गजल : रुज्न मन लाग्यो

~अमृत सिङ थिङ~

आज प्रेम बर्षातमा रुज्न मन लाग्यो
त्यो मनको मन्दिरमा पुज्न मन लाग्यो ।।

बटुवा हुँ गोरेटोको बास खोज्दै आएँ
त्यो चोखो दिलमा कोठा बुझ्न मन लाग्यो ।।

कोठा त दियौ दिलमा भोजन निस्तै भो
मायाको रस मिसाई मुछ्न मन लाग्यो । ।

त्यो दिलको डालीमा प्रितीको फुल फुल्यो
भमरा म त्यहीँ फुल चुस्न मन लाग्यो ।।

सिरिङ्गारले सजाएको त्यो लाली जोवन
अंगालोमा बेरिएर लुछ्न मन लाग्यो ।।

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.