~डिल्ली पौडेल~
तिम्रो नामको सानो मुटु छ ,मेरो छाती भित्र म अन्त सार्न सक्दिन।
बिना कारण म कसरी भुल्छु तिमिलाइ ,माया म मार्न सक्दिन।
चाडै फर्केर आउने छु ,म तिम्रो सुन्दर मुहार सम्झी।
लामो पर्खाइको तिम्रो त्याे दिन, टार्न म सक्दिन।
भिडदै छु म कर्मको युद्वमा पाखुरी र नङ्रा को भरमा।
भुलेर कर्तब्य ,म हार्न कहिलै हार्न सक्दिन।
पिरतिको त्याे सुन्दर बगैचामा रोपेको छु फुल।
त्याे सुन्दर फुल टिप्न वा झार्न बिर्सिएर नि कहिलै गर्दिन भुल।
-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )