~रन्जु ‘मार्ग’~
म हेरी रहेछु – त्यो घामलाई
को बोकी आउँछ भनेर
म सोधी रहेछु – ती रामलाई
कसले उज्यालो ल्याउँछ भनेर !
रुँदै छिन् आमा, हिउँ जमेर
बग्दै छिन् आमा, आँशु बनेर
म हेरी रहेछु – त्यो जुनलाई
को बोकी आउँछ भनेर
म सोधी रहेछु – ती मनलाई
कसले उज्यालो ल्याउँछ भनेर !!
दुख्दै छिन् आमा ,अचानो भएर
सहदै छिन् आमा , बिष पिएर
म हेरी रहेछु – त्यो तारालाई
को बोकी आउँछ भनेर
म सोधी रहेछु जग सारालाई
-कसले उज्यालो ल्याउँछ भनेर !!
[ यो रचना तिनै हाम्रा साना बालबालिकाहरुलाई समर्पित् छ ,जो आशा र प्रश्न गरिरहेछन् आजका पुस्ताहरुसंग ]
(स्रोत : नेपालप्लस डट कम)