~अजित क्षेत्री~
मेरा नयन बर्षे भेल, पानी झरेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल ।
थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै
जान्छ अरे प्यास मेट्न काली तरेर अचेल ॥
बिश्वास छैन मलाई अब मान्छेहरुमा कत्ति
आफ्नै दिलको रखवालीले जाली गरेर अचेल ।।
फूल झर्यो पात सुक्यो बोटै मर्यो कठै हेर
बगैँचाको सम्हाल गर्ने माली मरेर अचेल ।।
स्याङ्जा
हाल-आबुधावी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )