~लक्ष्मण नेवटिया~
जंगलका बीचमा दुई गाउँ । एक खोलापारी एक वारी । खोला पार गर्न ढलेको रुख ।
एक पटकमा एक जना वारी वा पारी गर्न सक्ने । एउटा केटा पारी बाट ठीक त्यही बेला एक तरुणी वारी बाट खोला पार्न गर्न खोज्दा त्यही भयो जुन परापूर्वकालमा दुई बाख्रा बीच खोलाका बीचमा भएको थियो।
तल खहरे बगिरहेको थियो माथी ढलेको रुखमा भविष्यका तानाबाना बुनिन् थाले ।
मीठा रसिला कुरा हुन थाले।
केटा बिस्तारै पछि फर्क्यो तरुणी पनि संगै। टिकोटालो केही गर्नु परेन।
अब दुवै खोला पारी झुप्रो बनाएर आनन्दसाथ घरजम गरेर बसेका थिये।
पुरानो दुई बाख्राको कथाको यो नयाँ संस्करण थियो।
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)