कविता : फुलेको फूल टिपेका कुरा

~अमृत सिङ थिङ~

कसलाई सुनाउ म
यो खुसीको कुरा
कसलाई सुनाउ म
हाँसेको कुरा
कसलाई सुनाउ म
नाचेका कुरा
पहारालाई सुनाउ
या
छहरालाई सुनाउ
आकासलाई सुनाउ
या
धर्तीलाई सुनाउ ।।

अबोध म , टुहुरा म
को नै छ र सुनिदिने ?
यी पाखाहरु बोल्दैनन्
यी झर्नाहरु सुन्दैनन्
खोलाहरु आफ्नै
सुस्केरामा सुसाउछ
बगरका ती निर्दोष
बालुवालाई
घरी घरी पल्टाउछ
भन कसलाई सुनाउ
कल कल आवाजलाई सुनाउ
या
ती बगरलाई सुनाउ ।।

म अभागी छोरो
दैबले ठगिएका
दु:ख , कष्ट , वेदना
बिछोड,बिरहको
अनगिन्ती चोटहरु
भोगिरहेका
आमालाई सुनाउ त
आमा बोल्दैनन्
बाबलाई सुनाउ त
बाबा सुन्दैनन्
यी घरका भिता आज
टप टप आँसु
चुहाई रहन्छ
झन झन बेस्सरी
रुवाई रहन्छ
भन कसलाइ सुनाउ ?

ऐ हावा तिमी सुनाई देउ
मेरी आमालाई
ऐ बादल तिमी
भनिदेउ मेरो बाबालाई
छोराले संसार जितेको कुरा
फाटेको मनहरु सिईऐका कुरा
भत्किएका , चोईटिऐका
सपना हरुलाई
माला झै उनिइऐको कुरा
अब कहिल्यै
नभत्किने गरि
जिन्दगीलाई बुनिऐका कुरा ।।

अरु कसलाई सुनाउ र ?
त्यसैले त सुनाउ दै छु
जुन , तारा लाई सुनाउदै छु
जगत सारालाई
सुनाउदै छु
काडा नै काडाको
ती पाईलाहरुमा
फुलालाई टिपेका कुरा
आज हाँसेका कुरा
खुसीले नाचेका कुरा

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.