सा कार्य गर्छन् तथा आफूखुशी रूप धारण गरेर मत्र्यलोकमा विचरण गर्छन् । यिनीहरूलाई यज्ञभाग पाउने अधिकार छैन ।”
च्यवन मुनिले इन्द्रको उपेक्षा गरेर अश्विनीकुमारहरूलाई यज्ञभागको रूपमा सोमरस दिन लागेको बेला इन्द्रले रिसाएर भने– “हाम्रोलागि छुटयाइएको सोमरस अश्विनीकुमारहरूलाई दियौ भने म आफ्नो भयड्ढर वज्र हान्नेछु ।” च्यवन मुनिले इन्द्रको उपेक्षा गर्दै अश्विनीकुमारहरूलाई सोमरस दिन लागे । इन्द्र रिसले मुर्मुरिंदै वज्र हान्न लागेको देखेर च्यवन मुनिले उनको हातलाई मन्त्रबलद्वारा स्तम्भित गरिदिएर आफ्नो तपोबलले यज्ञको अग्निकुण्डबाट ‘मद’ नामक अत्यन्त भयड्ढर राक्षसलाई उत्पन्न गरिदिए । त्यस राक्षसले भयड्ढर गर्जना गरेर त्रिभुवनलाई त्रस्त पार्दै इन्द्रलाई निल्न भनेर उनीतर्फ दुगुर्यो । यसबाट इन्द्रलाई ठूलो त्रास र व्यथा भयो । उनी कराउन थाले– “मुनि, आजदेखि अश्विनीकुमारहरू पनि सोमपानका अधिकारी भए । तपाईं ममाथि कृपा गर्नुहोस्, तपाईंले जे भन्नुहुन्छ त्यो हुन्छ ।” इन्द्रले यस्तो प्रकारले कराएर भनेपछि च्यवन मुनिको क्रोध शान्त भयो र उनले इन्द्रलाई त्यति बेला नै दु:खमुक्त गरिदिए ।
(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )